Jump to content

Page:Bhanubhaktako ramayan.pdf/25: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> केही दुर् गइ रामलाइ ऋषिले विद्या सिकाई दिया । जुन् विद्या पढि भोक् थकाइ कहिले लाग्दैन यस्ता थिया ॥ गङ्गाका तिरमा बडो वन थियो पूग्या जसै ती तहाँ । विश्वामित्रजील..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
केही दुर् गइ रामलाइ ऋषिले विद्या सिकाई दिया ।

जुन् विद्या पढि भोक् थकाइ कहिले लाग्दैन यस्ता थिया ॥
जुन् विद्या पढि भोक् थकाइ कहिले लाग्‌दैन यस्‌ता थिया ॥
गङ्गाका तिरमा बडो वन थियो पूग्या जसै ती तहाँ ।

विश्वामित्रजीले कह्या प्रभुजि थ्यैं राम् ताडका छे यहाँ ॥७८॥
विश्वामित्रजीले कह्या प्रभुजि थ्यैं राम् ! ताडका छे यहाँ ॥७८॥

त्यो हो राक्षसि कामरूपि छ बहुत् लोक्लाइ बाधा पनी ।
त्यो हो राक्षसि कामरूपि छ बहुत् लोक्‌लाइ बाधा पनी ।
गर्छे यस् कन मारि बक्सनु हवस् यो पापिनी हो भनी ॥

विश्वामित्रजिका वचन्कन सुनी श्रीरामजीले पनी ।
विश्वामित्रजिका वचन्‌कन सुनी श्रीरामजीले पनी ।
टङ्कार् खुप् धनुको गर्या सुनि यहाँ त्यो जल्दि आवस् भनी ॥७९॥
टङ्कार् खुप् धनुको गर्‍या सुनि यहाँ त्यो जल्दि आवस् भनी ॥७९॥

त्यो टङ्कार् सुनि ताडका पनि तहाँ दौडेर आई जसै ।

हान्या बाण् प्रभुले गड्यो हृदयमा त्यो बाण् मरी त्यो तसै ॥

यक्षी थी अघिकी सराप् परि तहाँ तेस्ती भयाकी थिई ।
यक्षी थी अघिकी सराप् परि तहाँ तेस्‌ती भयाकी थिई ।
राम्ले मारि दिंदा त स्राप् पनि टर्यो फेर् यक्षिको रुप् लिई ॥८०॥
राम्‌ले मारि दिंदा त स्राप् पनि टर्‍यो फेर् यक्षिको रुप् लिई ॥८०॥

श्री राम्चन्द्रजिका वरीपरि घुमी प्रेम्ले नमस्कार् गरी ।
श्री राम्चन्द्रजिका वरीपरि घुमी प्रेम्‌ले नमस्कार् गरी ।
स्वर्गैमा गइ रामका वचनले बेस् एक् विमान्मा चढी ॥
स्वर्गैमा गइ रामका वचनले बेस् एक् विमान्‌मा चढी ॥
विश्वामित्र ऋषी बहुत् खुसि भया यो कार्य देख्या जसै ।

जो सब् शास्त्ररहस्य हो सब दिया ती रामलाई तसै ॥८१॥

कामाश्रम् रमणीय थल् तहिं थियो एक् रात् तहाँ वास् गरी ।

फेर् सिद्धाश्रममा गया रघुपती सब्लाइ मङ्गल् गरी ॥
फेर् सिद्धाश्रममा गया रघुपती सब्‌लाइ मङ्गल् गरी ॥
तेस् सिद्धाश्रममा अनेक् ऋषि थिया पूजा सबैले गर्या
तेस् सिद्धाश्रममा अनेक् ऋषि थिया पूजा सबैले गर्‍या
मारिच् फेक्न सुबाहु मार्न कन राम् ताहाँ अगाडी सर्या ॥८२॥
मारिच् फेक्न सुबाहु मार्न कन राम् ताहाँ अगाडी सर्‍या ॥८२॥

विश्वामित्रजिलाइ भन्नु पनि भो मारिच् सुबाहू कहाँ ।

Latest revision as of 11:29, 19 June 2025

This page has been proofread

केही दुर् गइ रामलाइ ऋषिले विद्या सिकाई दिया ।
जुन् विद्या पढि भोक् थकाइ कहिले लाग्‌दैन यस्‌ता थिया ॥
गङ्गाका तिरमा बडो वन थियो पूग्या जसै ती तहाँ ।
विश्वामित्रजीले कह्या प्रभुजि थ्यैं राम् ! ताडका छे यहाँ ॥७८॥

त्यो हो राक्षसि कामरूपि छ बहुत् लोक्‌लाइ बाधा पनी ।
गर्छे यस् कन मारि बक्सनु हवस् यो पापिनी हो भनी ॥
विश्वामित्रजिका वचन्‌कन सुनी श्रीरामजीले पनी ।
टङ्कार् खुप् धनुको गर्‍या सुनि यहाँ त्यो जल्दि आवस् भनी ॥७९॥

त्यो टङ्कार् सुनि ताडका पनि तहाँ दौडेर आई जसै ।
हान्या बाण् प्रभुले गड्यो हृदयमा त्यो बाण् मरी त्यो तसै ॥
यक्षी थी अघिकी सराप् परि तहाँ तेस्‌ती भयाकी थिई ।
राम्‌ले मारि दिंदा त स्राप् पनि टर्‍यो फेर् यक्षिको रुप् लिई ॥८०॥

श्री राम्चन्द्रजिका वरीपरि घुमी प्रेम्‌ले नमस्कार् गरी ।
स्वर्गैमा गइ रामका वचनले बेस् एक् विमान्‌मा चढी ॥
विश्वामित्र ऋषी बहुत् खुसि भया यो कार्य देख्या जसै ।
जो सब् शास्त्ररहस्य हो सब दिया ती रामलाई तसै ॥८१॥

कामाश्रम् रमणीय थल् तहिं थियो एक् रात् तहाँ वास् गरी ।
फेर् सिद्धाश्रममा गया रघुपती सब्‌लाइ मङ्गल् गरी ॥
तेस् सिद्धाश्रममा अनेक् ऋषि थिया पूजा सबैले गर्‍या ।
मारिच् फेक्न सुबाहु मार्न कन राम् ताहाँ अगाडी सर्‍या ॥८२॥

विश्वामित्रजिलाइ भन्नु पनि भो मारिच् सुबाहू कहाँ ।
बस्छन् यज्ञ ठुलो गरी लिनु भया ती आउँथ्या की यहाँ ॥
भेटै आज भयेन मार्नु कसरी यो मर्जि सून्या जसै ।
विश्वामित्र ऋषी अरू ऋषि लिई होम् गर्न लाग्या तसै ॥८३॥