Jump to content

Page:Bhanubhaktako ramayan.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> राम्लाई म नदेखि बाँच्छु कसरी एक् यै कठिन् भो अनी । इन्लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्तो पनी ॥ यस्मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो । सोही काम म गर्दछ..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
राम्लाई म नदेखि बाँच्छु कसरी एक् यै कठिन् भो अनी ।
राम्‌लाई म नदेखि बाँच्‌छु कसरी एक् यै कठिन् भो अनी ।
इन्लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्तो पनी ॥
इन्‌लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्‌तो पनी ॥
यस्मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो ।
यस्‌मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो ।
सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो ॥७२॥
सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो ॥७२॥

यो बिन्ती दशरथ्जिको जब सुन्या ताहीं गुरूले पनी ।
यो बिन्ती दशरथ्‌जिको जब सुन्या ताहीं गुरूले पनी ।
राम्को गुह्य कुरो सबै भनि दिया यस्ता इ राम् हुन् भनी ॥
राम्‌को गुह्य कुरो सबै भनि दिया यस्‌ता इ राम् हुन् भनी ॥
हे राजन् तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी ।
हे राजन् ! तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी ।
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्का धनी ॥७३॥
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्‌का धनी ॥७३॥

भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झर्या
भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्‌मा झर्‍या
कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्या
कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्‍या
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ ।
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ ।
ईश्वर्लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ ॥७४॥
ईश्वर्‌लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ ॥७४॥

खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी ।
खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी ।
Line 27: Line 27:

दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै ।
दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै ।
खुसी भै दशरथ्जिले पनि दिया लक्ष्मण् सहित् राम् तसै ॥
खुसी भै दशरथ्‌जिले पनि दिया लक्ष्मण् सहित् राम् तसै ॥
राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया ।
राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया ।
आशिर्वाद् दशरथ्जिलाइ दिइ राम् लक्ष्मण् लिई ती गया ॥७७॥
आशिर्वाद् दशरथ्‌जिलाइ दिइ राम् लक्ष्मण् लिई ती गया ॥७७॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:24, 19 June 2025

This page has been proofread

राम्‌लाई म नदेखि बाँच्‌छु कसरी एक् यै कठिन् भो अनी ।
इन्‌लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्‌तो पनी ॥
यस्‌मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो ।
सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो ॥७२॥

यो बिन्ती दशरथ्‌जिको जब सुन्या ताहीं गुरूले पनी ।
राम्‌को गुह्य कुरो सबै भनि दिया यस्‌ता इ राम् हुन् भनी ॥
हे राजन् ! तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी ।
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्‌का धनी ॥७३॥

भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्‌मा झर्‍या ।
कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्‍या ॥
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ ।
ईश्वर्‌लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ ॥७४॥

खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी ।
सोही सत्य गराउना कन यहाँ जन्म्या परात्मा पनी ॥
शेष् हुन् लक्ष्मण शङ्ख हुन् भरतजी शत्रुघ्न चक्रावतार् ।
हुन् को जान्दछ तत्त्व यो बुझ तिमी लीला प्रभूकी अपार् ॥७५॥

मुल् शक्ती प्रभुकी अनन्त गुणकी सो दिव्य मूर्ती बनी ।
छोरी भै ति बस्याकि छन् जनककी सीता छ नाऊँ पनी ॥
सीता राम् दुइको विवाहविधिले संयोग् गराऊँ भनी ।
विश्वामित्रजिका भयो र मनमा आई रह्याछन् पनी ॥७६॥