Jump to content

Page:Champa.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के …… रामकान्तले
यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के… रामकान्तलाई
सिन्दूर जात्र गरेर घर भित्र्याए । ठुलो भाग्यले छोरो बच्यो
सिन्दूरे जात्र गरेर घर भित्र्याए । ठूलो भाग्यले छोरो बाँच्यो
भन्ने ठुलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु,  
भन्ने ठूलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु,  
माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा  
माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा  
जोड दिएको थियो ।
जोड दिएको थियो ।


रामकान्त गजबसँग मोटाएका थिए । खुब लाल-लाल गाला हालेका  
रामकान्त गजबसँग मोटाएका थिए । खुब लाललाल गाला हालेका  
थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको  
थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको  
थियो । अब सबको मुटु ढुक्क थियो- रामकान्त बाँच्यो ।
थियो । अब सबको मुटु ढुक्क थियो रामकान्त बाँच्यो ।


एक हप्ताबाद रामकान्त साथी भाइकहाँ जानु, डुलाडाल गर्नु,  
एक हप्ताबाट रामकान्त साथीभाइकहाँ जानु, डुलाडाल गर्नु,  
हँसी ठट्टामा भाग लिनु, सब चिज गर्न लागे ।
हँस्सीठट्टामा भाग लिनु सब चीज गर्न लागे ।


बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन  
बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन  
तापनि उनलाई बराबर आउने जाने कुरामा ज्यादा रोकावट राखिएको  
तापनि उनलाई बराबर आउने-जाने कुरामा ज्यादा रोकावट राखिएको  
थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँका आँखा  
थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँनीका आँखा  
देख्थे तर उनले च्वाट्ट मुख फोर्न सकिनन्- छोराको डरले ।  
देख्थे तर उनले च्वाट्ट मुख फोर्न सकिनन्– छोराको डरले ।  
बुहारी चम्पालाई होसियारी मात्र दिएकी थिइन्- त्यस्तै छोरालाई पनि  
बुहारी चम्पालाई होशियारी मात्र दिएकी थिइन् त्यस्तै छोरालाई पनि  
तर रामकान्त आफैँ बराबर काम अह्राउन बोलाउँथे ।
तर रामकान्त आफैँ बराबर काम अर्‍हाउन बोलाउँथे ।


विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस  
विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस  
आत्माप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन  
आत्मप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन  
खोज्दथ्यो । प्रेमविनाको पतिलाई नाटकीय नमुना बनाएर सिनेमा  
खोज्दथ्यो । प्रेमबिनाको पतिलाई नाटकीय नमूना बनाएर सिनेमा  
खेल्न चाहन्थ्यो । फिल्म-स्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो ।  
खेल्न चाहन्थ्यो । फिल्मस्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो ।  
ऋषिमुनि मसिहाले "ह्या" भन्दिदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू  
ऋषिमुनि मशीहाले "ह्या" भनिदिँदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू  
रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुँचिन्छन् । प्रेमदेखि डराउँछन्  
रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुम्चिन्छन् । प्रेमदेखि डराउँछन्  
र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिर नाटकीय आश्रयको मात्र आधार  
र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिरी नाटकीय आश्रयको मात्र आधार  
लिन्छन् तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ  
लिन्छन् तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ  
प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टोरी आकाङ्क्षाको  
प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टारी आकाङ्क्षाको  
पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको  
पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको  
नाटकीय रँग पाएर सन्तोष लिने कोसिस गर्छन् ।
नाटकीय रङ्ग पाएर सन्तोष लिने कोशिश गर्छन् ।


वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने,  
वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने,  
"कीचक ……. तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई ? के  
"कीचक ! तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई के  
विघ्न सप्रेकी ? हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?"
विघ्न सप्रेकी ! हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?"


चम्पा- "के कीचक मर्जी भा होला ? राम्रो नाम पनि न भा
चम्पा, "कीचक किन मर्जी भा होला ? राम्रो नाम पनि नभा

Latest revision as of 19:06, 17 June 2025

This page has been proofread

यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के… रामकान्तलाई सिन्दूरे जात्र गरेर घर भित्र्याए । ठूलो भाग्यले छोरो बाँच्यो भन्ने ठूलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा जोड दिएको थियो ।

रामकान्त गजबसँग मोटाएका थिए । खुब लाललाल गाला हालेका थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको थियो । अब सबको मुटु ढुक्क थियो – रामकान्त बाँच्यो ।

एक हप्ताबाट रामकान्त साथीभाइकहाँ जानु, डुलाडाल गर्नु, हँस्सीठट्टामा भाग लिनु सब चीज गर्न लागे ।

बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन तापनि उनलाई बराबर आउने-जाने कुरामा ज्यादा रोकावट राखिएको थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँनीका आँखा देख्थे । तर उनले च्वाट्ट मुख फोर्न सकिनन्– छोराको डरले । बुहारी चम्पालाई होशियारी मात्र दिएकी थिइन् – त्यस्तै छोरालाई पनि तर रामकान्त आफैँ बराबर काम अर्‍हाउन बोलाउँथे ।

विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस आत्मप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन खोज्दथ्यो । प्रेमबिनाको पतिलाई नाटकीय नमूना बनाएर सिनेमा खेल्न चाहन्थ्यो । फिल्मस्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो । ऋषिमुनि मशीहाले "ह्या" भनिदिँदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुम्चिन्छन् । प्रेमदेखि डराउँछन् र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिरी नाटकीय आश्रयको मात्र आधार लिन्छन् । तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टारी आकाङ्क्षाको पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको नाटकीय रङ्ग पाएर सन्तोष लिने कोशिश गर्छन् ।

वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने, "कीचक ! तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई । के विघ्न सप्रेकी ! हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?"

चम्पा, "कीचक किन मर्जी भा होला ? राम्रो नाम पनि नभा