Page:Champa.pdf/10: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
घुँघरदार शिर हल्लाइन्, "भोक लागेपछि चोर्दैन त ? विरालोले | |||
पनि चोर्छ । सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन् | पनि चोर्छ । सबले पढ्न, खान नपाएपछि बदमाश किन हुँदैनन् | ||
त ? | त ? … … हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ, | ||
बाबै !" | बाबै !" | ||
चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा | चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहिराइ | ||
समेत थियो । "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर | समेत थियो । "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर | ||
बाठी … | बाठी … … पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले !" तर कडा मुख | ||
लगाएर उनले थपे | लगाएर उनले थपे । | ||
" | "हा गवन्धि !… राजाको कुरा केटाकेटीले गर्नु हुन्छ ?" | ||
कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । | कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । | ||
उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन | उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ? | ||
"अँ ? | "अँ ? … " उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, "होला | ||
अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे | अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ? बेस्करी हुन्छ | ||
हजूरबुबा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! | |||
हजूर पनि ।" | हजूर पनि ।" | ||
बूढाले | बूढाले झिँजिएर "खेल्न जाऊ" भने । तब चम्मा उफ्रँदै, | ||
नाच्दै कोठाबाट बाहिर निस्किन् । | नाच्दै कोठाबाट बाहिर निस्किन् । "छुकछुक छैयाँ, छुकछुक छैयाँ, | ||
चकचक | चकचक चुकचुक… ।" | ||
ध्वनिहरुको निरर्थक अनुप्रासात्मक | ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरआफर चापल्य र | ||
रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो । | रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो । | ||
"यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले | "यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले | ||
पराइघरकी बुहार्तन कसरी गर्छे ? | पराइघरकी बुहार्तन कसरी गर्छे ? उमेर नपुगी कत्रो बिहा गरिदिनको | ||
शौक ल | शौक ल !" | ||
उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । | उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । | ||
ढोकाबाहिर कठबारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा | |||
बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको | बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको | ||
ठोके । | ठोके । | ||
"यी | "यी ढोकाहरु… साना तला नगरी नहुने नेपालमा… के | ||
गर्नु…… ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो ! यी | |||
यस्तो होचो ल | यस्तो होचो ल … ।" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 20:09, 10 June 2025
घुँघरदार शिर हल्लाइन्, "भोक लागेपछि चोर्दैन त ? विरालोले पनि चोर्छ । सबले पढ्न, खान नपाएपछि बदमाश किन हुँदैनन् त ? … … हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ, बाबै !"
चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहिराइ समेत थियो । "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर बाठी … … पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले !" तर कडा मुख लगाएर उनले थपे ।
"हा गवन्धि !… राजाको कुरा केटाकेटीले गर्नु हुन्छ ?" कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ?
"अँ ? … " उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, "होला अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ? बेस्करी हुन्छ हजूरबुबा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! हजूर पनि ।"
बूढाले झिँजिएर "खेल्न जाऊ" भने । तब चम्मा उफ्रँदै, नाच्दै कोठाबाट बाहिर निस्किन् । "छुकछुक छैयाँ, छुकछुक छैयाँ, चकचक चुकचुक… ।"
ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरआफर चापल्य र रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो ।
"यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले पराइघरकी बुहार्तन कसरी गर्छे ? उमेर नपुगी कत्रो बिहा गरिदिनको शौक ल !"
उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । ढोकाबाहिर कठबारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको ठोके ।
"यी ढोकाहरु… साना तला नगरी नहुने नेपालमा… के गर्नु…… ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो ! यी यस्तो होचो ल … ।"