Page:Lalitya bhag 1 ra 2.pdf/236: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 16: | Line 16: | ||
यो संसारी नियम सुखको जाग्रतैमा रहन्छ | यो संसारी नियम सुखको जाग्रतैमा रहन्छ | ||
::निद्रामा त्यो स्मरण नहुँदा भ्रान्तिमा नै बहन्छ । | ::निद्रामा त्यो स्मरण नहुँदा भ्रान्तिमा नै बहन्छ । | ||
बाली भुल्का बिहग | बाली भुल्का बिहग<ref>लाटोकोसेरो</ref> बिचरो यै कुराको चिराक | ||
::यामैपिच्छे उठिकन सदा भन्छ त्यो जागजाग ॥ | ::यामैपिच्छे उठिकन सदा भन्छ त्यो जागजाग ॥ | ||
Line 24: | Line 24: | ||
निद्रामा नै घर ढुकुटिमा चोर चालाक घुस्छन् | निद्रामा नै घर ढुकुटिमा चोर चालाक घुस्छन् | ||
::निद्रामा नै उडुस उपियाँ रक्त निःशङ्क चुस्छन् ॥ | ::निद्रामा नै उडुस उपियाँ रक्त निःशङ्क चुस्छन् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:20, 18 May 2025
This page has not been proofread
(२८)
निद्रालाई अलि छिन अघी ठान्दथेँ शान्तिकुञ्ज
ऐले पल्ट्यो समझ, अब त्यै देख्दछु दुःख-पुञ्ज ।
डुब्नाले नै सकल दुनियाँ नीँदको मूढतामा
नाच्छन् हाँस्छन् निशिचरहरु लाम लागेर लामा ॥
(२९)
जागा होस् ता सकल जनता, चुप के लाग्न सक्थ्यो ?
आगो फुक्थ्यो पथ कुपथमा बत्ति बालेर ढुक्थ्यो ।
हुन्थ्यो चारैतिर अलिकति रङ्ग अर्कै उज्यालो
के निस्कन्थ्यो यसरि ननिको दानवी नृत्य कालो ??
(३०)
यो संसारी नियम सुखको जाग्रतैमा रहन्छ
निद्रामा त्यो स्मरण नहुँदा भ्रान्तिमा नै बहन्छ ।
बाली भुल्का बिहग[1] बिचरो यै कुराको चिराक
यामैपिच्छे उठिकन सदा भन्छ त्यो जागजाग ॥
(३१)
निद्रा हाम्रो अधम रिपु हो, भूत बेताल डाक्छ
निद्राले नै सब हृदयको चेतना-शक्ति ढाक्छ ।
निद्रामा नै घर ढुकुटिमा चोर चालाक घुस्छन्
निद्रामा नै उडुस उपियाँ रक्त निःशङ्क चुस्छन् ॥
- ↑ लाटोकोसेरो