Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/77: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४)}} उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ॥ {{pcn|(१५)}} मेटिँदैन कसैबाट आफनू कर्म-पद्धति । वनवासी बने राम चौधै भुवनका पति । {{..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 22: Line 22:


{{pcn|(१९)}}
{{pcn|(१९)}}
***मूर्खका मनमा अर्ती गाली-तुल्य बिझाउँछ ।
<ref>(यो कविता पनि उहिल्यै समितिको पाठ्यपुस्तकमा छापिएको छ । -लेखक )</ref>मूर्खका मनमा अर्ती गाली-तुल्य बिझाउँछ ।
दुध पान गरी सर्प खाली विष बहाउँछ ॥
दुध पान गरी सर्प खाली विष बहाउँछ ॥
*  (यो कविता पनि उहिल्यै समितिको पाठ्यपुस्तकमा छापिएको छ । -लेखक )
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 08:22, 17 May 2025

This page has not been proofread

(१४)
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ॥

(१५)
मेटिँदैन कसैबाट आफनू कर्म-पद्धति ।
वनवासी बने राम चौधै भुवनका पति ।

(१६)
धर्म हो धीरको धैर्य राखनू दुःखजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ॥

(१७)
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चूसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ॥

(१८)
सङ्गले पनि जाँदैन दुष्टको दुष्टता रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ॥

(१९)
[1]मूर्खका मनमा अर्ती गाली-तुल्य बिझाउँछ ।
दुध पान गरी सर्प खाली विष बहाउँछ ॥

  1. (यो कविता पनि उहिल्यै समितिको पाठ्यपुस्तकमा छापिएको छ । -लेखक )