Page:Sunko bihani.pdf/15: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चपाए कोहीले रउँ पनि मुसे दाँतहरूले | चपाए कोहीले रउँ पनि मुसे दाँतहरूले | ||
Line 24: | Line 24: | ||
::लिई यौटा मूसा चिचिचिचि गराई यति पनि | ::लिई यौटा मूसा चिचिचिचि गराई यति पनि | ||
::भयो त्यो सिंहैले अब त भँडुवा मार्दछु भनी ॥ | ::भयो त्यो सिंहैले अब त भँडुवा मार्दछु भनी ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:39, 18 April 2025
This page has been proofread
चपाए कोहीले रउँ पनि मुसे दाँतहरूले
कुनै नाचे चढ्दै शिरउपर लामा पुछरले ।
कुनै वर्ले खुर्खुर्, तलतिर, कुनै पुच्छरतिर
भयो नाचै जस्तै तिनकन त्यहाँ मेट्न रहर ॥
बडो मानी झर्को छिनछिन अजङ्गो छ सुतुवा
छ हप्कार्दो मूसाहरुकन बडा टुष्ट भँडुवा ।
नटेरी चल्छन् ती छिनछिन उ हान्दो छ त पनि
दगुर्दै छल्छन् ती चतुर सब छौं झैं रुखमनि ॥
बडो दिक्कै पार्ने सकल भुसुना मार्नु न त्यसै
न निद्रा नै लाग्यो न त सहनु त्यो खुर्खुर उसै ।
चिचीं चूँचूँ गर्ने फिरफिर हुने काम कसरी
भयो राजा जस्तो पशुसरि प्रजाका दुःख घरी ॥
कुनै यौटालाई पकडसँग शिक्षा दिउँ भनी
डरै लाग्दो पंजा बहुत हलुका उठ्दछ अनि ।
लिई यौटा मूसा चिचिचिचि गराई यति पनि
भयो त्यो सिंहैले अब त भँडुवा मार्दछु भनी ॥