Jump to content

Page:Champa.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका हौँ र ? … चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द उकुसमुकुसीबाट आत्माविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो उनला..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका हौँ र ? …

चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द उकुसमुकुसीबाट आत्माविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो उनलाई घर टिकिसक्नु भएन । एक दिन चम्पा कुनै माइतबाट भेट्न आएको मानिससँग कुरा गर्न लागेकी थिइन् । सासूले उनको हँसाइ, चलाइ इत्यादिबाट उनको चालचलनको टीकाटिप्पणी गर्न थालिन् ।
चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द  
उकुसमुकुसीबाट आत्माविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो  
उनलाई घर टिकिसक्नु भएन । एक दिन चम्पा कुनै माइतबाट भेट्न  
आएको मानिससँग कुरा गर्न लागेकी थिइन् । सासूले उनको हँसाइ,  
चलाइ इत्यादिबाट उनको चालचलनको टीकाटिप्पणी गर्न थालिन् ।

"यो मान्छे नचिनेकी हो र ? यो वेश्ये हुन्छे । वेश्ये ।’

चम्पाको हृदय विदीर्ण भयो । यति काइदासँग धर्म सम्झ्यो त्यसका लागि जो आफूलाई "तिम्रो कोही होइन" भनेर त्याग गरेर एक वचनविना बिदेसिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ? यति गर्दागर्दै जेठानी छिमेकीहरूको अगाडि वेश्ये हुन्छे ?’ वेश्ये हुन मन लाग्या भए कल्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? … गुण पर्‍यो भकून् थापा .. कस्तो मुखाले घोरमुखाहरू ! ….
चम्पाको हृदय विदीर्ण भयो । यति काइदासँग धर्म सम्झ्यो  
त्यसका लागि जो आफूलाई "तिम्रो कोही होइन" भनेर त्याग गरेर  
एक वचनविना बिदेसिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ?  
यति गर्दागर्दै जेठानी छिमेकीहरूको अगाडि वेश्ये हुन्छे ?’ वेश्ये  
हुन मन लाग्या भए कल्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका  
छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? … गुण पर्‍यो भकून्  
थापा .. कस्तो मुखाले घोरमुखाहरू ! ….

घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना न्यूनतम मात्र पनि छैन । परिवारिक जीवनको माने सुरु हुन्छ जब बुहारीले मातृत्वको आरम्भ गर्दछे तर चम्पालाई कुनै किसिमको प्राकृतिक या अरू दावा घर नामको विदेशतर्फ लगाउने अवकाश दिएको थिएन ।
घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना  
न्यूनतम मात्र पनि छैन । परिवारिक जीवनको माने सुरु हुन्छ  
जब बुहारीले मातृत्वको आरम्भ गर्दछे तर चम्पालाई कुनै  
किसिमको प्राकृतिक या अरू दावा घर नामको विदेशतर्फ लगाउने  
अवकाश दिएको थिएन ।

उनको हृदयले तीव्र वेदनाको स्वरमा उद्गार गर्न लाग्यो "हाय ! अभागिनी चम्पा ! खै तेरो घर ! यत्रो संसारमा तेरो को छ ?"
उनको हृदयले तीव्र वेदनाको स्वरमा उद्गार गर्न लाग्यो  
"हाय ! अभागिनी चम्पा ! खै तेरो घर ! यत्रो संसारमा तेरो को छ ?"

चम्पालाई घरतर्फ झन् झन् वैराग्य लाग्दै गयो । उनी बोल्न चाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान दिन्थिन् । उनलाई अरू आश्रय या अरू कुनै पक्रिने हाँगो थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रयस्थान जसलाई हामी कृष्णजी भन्छौँ सब स्त्री जातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन् कि सब दबाबमा रहेका अन्तर्व्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत छन् । ज्यादाजसो ती स्त्रीहरू श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका आभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साँघुरा रहन्छन् । निरोधक
चम्पालाई घरतर्फ झन् झन् वैराग्य लाग्दै गयो । उनी  
बोल्न चाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान  
दिन्थिन् । उनलाई अरू आश्रय या अरू कुनै पक्रिने हाँगो  
थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रयस्थान जसलाई  
हामी कृष्णजी भन्छौँ सब स्त्री जातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन्  
कि सब दबाबमा रहेका अन्तर्व्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत  
छन् । ज्यादाजसो ती स्त्रीहरू श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त  
रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका  
आभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साँघुरा रहन्छन् । निरोधक

Revision as of 01:23, 12 March 2025

This page has not been proofread