Page:Champa.pdf/36: Difference between revisions
→Not proofread: Created page with "जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन् । आफ्नो त्यति पनि छैन । कोठाभित्र पसी रे । किन नपस्नु त आफ्नो कोठामा । बिनासित्तिको बुहार्तन । पहाडिया सासू ता नपरोस् छिः कसलाई । के जखडबन..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन् । आफ्नो त्यति पनि छैन । कोठाभित्र पसी रे । किन नपस्नु त आफ्नो कोठामा । बिनासित्तिको बुहार्तन । पहाडिया सासू ता नपरोस् छिः कसलाई । के जखडबन्धी ! फलामे चोलीले बैँसको आङ कस्ने साह्रै ! धोती चुन्नु, दोलाई पट्याउन, कुचो लाउन, टेबिल सज्न सम्याउन पनि कोठाभित्र नपस्नू रे ? पुग्ने कुरा हो ? हामीले के गरिदिएको छौँ र ? … छोरालाई पक्रन गा’ छैन क्यारे उनको ? …. यस्तै गरी मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर आफ्नो केश सिँगारेकी थिइन् । डालीभरि रङ्गीबिरङ्गी फूलहरू थिए । रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर फूलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहन स्वरूपको बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । एक ता बैँसको मिठो रुपौलो मुहार, त्यसउपर काँचको रङ्गिलो बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि निकै मज्जाको कुरा हो । रावणको चोरी सीताको सौन्दर्यको एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता जरुर कम छ, एक ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन होला । जीवनको नाममा हामी के पाउँछौँ त ? ….. दाल भात डुकु …. पुगनपुग दासत्व- एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी पर्यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे बन्दनी भनेर हँस्सी दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक क्षेत्रमा एक मिठो घटना थिएन । "म मरिरहेछु तिम्रा निमित्त" भन्ने ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् । | जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन् । आफ्नो त्यति पनि | ||
छैन । कोठाभित्र पसी रे । किन नपस्नु त आफ्नो कोठामा । | |||
बिनासित्तिको बुहार्तन । पहाडिया सासू ता नपरोस् छिः | |||
कसलाई । के जखडबन्धी ! फलामे चोलीले बैँसको आङ कस्ने | |||
साह्रै ! धोती चुन्नु, दोलाई पट्याउन, कुचो लाउन, टेबिल सज्न | |||
सम्याउन पनि कोठाभित्र नपस्नू रे ? पुग्ने कुरा हो ? हामीले के | |||
गरिदिएको छौँ र ? … छोरालाई पक्रन गा’ छैन क्यारे उनको ? …. यस्तै गरी | |||
मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय | |||
बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर | |||
आफ्नो केश सिँगारेकी थिइन् । डालीभरि रङ्गीबिरङ्गी फूलहरू थिए । | |||
रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर | |||
ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर | |||
फूलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहन स्वरूपको | |||
बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई | |||
यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । | |||
एक ता बैँसको मिठो रुपौलो मुहार, त्यसउपर काँचको रङ्गिलो | |||
बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र | |||
फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा | |||
सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि | |||
निकै मज्जाको कुरा हो । रावणको चोरी | |||
सीताको सौन्दर्यको एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता | |||
जरुर कम छ, एक | |||
ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन | |||
होला । जीवनको नाममा हामी के पाउँछौँ त ? ….. दाल भात डुकु | |||
…. पुगनपुग दासत्व- एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी | |||
पर्यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे | |||
बन्दनी भनेर हँस्सी दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक | |||
क्षेत्रमा एक मिठो घटना थिएन । "म मरिरहेछु तिम्रा निमित्त" भन्ने | |||
ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् । |
Revision as of 22:46, 8 March 2025
जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन् । आफ्नो त्यति पनि छैन । कोठाभित्र पसी रे । किन नपस्नु त आफ्नो कोठामा ।
बिनासित्तिको बुहार्तन । पहाडिया सासू ता नपरोस् छिः कसलाई । के जखडबन्धी ! फलामे चोलीले बैँसको आङ कस्ने साह्रै ! धोती चुन्नु, दोलाई पट्याउन, कुचो लाउन, टेबिल सज्न सम्याउन पनि कोठाभित्र नपस्नू रे ? पुग्ने कुरा हो ? हामीले के गरिदिएको छौँ र ? … छोरालाई पक्रन गा’ छैन क्यारे उनको ? …. यस्तै गरी मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर आफ्नो केश सिँगारेकी थिइन् । डालीभरि रङ्गीबिरङ्गी फूलहरू थिए । रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर फूलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहन स्वरूपको बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । एक ता बैँसको मिठो रुपौलो मुहार, त्यसउपर काँचको रङ्गिलो बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि निकै मज्जाको कुरा हो । रावणको चोरी सीताको सौन्दर्यको एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता जरुर कम छ, एक ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन होला । जीवनको नाममा हामी के पाउँछौँ त ? ….. दाल भात डुकु
…. पुगनपुग दासत्व- एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी
पर्यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे बन्दनी भनेर हँस्सी दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक क्षेत्रमा एक मिठो घटना थिएन । "म मरिरहेछु तिम्रा निमित्त" भन्ने ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् ।