Page:Champa.pdf/35: Difference between revisions
→Not proofread: Created page with ""अँ, मार्दैनन् अर्कालाई ?" "कसले मार्ने ?" "कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि । जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !" चम्पा गएर ऐनामा गालाको परीक्षा गर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
"कसले मार्ने ?" | "कसले मार्ने ?" | ||
"कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि । जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !" | "कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि । | ||
जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !" | |||
चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र ? "के ?" "के ?" "अहो ! छुँदैमा हातको छाप लाग्छ त ?" "क्या हो ?" "क्या हो !" | चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र ? | ||
"के ?" "के ?" "अहो ! छुँदैमा हातको छाप लाग्छ त ?" | |||
"क्या हो ?" "क्या हो !" | |||
"छिः" उनले भनिन् "कसरी माथि जाने ! थाहा पाउँदैनन् ……. " | "छिः" उनले भनिन् "कसरी माथि जाने ! थाहा पाउँदैनन् ……. " | ||
‘के आम्मै … के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !’ | ‘के आम्मै … के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !’ | ||
‘भो बा ! म त फेरि हजुरकहाँ फर्केर नआउने बा ! डर लाग्यो ।’ | ‘भो बा ! म त फेरि हजुरकहाँ फर्केर नआउने बा ! डर | ||
लाग्यो ।’ | |||
चम्पा निस्किन् ……. | चम्पा निस्किन् ……. | ||
त्यस दिन माथि घरमा जेठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बुढीले बताइसकेकी थिइन् । | त्यस दिन माथि घरमा जेठानीका आँखा हाँसोले क्रूर देखिन्थे । | ||
सासू बुढीले बताइसकेकी थिइन् । | |||
‘तरुणाहरूको आर्कै रँग । आर्कै रोशन !" चुनुले खिसी गरिन् ! | ‘तरुणाहरूको आर्कै रँग । आर्कै रोशन !" चुनुले खिसी गरिन् ! | ||
"म भा भै त- तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु बोलिन् । | "म भा भै त- तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु | ||
बोलिन् । | |||
‘यसो कोठामा बराबर जाने गर्नु …… पाउ दाब्नु ! …. कस्ती लाटी ?’ | ‘यसो कोठामा बराबर जाने गर्नु …… पाउ दाब्नु ! …. कस्ती लाटी ?’ | ||
चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्सा कोठाबाट तल ओर्लिन् । घर भन्ने कस्तो बिकेबा जेल हुन्छ । अर्काको मानो खानु । त्यो पनि काम गरिन् भनेर सासू जेठानी बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने- बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने ! बचनको केरी खानु उस्तै । खिसीटेप्ली, खिसीटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन् । बुहारीहरू मस्यौँटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने ? डुँडो भयो भने ? अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही ? वसुन्धरीले पाउडर ला’जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको ? दालभात, गुदगुद, कुचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी ताप्के सिवाय साथीको नाममा बन्द । | चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्सा कोठाबाट तल | ||
ओर्लिन् । घर भन्ने कस्तो बिकेबा जेल हुन्छ । अर्काको मानो | |||
खानु । त्यो पनि काम गरिन् भनेर सासू जेठानी बाहुनीको षड्यन्त्रले | |||
गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने- बराबर । आफूलाई भनेर | |||
दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने ! बचनको केरी | |||
खानु उस्तै । खिसीटेप्ली, खिसीटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन् । बुहारीहरू | |||
मस्यौँटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने ? डुँडो | |||
भयो भने ? अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही ? वसुन्धरीले पाउडर | |||
ला’जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला | |||
नेपालीहरूको ? दालभात, गुदगुद, कुचो, मस्यौटो, ढिक्की, जाँतो । | |||
केवल भान्साको क्षेत्रमा । कसौँडी ताप्के सिवाय साथीको नाममा बन्द । |
Revision as of 22:43, 8 March 2025
"अँ, मार्दैनन् अर्कालाई ?"
"कसले मार्ने ?"
"कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि । जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !"
चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र ?
"के ?" "के ?" "अहो ! छुँदैमा हातको छाप लाग्छ त ?"
"क्या हो ?" "क्या हो !"
"छिः" उनले भनिन् "कसरी माथि जाने ! थाहा पाउँदैनन् ……. " ‘के आम्मै … के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !’
‘भो बा ! म त फेरि हजुरकहाँ फर्केर नआउने बा ! डर लाग्यो ।’
चम्पा निस्किन् …….
त्यस दिन माथि घरमा जेठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बुढीले बताइसकेकी थिइन् ।
‘तरुणाहरूको आर्कै रँग । आर्कै रोशन !" चुनुले खिसी गरिन् !
"म भा भै त- तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु बोलिन् ।
‘यसो कोठामा बराबर जाने गर्नु …… पाउ दाब्नु ! …. कस्ती लाटी ?’
चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्सा कोठाबाट तल ओर्लिन् । घर भन्ने कस्तो बिकेबा जेल हुन्छ । अर्काको मानो खानु । त्यो पनि काम गरिन् भनेर सासू जेठानी बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने- बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने ! बचनको केरी खानु उस्तै । खिसीटेप्ली, खिसीटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन् । बुहारीहरू मस्यौँटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने ? डुँडो भयो भने ? अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही ? वसुन्धरीले पाउडर ला’जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको ? दालभात, गुदगुद, कुचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी ताप्के सिवाय साथीको नाममा बन्द ।