Page:Champa.pdf/31: Difference between revisions
→Not proofread: Created page with "यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थे । | यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको | ||
कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग | |||
चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । | |||
पाखुरा जर्किन्थे । | |||
तब सासूले मुख फोरिन् । "ए क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्याजस्तो छ ए ?" | तब सासूले मुख फोरिन् । "ए क्या हो ? तेरो चाला | ||
आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो | |||
चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी | |||
बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति | |||
हेर । फूलचनले खौर्याजस्तो छ ए ?" | |||
चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्, | चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ | ||
गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्, | |||
"कँठेनीहरूले सभ्य सिँगार देख्या भे पो त कहिल्यै !" | "कँठेनीहरूले सभ्य सिँगार देख्या भे पो त कहिल्यै !" | ||
Line 9: | Line 17: | ||
सासू उफ्रिन् । "जान पाउन्नस् बाहिर ….. बस् ! कल्लाई कँठेनी भन्या, ए सहरिया ?" | सासू उफ्रिन् । "जान पाउन्नस् बाहिर ….. बस् ! कल्लाई कँठेनी भन्या, ए सहरिया ?" | ||
"छन् नि कोही-कोही यहाँ"- पहिलो नजर पोख्रेलपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ । | "छन् नि कोही-कोही यहाँ"- पहिलो नजर पोख्रेलपुत्रीतर्फ | ||
दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ । | |||
"त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् । कसुर तेरै हो ।" | "त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् । | ||
कसुर तेरै हो ।" | |||
"लुगा लगाउनु पनि अपराध रहेछ अब !" | "लुगा लगाउनु पनि अपराध रहेछ अब !" | ||
Line 19: | Line 29: | ||
"आफ्नो समयमा को कम छन् र ह्याँ ?" | "आफ्नो समयमा को कम छन् र ह्याँ ?" | ||
"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् । अलि ओठ सेला । कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?" | "तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् । अलि | ||
ओठ सेला । कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?" | |||
"साग नकेला छैन । कुचो नबढार्या छैन । बिछौना तह नला छैन ।" | "साग नकेला छैन । कुचो नबढार्या छैन । बिछौना तह | ||
नला छैन ।" | |||
"अँ ? ……. भर्याङ तलमाथि पनि नगर्या छैन भन्न ।" | "अँ ? ……. भर्याङ तलमाथि पनि नगर्या छैन भन्न ।" | ||
Line 27: | Line 39: | ||
चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् । | चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् । | ||
"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख् । यसको मेख मार्नुपर्या छ एकदिन ।" | "हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख् । यसको | ||
मेख मार्नुपर्या छ एकदिन ।" | |||
{{nop}} | {{nop}} |
Revision as of 22:34, 8 March 2025
यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थे ।
तब सासूले मुख फोरिन् । "ए क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्याजस्तो छ ए ?"
चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्,
"कँठेनीहरूले सभ्य सिँगार देख्या भे पो त कहिल्यै !"
सासू उफ्रिन् । "जान पाउन्नस् बाहिर ….. बस् ! कल्लाई कँठेनी भन्या, ए सहरिया ?"
"छन् नि कोही-कोही यहाँ"- पहिलो नजर पोख्रेलपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।
"त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् । कसुर तेरै हो ।"
"लुगा लगाउनु पनि अपराध रहेछ अब !"
"समयले पो हुन्छ सबै कुरा ।"
"आफ्नो समयमा को कम छन् र ह्याँ ?"
"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् । अलि ओठ सेला । कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?"
"साग नकेला छैन । कुचो नबढार्या छैन । बिछौना तह नला छैन ।"
"अँ ? ……. भर्याङ तलमाथि पनि नगर्या छैन भन्न ।"
चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् ।
"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख् । यसको मेख मार्नुपर्या छ एकदिन ।"