Jump to content

Page:Champa.pdf/10: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
घूँघरदार शिर हल्लाइन् ।
घूँघरदार शिर हल्लाइन् । "भोक लागेपछि चोर्दैन त ? बिरालोले
पनि चोर्छ । सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन्
त ? ………. हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ
बाबै !"


"भोक लागेपछि चोर्दैन त ? बिरालोले पनि चोर्छ । सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन् त ? ………. हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ बाबै !"
चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहराइ
समेत थियो । "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर
बाठी …. पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले", तर कडा मुख
लगाएर उनले थपे,


चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहराइसमेत थियो । "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर बाठी …. पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले", तर कडा मुख लगाएर उनले थपे, "हाः गवन्धि ? ………. राजाको कुरा केटाकेटीले गर्नुहुन्छ ?"
"हाः गवन्धि ? ………. राजाको कुरा केटाकेटीले गर्नुहुन्छ ?"
कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् ।
उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ।


कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन
"अँ ? ……. " उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, "होला
अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ! बेस्करी हुन्छ
हजूरबुवा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो !
हजूर पनि "


"अँ ? ……. " उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, "होला अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ! बेस्करी हुन्छ हजूरबुवा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! हजूर पनि "
बूढाले झिझिएर खेल्न जाऊ भने । तब चम्मा उफ्रँदै,
नाच्दै कोठाबाट बाहिर निस्किन् । छुक छुक छैयाँ, छुक छुक, छैयाँ
चकचक चुकचुक, चुक………


बूढाले झिझिएर खेल्न जाऊ भने । तब चम्मा उफ्रँदै, नाच्दै कोठाबाट बाहिर निस्किन् । छुक छुक छैयाँ, छुक छुक, छैयाँ चकचक चुकचुक, चुक………
ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरसाफर चापल्य र
रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो


ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरसाफर चापल्य र रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो ।
"यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले
पराइघरकी बुहार्तन कसरी गर्छे ? …….. उमेर नपुगी कत्रो बिहा गरिदिनको
शौक ल ?"


"यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले पराइघरकी बुहार्तन कसरी गर्छे ? …….. उमेर नपुगी कत्रो बिहा गरिदिनको शौक ल ?"
उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे ।
ढोका बाहिर कठवारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा
बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको
ठोके ।


उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । ढोका बाहिर कठवारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको ठोके ।
"यी ढोकाहरु………. साना तला नगरी नहुने नेपालमा.. के  
 
गर्नु……….. ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो । यी  
"यी ढोकाहरु………. साना तला नगरी नहुने नेपालमा.. के गर्नु……….. ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो । यी यस्तो होचो ल ……… ।"
यस्तो होचो ल ……… ।"
{{nop}}
{{nop}}

Revision as of 15:32, 8 March 2025

This page has not been proofread

घूँघरदार शिर हल्लाइन् । "भोक लागेपछि चोर्दैन त ? बिरालोले पनि चोर्छ । सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन् त ? ………. हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ बाबै !"

चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहराइ समेत थियो । "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर बाठी …. पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले", तर कडा मुख लगाएर उनले थपे,

"हाः गवन्धि ? ………. राजाको कुरा केटाकेटीले गर्नुहुन्छ ?" कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ।

"अँ ? ……. " उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, "होला अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ! बेस्करी हुन्छ हजूरबुवा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! हजूर पनि ।"

बूढाले झिझिएर खेल्न जाऊ भने । तब चम्मा उफ्रँदै, नाच्दै कोठाबाट बाहिर निस्किन् । छुक छुक छैयाँ, छुक छुक, छैयाँ चकचक चुकचुक, चुक……… ।

ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरसाफर चापल्य र रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो ।

"यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले पराइघरकी बुहार्तन कसरी गर्छे ? …….. उमेर नपुगी कत्रो बिहा गरिदिनको शौक ल ?"

उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । ढोका बाहिर कठवारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको ठोके ।

"यी ढोकाहरु………. साना तला नगरी नहुने नेपालमा.. के गर्नु……….. ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो । यी यस्तो होचो ल ……… ।"