Jump to content

Page:Sunko bihani.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> डराएको मूसा थरथर गरी काँप्दछ अनि "प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।" ::"कुनै मौका पर्दा यस जगतमा काम प्रभुको" ::कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ॥ लिई पंजामा त्यो ह..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 20: Line 20:


सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले
सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले
यसो हाँसी जम्दै मकन नपत्याइ अरूले  ।
यसो हाँसी जम्दै मकन नपत्त्याइ अरूले  ।


::त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले
::त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले
::म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले  ॥
::म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले  ॥
</poem>}}
</poem>}}

Revision as of 00:13, 8 March 2025

This page has been proofread

डराएको मूसा थरथर गरी काँप्दछ अनि
"प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।"

"कुनै मौका पर्दा यस जगतमा काम प्रभुको"
कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ॥

लिई पंजामा त्यो हहहह गरी भन्छ "भुसुना
तँ कामै लाग्छस् के कुन दिन कसोरी र मकन ।"

भनी हाँसी "जा जा  ! अब तँकन त मारुँ यस दिन
गयो जातै मेरो सब" यति भनी छोड्छ उकन ॥

पर्यो पासा उल्टो करम गतिको एकदिन र
पर्यो पाशो आफैं कति न म छु भन्ने वनतिर ।

बडो गर्ज्यो तान्यो झटपट गर्यो व्यर्थसँग त्यो
बिकम्बा भो सारा बल, तमक, शेखी सकल त्यो ॥

सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले
यसो हाँसी जम्दै मकन नपत्त्याइ अरूले ।

त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले
म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले ॥