Jump to content

Page:Sunko bihani.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> चपाए कोहीले रउँ पनि मुसे दाँतहरूले कुनै नाचे चढ्दै शिरउपर लामा पुछरले । ::कुनै वर्ले खुर्खुर्, तलतिर, कुनै पुच्छरतिर ::भयो नाचै जस्तै तिनकन त्यहाँ मेट्न रहर ॥ बडो मानी झर्क..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 11: Line 11:


::नटेरी चल्छन् ती छिनछिन उ हान्दो छ त पनि
::नटेरी चल्छन् ती छिनछिन उ हान्दो छ त पनि
::दगुर्दै छल्छन् ती चतुर सब छौँ झैँ रुखमनि  ॥
::दगुर्दै छल्छन् ती चतुर सब छौं झैं रुखमनि  ॥


बडो दिक्कै पार्ने सकल भुसुना मार्नु न त्यसै
बडो दिक्कै पार्ने सकल भुसुना मार्नु न त्यसै
Line 17: Line 17:


::चिचीं चूँचूँ गर्ने फिरफिर हुने काम कसरी
::चिचीं चूँचूँ गर्ने फिरफिर हुने काम कसरी
::भयो राजा जस्तो पशुसरि प्रजाका दुख घरी  ॥
::भयो राजा जस्तो पशुसरि प्रजाका दुःख घरी  ॥


कुनै यौटालाई पकडसँग शिक्षा दिउँ भनी
कुनै यौटालाई पकडसँग शिक्षा दिउँ भनी

Revision as of 00:09, 8 March 2025

This page has been proofread

चपाए कोहीले रउँ पनि मुसे दाँतहरूले
कुनै नाचे चढ्दै शिरउपर लामा पुछरले ।

कुनै वर्ले खुर्खुर्, तलतिर, कुनै पुच्छरतिर
भयो नाचै जस्तै तिनकन त्यहाँ मेट्न रहर ॥

बडो मानी झर्को छिनछिन अजङ्गो छ सुतुवा
छ हप्कार्दो मूसाहरुकन बडा टुष्ट भँडुवा ।

नटेरी चल्छन् ती छिनछिन उ हान्दो छ त पनि
दगुर्दै छल्छन् ती चतुर सब छौं झैं रुखमनि ॥

बडो दिक्कै पार्ने सकल भुसुना मार्नु न त्यसै
न निद्रा नै लाग्यो न त सहनु त्यो खुर्खुर उसै ।

चिचीं चूँचूँ गर्ने फिरफिर हुने काम कसरी
भयो राजा जस्तो पशुसरि प्रजाका दुःख घरी ॥

कुनै यौटालाई पकडसँग शिक्षा दिउँ भनी
डरै लाग्दो पंजा बहुत हलुका उठ्दछ अनि ।

लिई यौटा मूसा चिचिचिचि गराई यति पनि
भयो त्यो सिंहैले अब त भँडुवा मार्दछु भनी ॥