Page:Laxmi nibandhasangraha.pdf/140: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट | बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट | ||
दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक | दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक | ||
पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र | पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकुटी प्राकृत तवरले | ||
शिर झुकाउँछ । | शिर झुकाउँछ । ऊ संकीर्ण-विकीर्ण छैन । म पत्थरमा छाती फोरेर | ||
मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, | मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, ऊ मट्टीतेलको | ||
बत्ती | बत्ती बाल्छ । म उसको नजीक प्राचीन भारतनेर पुग्दछु ! र उसको | ||
विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, | विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, ऊ गङ्गा छ, जहाँ सब | ||
नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै | नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै | ||
छरिन्छु र शून्य राखेर बिलाउँछु ! | छरिन्छु र शून्य राखेर बिलाउँछु ! | ||
Line 12: | Line 12: | ||
माटाका कान हन् । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो | माटाका कान हन् । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो | ||
हो । मलाई तेरा रचना रही बोक्रा हन् भने रिस उठ्छ, म जुँघामा ताउ | हो । मलाई तेरा रचना रही बोक्रा हन् भने रिस उठ्छ, म जुँघामा ताउ | ||
लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा | लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा खैंचाखैंचीको | ||
झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा | झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा | ||
ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ । | ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ । | ||
Line 19: | Line 19: | ||
संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच् बच्चा' | संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच् बच्चा' | ||
भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन | भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन | ||
सक्तिनँ, तीन करोड तेत्तीस लाख | सक्तिनँ, तीन करोड तेत्तीस लाख कुराले मेरा नसा-नसामा जञ्जीर | ||
लगाइरहेछन् । म 'आगो खान | लगाइरहेछन् । म 'आगो खान देऊ ! आगो खान देऊ !' भनेर परमेश्वरलाई | ||
रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन | रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन | ||
जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि | जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि | ||
पयरका औंलासम्म | पयरका औंलासम्म कम्प र थर्थराहट प्रतीत हुन्छ । म विदितसँग कुरा | ||
गर्न जान्दिनँ, अस्तु । | गर्न जान्दिनँ, अस्तु । | ||
त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक | त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक | ||
मुठी | मुठी माग्न आाउँछ–किन ? भारतको आत्मा राख्न ? मलाई खुवाउन ! | ||
उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो | उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो | ||
आत्मालाई सामल दिन | आत्मालाई सामल दिन विश्वास र श्रद्धाको गेरुमा, मैले उसलाई सित्तै | ||
अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर | अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर | ||
भिखारी | भिखारी झैं माग्न आइरहेछ मेरो घरमा । हाय ! धर्मको नाममा ऋषिको |
Revision as of 21:17, 25 February 2025
बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकुटी प्राकृत तवरले शिर झुकाउँछ । ऊ संकीर्ण-विकीर्ण छैन । म पत्थरमा छाती फोरेर मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, ऊ मट्टीतेलको बत्ती बाल्छ । म उसको नजीक प्राचीन भारतनेर पुग्दछु ! र उसको विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, ऊ गङ्गा छ, जहाँ सब नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै छरिन्छु र शून्य राखेर बिलाउँछु !
मैले के त्याग गर्न सकें ? जब यी काँचका आँखा हुन्; यी माटाका कान हन् । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो हो । मलाई तेरा रचना रही बोक्रा हन् भने रिस उठ्छ, म जुँघामा ताउ लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा खैंचाखैंचीको झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ । मलाई दाढी बडे गिज्याउँछन् भन्ने डर लाग्दछ, कोट नलगाए 'हा हा' गर्लान् भन्ने त्रास छ र गलबन्दीलाई सौख मान्दछ, ढिकी र जाँतो बोकेर संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच् बच्चा' भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन सक्तिनँ, तीन करोड तेत्तीस लाख कुराले मेरा नसा-नसामा जञ्जीर लगाइरहेछन् । म 'आगो खान देऊ ! आगो खान देऊ !' भनेर परमेश्वरलाई रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि पयरका औंलासम्म कम्प र थर्थराहट प्रतीत हुन्छ । म विदितसँग कुरा गर्न जान्दिनँ, अस्तु ।
त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक मुठी माग्न आाउँछ–किन ? भारतको आत्मा राख्न ? मलाई खुवाउन ! उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो आत्मालाई सामल दिन विश्वास र श्रद्धाको गेरुमा, मैले उसलाई सित्तै अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर भिखारी झैं माग्न आइरहेछ मेरो घरमा । हाय ! धर्मको नाममा ऋषिको