Jump to content

Page:Laxmi nibandhasangraha.pdf/212: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सत्य सोझो हुन्छ सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झूटो चाहँदैन । मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठूला-ठूलाको भनाइ छ । ईश्वर साथ हुन्‌, मानवात्मा शान्ति..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सत्य सोझो हुन्छ
{{Right|{{x-larger|'''सत्य सोझो हुन्छ'''}}}}
 
सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झूटो चाहँदैन ।
सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झूटो चाहँदैन ।
मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठूला-ठूलाको भनाइ
मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठूला-ठूलाको भनाइ
छ । ईश्वर साथ हुन्‌, मानवात्मा शान्ति-पोषण पाउँछ । असत्य आत्मघाती
छ । ईश्वर साथ हुन्‌, मानवात्मा शान्ति-पोषण पाउँछ । असत्य आत्मघाती
छ।
छ।


Line 10: Line 9:
छिपाउने । झूटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि
छिपाउने । झूटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि
झूटोलाई स्वीकार नगरुञ्जेल मलाई झूटोउपर झूटो थप्ने प्रवृत्तिहरू
झूटोलाई स्वीकार नगरुञ्जेल मलाई झूटोउपर झूटो थप्ने प्रवृत्तिहरू
बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भूलभुलैया बनाइदिन्छन्‌ । सच्चा आत्मा
बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भूलभुलैया बनाइदिन्छन्‌ । सच्चा आत्मा
भझूटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै
भझूटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै
वक्रताहरू विकृति हुन्‌, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन्‌ ।
वक्रताहरू विकृति हुन्‌, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन्‌ ।
यिनमा ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले
यिनमा ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले
 
मानवात्मालाई बङ्गयाएर राख्तछन्‌।
मानवात्मालाई बङ्गयाएर राख्तछन्‌ ।


त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका
त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका
अङ्गहरू बाङ्रिँदै जान्छन्‌ । विचारधाराहरूले अनन्त वक्रता लिंदा अनन्तको
अङ्गहरू बाङ्रिँदै जान्छन्‌ । विचारधाराहरूले अनन्त वक्रता लिंदा अनन्तको
उत्तर भागको शक्तिले सत्यतर्फ नसोभिउञ्जेल त्यसलाई दुःख दिदै
उत्तर भागको शक्तिले सत्यतर्फ नसोभिउञ्जेल त्यसलाई दुःख दिदै
लैजान्छन्‌ । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको
लैजान्छन्‌ । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको
सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा
सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा
संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश
संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश
हुन सक्छन्‌, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्गभङ्गबाट
हुन सक्छन्‌, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्गभङ्गबाट
Line 33: Line 25:


त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग ।बाङ्गो नबन,
त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग ।बाङ्गो नबन,
आत्मघात वीरता होइन ।फोस्रो इज्जत, रवाफ र महत्त्वले आत्मवञ्चनामा
आत्मघात वीरता होइन ।फोस्रो इज्जत, रवाफ र महत्त्वले आत्मवञ्चनामा
नपस । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरू त्यहाँ नास्तिक
नपस । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरू त्यहाँ नास्तिक
हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्तन्‌ ।
हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्तन्‌ ।
सत्य सोझो हुन्छ/२०३

Revision as of 21:32, 16 February 2025

This page has not been proofread

सत्य सोझो हुन्छ

सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झूटो चाहँदैन । मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठूला-ठूलाको भनाइ छ । ईश्वर साथ हुन्‌, मानवात्मा शान्ति-पोषण पाउँछ । असत्य आत्मघाती छ।

म झूटो बोल्दा दोहरो चलाकी गर्छु, सत्य बुभ्ने र सत्यलाई छिपाउने । झूटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि झूटोलाई स्वीकार नगरुञ्जेल मलाई झूटोउपर झूटो थप्ने प्रवृत्तिहरू बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भूलभुलैया बनाइदिन्छन्‌ । सच्चा आत्मा भझूटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै वक्रताहरू विकृति हुन्‌, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन्‌ । यिनमा ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले मानवात्मालाई बङ्गयाएर राख्तछन्‌।

त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका अङ्गहरू बाङ्रिँदै जान्छन्‌ । विचारधाराहरूले अनन्त वक्रता लिंदा अनन्तको उत्तर भागको शक्तिले सत्यतर्फ नसोभिउञ्जेल त्यसलाई दुःख दिदै लैजान्छन्‌ । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश हुन सक्छन्‌, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्गभङ्गबाट सत्यको होश मिलेर बच्न सक्तछ ।

त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग ।बाङ्गो नबन, आत्मघात वीरता होइन ।फोस्रो इज्जत, रवाफ र महत्त्वले आत्मवञ्चनामा नपस । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरू त्यहाँ नास्तिक हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्तन्‌ ।