Page:Laxmi nibandhasangraha.pdf/141: Difference between revisions
→Not proofread: Created page with "प्रतिबिम्बलाई एक मुट्ठी दाना त देङ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ । त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
प्रतिबिम्बलाई एक मुट्ठी दाना त देङ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ । | प्रतिबिम्बलाई एक मुट्ठी दाना त देङ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ । | ||
त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! | त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! | ||
भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर हेलाँ, हरि ! तिनलाई | भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर हेलाँ, हरि ! तिनलाई | ||
जो आए दीन बनी' भन्दै मेरो हृदय भावको नैसर्गिक कविता बोल्न | जो आए दीन बनी' भन्दै मेरो हृदय भावको नैसर्गिक कविता बोल्न | ||
लाग्दछ, जब मेरो घरमा जटाजूट दर्शन पाउँदछु ! यसको विषयमा | लाग्दछ, जब मेरो घरमा जटाजूट दर्शन पाउँदछु ! यसको विषयमा | ||
एउटा 'भिखारी' नामको पाँच-सात वर्षअगाडिको कविता प्यार लागेर, | एउटा 'भिखारी' नामको पाँच-सात वर्षअगाडिको कविता प्यार लागेर, | ||
उद्धृत गर्न मन लाग्यो । | उद्धृत गर्न मन लाग्यो । | ||
Line 14: | Line 10: | ||
सुनौलापन, शीतको सुगन्ध र चराको कलरवसँग मीठो जागरण पाइरहेको | सुनौलापन, शीतको सुगन्ध र चराको कलरवसँग मीठो जागरण पाइरहेको | ||
थियो । म नवीनको द्वारभित्र पस्न लागेझौं लाग्यो, त्यसै वेला एउटा | थियो । म नवीनको द्वारभित्र पस्न लागेझौं लाग्यो, त्यसै वेला एउटा | ||
साधु चिम्टा बजाएर गाइरहेका थिए-मेरो थाङ्ने आँगनमा ! आधा | साधु चिम्टा बजाएर गाइरहेका थिए-मेरो थाङ्ने आँगनमा ! आधा | ||
बुझियो, आधा बुझिएन तर धोबिनीको स्वागतभन्दा मीठो लाग्यो । | बुझियो, आधा बुझिएन तर धोबिनीको स्वागतभन्दा मीठो लाग्यो । | ||
उनी भन्थे, शायद :- | उनी भन्थे, शायद :- | ||
<blockquote><b> | |||
<poem> | |||
"जाग जाग हे सुचिर सुताहा ! झलमल घाम उदायो । | "जाग जाग हे सुचिर सुताहा ! झलमल घाम उदायो । | ||
निर्मल आँसु रुनझुनसँगमा छविसँग झल्की आयो । | निर्मल आँसु रुनझुनसँगमा छविसँग झल्की आयो । | ||
रङीविरङ्गी विटपविहारी पंख फिंजीकन घायो ! | रङीविरङ्गी विटपविहारी पंख फिंजीकन घायो ! | ||
पूर्व-शिखरमा स्वर्गद्ारको स्वर्ण-कपाट खुलायो ! | पूर्व-शिखरमा स्वर्गद्ारको स्वर्ण-कपाट खुलायो ! | ||
अन्धकारको निविड अलसपन आँखा खोलन प्यारा ! | अन्धकारको निविड अलसपन आँखा खोलन प्यारा ! | ||
प्रेमकी तारा झल्किरहेछन् महिमा स्वर्ण उदायो ।' | प्रेमकी तारा झल्किरहेछन् महिमा स्वर्ण उदायो ।' | ||
</poem> | |||
यो त | </b></blockquote> | ||
यो त त्यो जादूको अणुको टुना हो ! म कविता लेख्ने हुनाले | |||
त्यो जादूको अणुको टुना हो ! म कविता लेख्ने हुनाले | |||
अलिअलि बुभ्छु व्यक्त गर्न सक्तिनँ ! तिनका यी आवाजहरू घरघरमा | अलिअलि बुभ्छु व्यक्त गर्न सक्तिनँ ! तिनका यी आवाजहरू घरघरमा | ||
कति हृदयहरू अँघ्याराबाट ब्यूँझाएर हिडिरहेका होलान् । अनि मैले | कति हृदयहरू अँघ्याराबाट ब्यूँझाएर हिडिरहेका होलान् । अनि मैले | ||
ब्राउनिङको 'पिप्या पासेज' सम्झें-जो मेरो अंग्रेजी पढ्नाको फल हो । | ब्राउनिङको 'पिप्या पासेज' सम्झें-जो मेरो अंग्रेजी पढ्नाको फल हो । | ||
{{nop}} | |||
Revision as of 17:15, 16 February 2025
प्रतिबिम्बलाई एक मुट्ठी दाना त देङ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ । त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर हेलाँ, हरि ! तिनलाई जो आए दीन बनी' भन्दै मेरो हृदय भावको नैसर्गिक कविता बोल्न लाग्दछ, जब मेरो घरमा जटाजूट दर्शन पाउँदछु ! यसको विषयमा एउटा 'भिखारी' नामको पाँच-सात वर्षअगाडिको कविता प्यार लागेर, उद्धृत गर्न मन लाग्यो ।
एक दिन म सुतिरहेकै थिएँ । सपना र विपनाको दोसाँध्े प्रभात सुनौलापन, शीतको सुगन्ध र चराको कलरवसँग मीठो जागरण पाइरहेको थियो । म नवीनको द्वारभित्र पस्न लागेझौं लाग्यो, त्यसै वेला एउटा साधु चिम्टा बजाएर गाइरहेका थिए-मेरो थाङ्ने आँगनमा ! आधा बुझियो, आधा बुझिएन तर धोबिनीको स्वागतभन्दा मीठो लाग्यो । उनी भन्थे, शायद :-
"जाग जाग हे सुचिर सुताहा ! झलमल घाम उदायो ।
निर्मल आँसु रुनझुनसँगमा छविसँग झल्की आयो ।
रङीविरङ्गी विटपविहारी पंख फिंजीकन घायो !
पूर्व-शिखरमा स्वर्गद्ारको स्वर्ण-कपाट खुलायो !
अन्धकारको निविड अलसपन आँखा खोलन प्यारा !
प्रेमकी तारा झल्किरहेछन् महिमा स्वर्ण उदायो ।'
यो त त्यो जादूको अणुको टुना हो ! म कविता लेख्ने हुनाले अलिअलि बुभ्छु व्यक्त गर्न सक्तिनँ ! तिनका यी आवाजहरू घरघरमा कति हृदयहरू अँघ्याराबाट ब्यूँझाएर हिडिरहेका होलान् । अनि मैले ब्राउनिङको 'पिप्या पासेज' सम्झें-जो मेरो अंग्रेजी पढ्नाको फल हो ।