Jump to content

Page:Laxmi nibandhasangraha.pdf/113: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन्‌ र ? हामी ईश्वरले सीमित हुँदा भिन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई
सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई
छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता
छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता
आखिर दीप्ति नै हैनन्‌ र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश
आखिर दीप्ति नै हैनन्‌ र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश
राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न
राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न
 
होला । तर मलाई सिर्जना मीठो छ प्रेम रसिलो छ र म आफूलाई
होला । तर मलाई सिर्जना मीठो छ
 
प्रेम रसिलो छ र म आफूलाई
 
झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी
झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी
पहाडकन्याहरू ऐँसेलु टिप्छन्‌ ।


पहाडकन्याहरू ऐँसेलु टिप्छन्‌ ।
छन्द र लयविना म केही क्रामा ऐक्य देख्तिनँ । कविता र
छन्द र लयविना म केही क्रामा ऐक्य देख्तिनँ । कविता र
गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ ।बेछन्दी हुनु विक्षेप हो ।
गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ ।बेछन्दी हुनु विक्षेप हो ।
बेलायकको बोली अन्धकारबाट उठ्छ ।छन्द र लय समय र अवकाशको
बेलायकको बोली अन्धकारबाट उठ्छ ।छन्द र लय समय र अवकाशको
अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा
अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा
एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हन चाहन्छु र बराबर मिल्न
एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हन चाहन्छु र बराबर मिल्न
चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र
चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र
आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँष्टिनुमा, रिस
आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँष्टिनुमा, रिस
देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै
देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै
रिसका पनि राग छन्‌ । उनको छन्द हामीले बुभनुपर्छ, उनको लयमा
रिसका पनि राग छन्‌ । उनको छन्द हामीले बुभनुपर्छ, उनको लयमा
आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु
आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु
तब रूप र रड्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्‌-त्यही रूपमा
तब रूपर रड्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्‌-त्यही रूपमा
 
जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य
जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य
रङ्दि ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु ।


रङ्दि ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु ।
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका:
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका:
विवरण विवेकसंगत हुँदैनन्‌ र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा
विवरण विवेकसंगत हुँदैनन्‌ र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा
प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन ट्टदयवाटै विस्तार
प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन ट्टदयवाटै विस्तार
भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहँला र भावको लक्षण
भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहँला र भावको लक्षण
छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन
छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन
आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर पर्सिएर
आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर पर्सिएर
आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको
आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको
सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुभदछु
सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुभदछु
Line 48: Line 32:
बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग
बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग
बर्सिंदा जन्मेहुँला-यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि
बर्सिंदा जन्मेहुँला-यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि
१०४. लक्ष्मी निबन्ध-संग्रह

Revision as of 16:48, 16 February 2025

This page has not been proofread

सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन्‌ र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न होला । तर मलाई सिर्जना मीठो छ प्रेम रसिलो छ र म आफूलाई झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी पहाडकन्याहरू ऐँसेलु टिप्छन्‌ ।

छन्द र लयविना म केही क्रामा ऐक्य देख्तिनँ । कविता र गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ ।बेछन्दी हुनु विक्षेप हो । बेलायकको बोली अन्धकारबाट उठ्छ ।छन्द र लय समय र अवकाशको अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हन चाहन्छु र बराबर मिल्न चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँष्टिनुमा, रिस देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै रिसका पनि राग छन्‌ । उनको छन्द हामीले बुभनुपर्छ, उनको लयमा आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु तब रूपर रड्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्‌-त्यही रूपमा जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य रङ्दि ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु ।

छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका: विवरण विवेकसंगत हुँदैनन्‌ र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन ट्टदयवाटै विस्तार भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहँला र भावको लक्षण छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर पर्सिएर आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुभदछु त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन्‌, कणाकणासँग बेरिँदै, अङ्गमाल बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग बर्सिंदा जन्मेहुँला-यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि