Page:Laxmi nibandhasangraha.pdf/83: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
ईश्वरले विलासका सामग्री नदिए पनि | ईश्वरले विलासका सामग्री नदिए पनि विलासका स्वाद र आनन्द | ||
दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले | दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले | ||
मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको | मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको | ||
थियो । खाँदा अनेक | थियो । खाँदा अनेक ठठ्ठा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट | ||
झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले | झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्राम पनि | ||
दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली | दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली पहाडरूपी ओलम्पिसका | ||
यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको | यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको | ||
पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही | पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही | ||
यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो । | यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो । | ||
फेरि उनीहरू काममा लागे । हामीहरूले धेरै बेर | फेरि उनीहरू काममा लागे । हामीहरूले धेरै बेर हेरिरह्यैं, | ||
सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा | सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा गिर्यो, | ||
झन् अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका | झन् अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका | ||
थिएनौं । पहिले त दौडेर भाग्ने विचार गर्यौं तर वर्षाले छोपिहाल्यो, | थिएनौं । पहिले त दौडेर भाग्ने विचार गर्यौं तर वर्षाले छोपिहाल्यो, | ||
Line 16: | Line 16: | ||
लाग्यौं । खेतमा उनीहरू भने झन् खुशीले रोपाइँ गरिरहेका थिए । अलि | लाग्यौं । खेतमा उनीहरू भने झन् खुशीले रोपाइँ गरिरहेका थिए । अलि | ||
टाढाबाट हामीहरूले सुन्यौं:- | टाढाबाट हामीहरूले सुन्यौं:- | ||
<blockquote>'' | |||
'रोपाइँको वेला, बिजुली चम्क्यो, झरीले गीत गायो, | |||
बादलको तल खोला है | बादलको तल खोला है उफ्र्यो, दिल मेरो नचायो । | ||
आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको, | आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको, | ||
आज र हाँस्यो, आज र गायो । | |||
भोलि ता कठै ! को रुन्छ देखी कालले टिपेको | भोलि ता कठै ! को रुन्छ देखी कालले टिपेको !' | ||
''</blockquote> | |||
हामीहरूका लुगा | हामीहरूका लुगा पनि लफलफाउँदा भए, हिलैले पनि रङ्गिए । | ||
हामीहरूलाई पनि आजको आषाढको | हामीहरूलाई पनि आजको आषाढको पन्ध्रको उत्सव राम्रोसँग मनाएजस्तो | ||
लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म | लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म | ||
घरभित्र पसे, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो | घरभित्र पसे, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो | ||
चलेको थियो ।मैले भनें, 'आज आषाढको पन्ध्र हो ।' | चलेको थियो ।मैले भनें, 'आज आषाढको पन्ध्र हो ।' | ||
{{nop}} | {{nop}} |
Revision as of 13:55, 15 February 2025
ईश्वरले विलासका सामग्री नदिए पनि विलासका स्वाद र आनन्द दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको थियो । खाँदा अनेक ठठ्ठा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्राम पनि दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली पहाडरूपी ओलम्पिसका यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो ।
फेरि उनीहरू काममा लागे । हामीहरूले धेरै बेर हेरिरह्यैं, सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा गिर्यो, झन् अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका थिएनौं । पहिले त दौडेर भाग्ने विचार गर्यौं तर वर्षाले छोपिहाल्यो, रुजाइहाल्यो । दगुर्नुमा केही बचावट थिएन। हामी सुस्त-सुस्त घरतर्फ लाग्यौं । खेतमा उनीहरू भने झन् खुशीले रोपाइँ गरिरहेका थिए । अलि टाढाबाट हामीहरूले सुन्यौं:-
'रोपाइँको वेला, बिजुली चम्क्यो, झरीले गीत गायो, बादलको तल खोला है उफ्र्यो, दिल मेरो नचायो । आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको, आज र हाँस्यो, आज र गायो । भोलि ता कठै ! को रुन्छ देखी कालले टिपेको !'
हामीहरूका लुगा पनि लफलफाउँदा भए, हिलैले पनि रङ्गिए । हामीहरूलाई पनि आजको आषाढको पन्ध्रको उत्सव राम्रोसँग मनाएजस्तो लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म घरभित्र पसे, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो चलेको थियो ।मैले भनें, 'आज आषाढको पन्ध्र हो ।'