Page:Laxmi nibandhasangraha.pdf/68: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अमृत चाख्यो ! अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ । | अमृत चाख्यो ! अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ । | ||
ऊ मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ । | |||
हामी | हामी ऋणमा डुबिरहेछौं । दूधको भारा तिर्ने हिचकिचाउनु कातरता | ||
हो ! के तिमीलाई विश्वास छैन कि तिमी माटो होइनौ | हो ! के तिमीलाई विश्वास छैन कि तिमी माटो होइनौ ? के अनन्त | ||
साठी वर्षको रालसिंगानभन्दा पर छैन ? उताको अनन्तता यताको बोक्रे | साठी वर्षको रालसिंगानभन्दा पर छैन ? उताको अनन्तता यताको बोक्रे | ||
झोक्राइमा खेर फाल्नु ! डुब नानी ! गहिराइले अतासिने मोतीहरूबाट | |||
वञ्चित छन् । तर हाय ! एक अनन्तको भझिलिमिलीले मलाई यतातिर | |||
तान्दछ ! म उठ्नु एक विशाल मायाजालबाट पाउनु छ ! कातर | तान्दछ ! म उठ्नु एक विशाल मायाजालबाट मुक्ति पाउनु छ ! कातर | ||
आत्मा मान्दैन ! भोलिको पर्सिको होश नहुनु | आत्मा मान्दैन ! भोलिको पर्सिको होश नहुनु नै पार्थिवता हो । | ||
टाढाको नहुनु नै मेरो अन्धता हो । म खुम्चिन्छु । कम रोकावटको पथमा | टाढाको नहुनु नै मेरो अन्धता हो । म खुम्चिन्छु । कम रोकावटको पथमा | ||
हार खाएर भागिरहन्छु | हार खाएर भागिरहन्छु । नजीकका क्षणहरू लोलाइरहन्छन् र क्षणलाई | ||
अनन्तको सर्वस्व सुम्पँदै त्रास र विकम्मापन साटेर दीनताको प्रदर्शनी | अनन्तको सर्वस्व सुम्पँदै त्रास र विकम्मापन साटेर दीनताको प्रदर्शनी | ||
देखाउँछु ! | देखाउँछु ! | ||
Line 16: | Line 16: | ||
म किन झल्किनँ ? के वीरलाई परमेश्वरले सुनौला मौका | म किन झल्किनँ ? के वीरलाई परमेश्वरले सुनौला मौका | ||
पठाइदिएका हुन्छन् ? होइन, आत्माले मौका त्यहाँ पाउँछ जहाँ यसको | पठाइदिएका हुन्छन् ? होइन, आत्माले मौका त्यहाँ पाउँछ जहाँ यसको | ||
भावना | भावना सँग्लिएर अनन्तको प्रतिबिम्ब धारण गर्छ । परमेश्वरले नदिएको | ||
होइन ! मेरो स्वार्थले सबै क्षणहरू फुस्रो, | होइन ! मेरो स्वार्थले सबै क्षणहरू फुस्रो, धुस्रो बनाएको र तिनका | ||
टुनामा ध्वाँसो हालेको हो । के अस्ति | टुनामा ध्वाँसो हालेको हो । के अस्ति भैंचालो गएन !के एउटा केटाकेटी | ||
एक घरको भग्नावशेष पनि रोइरहेको थिएन ? मैले ती सुन्दर क्षणका | एक घरको भग्नावशेष पनि रोइरहेको थिएन ? मैले ती सुन्दर क्षणका | ||
आवाजहरू पर पन्साउँदै लोलुपताको वधिरता ग्रहण गर्ने राह लिएको | आवाजहरू पर पन्साउँदै लोलुपताको वधिरता ग्रहण गर्ने राह लिएको | ||
थिएँ । के त्यो दिन आत्मा मसँग पुकार गरिरहेको थिएन ? त्यो पेटको | थिएँ । के त्यो दिन आत्मा मसँग पुकार गरिरहेको थिएन ? त्यो पेटको | ||
भोको र आशाले | भोको र आशाले वञ्चित ! मसँग घन थियो । ममा आत्मबल थिएन । | ||
ज्यान दिनुभन्दा सर्वस्व दिन् ठूलो कुरो हो र मलाई घीनलाग्दो लोलुपताले | ज्यान दिनुभन्दा सर्वस्व दिन् ठूलो कुरो हो र मलाई घीनलाग्दो लोलुपताले | ||
अघि सर्न दिएन ! अस्ति मात्र मैले फोस्रो इज्जतका निम्ति झूटो बोलें ! | अघि सर्न दिएन ! अस्ति मात्र मैले फोस्रो इज्जतका निम्ति झूटो बोलें ! | ||
ममा वीरको ताज लगाउने जोश थिएन । म सत्यका निम्ति कति कम | ममा वीरको ताज लगाउने जोश थिएन । म सत्यका निम्ति कति कम | ||
दान गर्न सक्तछु | दान गर्न सक्तछु–सत्तरी रुपियाँको जागीर जाला भन्नेमा सत्तरी हजार | ||
नसा काँप्तछन् ! समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई | नसा काँप्तछन् ! समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई | ||
सजिलो लाग्छ र म मेरो आत्मासँग झूटो बोल्छु र दुनियाँसँग सच्चाइको | सजिलो लाग्छ र म मेरो आत्मासँग झूटो बोल्छु र दुनियाँसँग सच्चाइको |
Latest revision as of 23:32, 14 February 2025
अमृत चाख्यो ! अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ । ऊ मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ ।
हामी ऋणमा डुबिरहेछौं । दूधको भारा तिर्ने हिचकिचाउनु कातरता हो ! के तिमीलाई विश्वास छैन कि तिमी माटो होइनौ ? के अनन्त साठी वर्षको रालसिंगानभन्दा पर छैन ? उताको अनन्तता यताको बोक्रे झोक्राइमा खेर फाल्नु ! डुब नानी ! गहिराइले अतासिने मोतीहरूबाट वञ्चित छन् । तर हाय ! एक अनन्तको भझिलिमिलीले मलाई यतातिर तान्दछ ! म उठ्नु एक विशाल मायाजालबाट मुक्ति पाउनु छ ! कातर आत्मा मान्दैन ! भोलिको पर्सिको होश नहुनु नै पार्थिवता हो । टाढाको नहुनु नै मेरो अन्धता हो । म खुम्चिन्छु । कम रोकावटको पथमा हार खाएर भागिरहन्छु । नजीकका क्षणहरू लोलाइरहन्छन् र क्षणलाई अनन्तको सर्वस्व सुम्पँदै त्रास र विकम्मापन साटेर दीनताको प्रदर्शनी देखाउँछु !
म किन झल्किनँ ? के वीरलाई परमेश्वरले सुनौला मौका पठाइदिएका हुन्छन् ? होइन, आत्माले मौका त्यहाँ पाउँछ जहाँ यसको भावना सँग्लिएर अनन्तको प्रतिबिम्ब धारण गर्छ । परमेश्वरले नदिएको होइन ! मेरो स्वार्थले सबै क्षणहरू फुस्रो, धुस्रो बनाएको र तिनका टुनामा ध्वाँसो हालेको हो । के अस्ति भैंचालो गएन !के एउटा केटाकेटी एक घरको भग्नावशेष पनि रोइरहेको थिएन ? मैले ती सुन्दर क्षणका आवाजहरू पर पन्साउँदै लोलुपताको वधिरता ग्रहण गर्ने राह लिएको थिएँ । के त्यो दिन आत्मा मसँग पुकार गरिरहेको थिएन ? त्यो पेटको भोको र आशाले वञ्चित ! मसँग घन थियो । ममा आत्मबल थिएन । ज्यान दिनुभन्दा सर्वस्व दिन् ठूलो कुरो हो र मलाई घीनलाग्दो लोलुपताले अघि सर्न दिएन ! अस्ति मात्र मैले फोस्रो इज्जतका निम्ति झूटो बोलें ! ममा वीरको ताज लगाउने जोश थिएन । म सत्यका निम्ति कति कम दान गर्न सक्तछु–सत्तरी रुपियाँको जागीर जाला भन्नेमा सत्तरी हजार नसा काँप्तछन् ! समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई सजिलो लाग्छ र म मेरो आत्मासँग झूटो बोल्छु र दुनियाँसँग सच्चाइको सच्चरित्रताको दावा राख्तछु । अनि मेरो मुटु किन नकाँपोस् ?
मलाई रुनै मन लाग्छ, कहाँ-कहाँबाट आँसु भुलभुलाएर आउँदछन्, जब म आफ्ना स्वदेशका वीरहरूको नाम सम्झन्छु । मलाई त्यस्तै हुन