Page:Laxmi nibandhasangraha.pdf/91: Difference between revisions
→Not proofread: Created page with "ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियाम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि | ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि | ||
सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको | सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको | ||
झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव | झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव | ||
सिर्जन त्यसै बन्दै-बन्दै आउँछन् र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो | सिर्जन त्यसै बन्दै-बन्दै आउँछन् र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो | ||
मुटुकोकलाला थेयुतत थियो | अनि पछिल्लो गुणको बारेमा जीवनका | मुटुकोकलाला थेयुतत थियो | अनि पछिल्लो गुणको बारेमा जीवनका | ||
अनुभवहरू | अनुभवहरू सहानु' थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता | ||
सहानु' | |||
थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता | |||
र बिभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र क | र बिभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र क | ||
लबजर रेखाको मुटु छामी टुक्रादुक्राले आकाश धर्काइदिन्छ । | |||
जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर | जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर | ||
देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ, | देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ, | ||
कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित | कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित | ||
र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको | र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको | ||
क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सृष्ष्म चेत जो मिहीन सम्बन्धहरूको | क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सृष्ष्म चेत जो मिहीन सम्बन्धहरूको | ||
भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन, | भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन, | ||
जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई | जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई | ||
आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ । | आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ । | ||
जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको | जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको | ||
अक्सर चात्री देखिँदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर, | अक्सर चात्री देखिँदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर, | ||
चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ । | चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ । | ||
जीवनमा झल्काभिल्की मिल्दछन्- टाढाको क्षणका अन्तरमा । तर कला | जीवनमा झल्काभिल्की मिल्दछन्- टाढाको क्षणका अन्तरमा । तर कला | ||
हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र | हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र | ||
कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा | कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा | ||
बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि | बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि | ||
स्वर्गका चिडिया र रंगहरू पनि हाँगामा आउन् । | |||
'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन् । अस्कार | 'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन् । अस्कार | ||
वाइल्ड भन्दछन् 'कला सपनामनि हिँड्छ; जादूसँग खेल्दछ, नवीनतासँग | वाइल्ड भन्दछन् 'कला सपनामनि हिँड्छ; जादूसँग खेल्दछ, नवीनतासँग | ||
मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैँ मस्त छ । क आफ्नो जगत् | मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैँ मस्त छ । क आफ्नो जगत् | ||
आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग | आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग | ||
परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहस्यावट, सिर्जनाको | परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहस्यावट, सिर्जनाको | ||
धघीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू ! | धघीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू ! | ||
पृथ्वी सबै ठाउँमा राम्री छैनन् । सिर्जिइसकेका कुरामा दोहन्यावट देखाउनु | पृथ्वी सबै ठाउँमा राम्री छैनन् । सिर्जिइसकेका कुरामा दोहन्यावट देखाउनु | ||
Revision as of 14:29, 9 February 2025
ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव सिर्जन त्यसै बन्दै-बन्दै आउँछन् र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो मुटुकोकलाला थेयुतत थियो | अनि पछिल्लो गुणको बारेमा जीवनका अनुभवहरू सहानु' थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता र बिभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र क लबजर रेखाको मुटु छामी टुक्रादुक्राले आकाश धर्काइदिन्छ ।
जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ, कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सृष्ष्म चेत जो मिहीन सम्बन्धहरूको भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन, जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ । जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको अक्सर चात्री देखिँदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर, चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ । जीवनमा झल्काभिल्की मिल्दछन्- टाढाको क्षणका अन्तरमा । तर कला हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि स्वर्गका चिडिया र रंगहरू पनि हाँगामा आउन् ।
'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन् । अस्कार वाइल्ड भन्दछन् 'कला सपनामनि हिँड्छ; जादूसँग खेल्दछ, नवीनतासँग मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैँ मस्त छ । क आफ्नो जगत् आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहस्यावट, सिर्जनाको धघीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू ! पृथ्वी सबै ठाउँमा राम्री छैनन् । सिर्जिइसकेका कुरामा दोहन्यावट देखाउनु