Jump to content

Page:Laxmi nibandhasangraha.pdf/87: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन्‌ तर कति वोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य
नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य
हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन्‌
हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन्‌
तर कति वोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्यो जीवनको
तर कति वोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्यो जीवनको
रहस्योदघाटक सृक्ष्मभाव पाइरहेछन्‌ । ती मिर्मिरे भावनाहरूको सत्य जो
रहस्योदघाटक सृक्ष्मभाव पाइरहेछन्‌ । ती मिर्मिरे भावनाहरूको सत्य जो
प्रकाश र अन्धकारको बीचमा रहन पाए होलान्‌, जो पन्तजीको 'छाया'
प्रकाश र अन्धकारको बीचमा रहन पाए होलान्‌, जो पन्तजीको 'छाया'
नामक जाद्‌ जस्तो कवितामा पाइन्छ, कतिले टुहुरालाई भेटे होलान्‌ तर
नामक जाद्‌ जस्तो कवितामा पाइन्छ, कतिले टुहुरालाई भेटे होलान्‌ तर
दुहुराको आत्मा उघारेर देखाउन 'रतन'-का दादालाई मात्र थियो । कति
दुहुराको आत्मा उघारेर देखाउन 'रतन'-का दादालाई मात्र थियो । कति
आकाश देखिरहेछन्‌ तर रस्किन साहेबको 'आकाश' नामक प्रबन्धमा
आकाश देखिरहेछन्‌ तर रस्किन साहेबको 'आकाश' नामक प्रबन्धमा
 
त्यो आकाशको अपरिचित टुना झलमलाउँछ, जोहेर्नेले हेर्दै हेरेन,
त्यो आकाशको
 
अपरिचित टुना झलमलाउँछ, जोहेर्नेले हेर्दै हेरेन,
 
सुन्नेले सुन्दै सुनेन । मानिसहरू टेबिलमा कवाबको रिकापी लिएर
सुन्नेले सुन्दै सुनेन । मानिसहरू टेबिलमा कवाबको रिकापी लिएर
 
जुगानजुगदेखि स्वाद लिँदै आएका छन्‌, तर '"रोस्कपिग' नामक
जुगानजुगदेखि स्वाद लिँदै आएका छन्‌,
 
तर '"रोस्कपिग' नामक
 
ल्याम्बसाहेबको प्रबन्धमा देखिने कलाको हँसिलो सर्वयुगी दुना कसैले
ल्याम्बसाहेबको प्रबन्धमा देखिने कलाको हँसिलो सर्वयुगी दुना कसैले
त्यसमा देखेनन्‌ । चीजहरू बाहिरी रोगन र झलमलावटले रामा हुँदैनन्‌,'
त्यसमा देखेनन्‌ । चीजहरू बाहिरी रोगन र झलमलावटले रामा हुँदैनन्‌,'
जस्तो हनुमान्‌ले हीराको मालालाई टोकी-टोकी मिल्काएर रामजीलाई
जस्तो हनुमान्‌ले हीराको मालालाई टोकी-टोकी मिल्काएर रामजीलाई
बिन्ती गरेथे रे 'यो झिल्के टुक्रामा त “राम' कहीं पनि पाइनँ !' त्यस्तै
बिन्ती गरेथे रे 'यो झिल्के टुक्रामा त “राम' कहीं पनि पाइनँ !' त्यस्तै
कलाको भक्तलाई भित्री मोहनी नभई कनै चीज राम्रो लाग्दैन र बोक्रे
कलाको भक्तलाई भित्री मोहनी नभई कनै चीज राम्रो लाग्दैन र बोक्रे
बाह्य कराहरूमा केही सौन्दर्य त्यसले पाउन सक्तैन, जो भित्रको झल्का
बाह्य कराहरूमा केही सौन्दर्य त्यसले पाउन सक्तैन, जो भित्रको झल्का
खोज्दछ । तर रामजीको जवाफ यस्तो हुनुपर्ने 'मैले दिएका टुक्राहरूमा
खोज्दछ । तर रामजीको जवाफ यस्तो हुनुपर्ने 'मैले दिएका टुक्राहरूमा
म हरेक दानामा झल्किरहेकै थिएँ नि !' बस, परमेश्वर हाम्रो आत्मालाई
म हरेक दानामा झल्किरहेकै थिएँ नि !' बस, परमेश्वर हाम्रो आत्मालाई
Line 35: Line 21:
हीराहरू भौ मिल्काउँछौँ, तर झल्का र मोहनी पाउने आँखाहरू संसारमा
हीराहरू भौ मिल्काउँछौँ, तर झल्का र मोहनी पाउने आँखाहरू संसारमा
कम हुन्छन्‌ । मनुष्यको हृदयमा झूटो परिचयको अत्याचार छ र उनीहरू
कम हुन्छन्‌ । मनुष्यको हृदयमा झूटो परिचयको अत्याचार छ र उनीहरू
बोक्रे सन्तोषले अत्तर-छालामै अड्दछन्‌, तर कल्पनाशील व्यक्ति बालुवाको
बोक्रे सन्तोषले अत्तर-छालामै अड्दछन्‌, तर कल्पनाशील व्यक्ति बालुवाको
दानालाई विश्व पाएर अनन्त समयको विलास देख्तछ र रस्किनसाहेबको
दानालाई विश्व पाएर अनन्त समयको विलास देख्तछ र रस्किनसाहेबको
नजरमा मकैमा यस्तो मोहनी देखियो कि उहाँ भन्नुहुन्छ, 'ईश्वर र
नजरमा मकैमा यस्तो मोहनी देखियो कि उहाँ भन्नुहुन्छ, 'ईश्वर र
संसार बुभ्नुपरे मकै उमिरहेको हेरे पुग्छ ।' वास्तवमा हामीले दुनियाँमा
संसार बुभ्नुपरे मकै उमिरहेको हेरे पुग्छ ।' वास्तवमा हामीले दुनियाँमा
Line 46: Line 29:
हृदयलाई चिरसमयको जरूरत छैन, सच्चा अवलोकनमा एक युगको
हृदयलाई चिरसमयको जरूरत छैन, सच्चा अवलोकनमा एक युगको
सन्देश मिल्दछ, र सच्चा लक्षणहरू अनन्तका झिल्काजस्ता छन्‌! दीर्घ
सन्देश मिल्दछ, र सच्चा लक्षणहरू अनन्तका झिल्काजस्ता छन्‌! दीर्घ
जीवन पाए पनि हामीहरू न तारा देख्दछौं, न आकाश, न वायु, न फूल ।
जीवन पाए पनि हामीहरू न तारा देख्दछौं, न आकाश, न वायु, न फूल ।
७८८लक्ष्मी निबन्ध-संगह

Revision as of 14:27, 9 February 2025

This page has not been proofread

नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन्‌ तर कति वोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्यो जीवनको रहस्योदघाटक सृक्ष्मभाव पाइरहेछन्‌ । ती मिर्मिरे भावनाहरूको सत्य जो प्रकाश र अन्धकारको बीचमा रहन पाए होलान्‌, जो पन्तजीको 'छाया' नामक जाद्‌ जस्तो कवितामा पाइन्छ, कतिले टुहुरालाई भेटे होलान्‌ तर दुहुराको आत्मा उघारेर देखाउन 'रतन'-का दादालाई मात्र थियो । कति आकाश देखिरहेछन्‌ तर रस्किन साहेबको 'आकाश' नामक प्रबन्धमा त्यो आकाशको अपरिचित टुना झलमलाउँछ, जोहेर्नेले हेर्दै हेरेन, सुन्नेले सुन्दै सुनेन । मानिसहरू टेबिलमा कवाबको रिकापी लिएर जुगानजुगदेखि स्वाद लिँदै आएका छन्‌, तर '"रोस्कपिग' नामक ल्याम्बसाहेबको प्रबन्धमा देखिने कलाको हँसिलो सर्वयुगी दुना कसैले त्यसमा देखेनन्‌ । चीजहरू बाहिरी रोगन र झलमलावटले रामा हुँदैनन्‌,' जस्तो हनुमान्‌ले हीराको मालालाई टोकी-टोकी मिल्काएर रामजीलाई बिन्ती गरेथे रे 'यो झिल्के टुक्रामा त “राम' कहीं पनि पाइनँ !' त्यस्तै कलाको भक्तलाई भित्री मोहनी नभई कनै चीज राम्रो लाग्दैन र बोक्रे बाह्य कराहरूमा केही सौन्दर्य त्यसले पाउन सक्तैन, जो भित्रको झल्का खोज्दछ । तर रामजीको जवाफ यस्तो हुनुपर्ने 'मैले दिएका टुक्राहरूमा म हरेक दानामा झल्किरहेकै थिएँ नि !' बस, परमेश्वर हाम्रो आत्मालाई त्यसै भन्नुहुन्छ । तर हामी वनकर झैं सब चीज मामुली देख्नछौं र हीराहरू भौ मिल्काउँछौँ, तर झल्का र मोहनी पाउने आँखाहरू संसारमा कम हुन्छन्‌ । मनुष्यको हृदयमा झूटो परिचयको अत्याचार छ र उनीहरू बोक्रे सन्तोषले अत्तर-छालामै अड्दछन्‌, तर कल्पनाशील व्यक्ति बालुवाको दानालाई विश्व पाएर अनन्त समयको विलास देख्तछ र रस्किनसाहेबको नजरमा मकैमा यस्तो मोहनी देखियो कि उहाँ भन्नुहुन्छ, 'ईश्वर र संसार बुभ्नुपरे मकै उमिरहेको हेरे पुग्छ ।' वास्तवमा हामीले दुनियाँमा बहृत थोरै कुरा रामरी चिनेका छौं र एउटा कमिला पढ्नुमा तीन सय वर्षको शेभियन्‌ जीवन पाए पनि हामीलाई कम हुने थियो, तर भावुक हृदयलाई चिरसमयको जरूरत छैन, सच्चा अवलोकनमा एक युगको सन्देश मिल्दछ, र सच्चा लक्षणहरू अनन्तका झिल्काजस्ता छन्‌! दीर्घ जीवन पाए पनि हामीहरू न तारा देख्दछौं, न आकाश, न वायु, न फूल ।