Jump to content

Page:Laxmi nibandhasangraha.pdf/83: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "ईश्वरले विलासका सामग्री नदिए पनि बिलासका स्वाद र आनन्द दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको थ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ईश्वरले विलासका सामग्री नदिए पनि बिलासका स्वाद र आनन्द
ईश्वरले विलासका सामग्री नदिए पनि बिलासका स्वाद र आनन्द
दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले
दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले
मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको
मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको
थियो । खाँदा अनेक ठट्टा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट
थियो । खाँदा अनेक ठट्टा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट
झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्वाम पनि
झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्वाम पनि
दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली प्रहाडरूपी ओलम्पिसका
दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली प्रहाडरूपी ओलम्पिसका
यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको
यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको
पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही
पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही
यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो ।
यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो ।


Line 19: Line 12:
सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा गिप्यो,
सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा गिप्यो,
झन्‌ अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका
झन्‌ अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका
थिएनौं । पहिले त दौडेर भाग्ने विचार गर्यौं तर वर्षाले छोपिहाल्यो,
थिएनौं । पहिले त दौडेर भाग्ने विचार गर्यौं तर वर्षाले छोपिहाल्यो,
रुजाइहाल्यो । दगुर्नुमा केही बचावट थिएन । हामी सुस्त-सुस्त घरतर्फ
रुजाइहाल्यो । दगुर्नुमा केही बचावट थिएन। हामी सुस्त-सुस्त घरतर्फ
 
लाग्यौं । खेतमा उनीहरू भने झन्‌ खुशीले रोपाइँ गरिरहेका थिए । अलि
लाग्यौं । खेतमा उनीहरू भने झन्‌ खुशीले रोपाइँ गरिरहेका थिए । अलि
टाढाबाट हामीहरूले सुन्यौं:-
टाढाबाट हामीहरूले सुन्यौं:-


“रोपाइँको वेला, बिजुली चम्क्यो, झरीले गीत गायो,
“रोपाइँको वेला, बिजुली चम्क्यो, झरीले गीत गायो,
बादलको तल खोला है उम्य््रो, दिल मेरो नचायो ।
बादलको तल खोला है उम्य््रो, दिल मेरो नचायो ।
आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको,
आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको,
आजर हाँस्यो, आज र गायो ।
आजर हाँस्यो, आज र गायो ।
भोलि ता कठै ! को रुन्छ देखी कालले टिपेको ।”


भोलि ता कठै ! को रुन्छ देखी कालले टिपेको ।”
हामीहरूका लुगा पति लफलफाउँदा भए, हिलैले पनि रङ्गिए ।
हामीहरूका लुगा पति लफलफाउँदा भए, हिलैले पनि रङ्गिए ।
हामीहरूलाई पनि आजको आषाढको पन्धको उत्सव राम्रोसँग मनाएजस्तो
हामीहरूलाई पनि आजको आषाढको पन्धको उत्सव राम्रोसँग मनाएजस्तो
लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म
लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म
घरभित्र पसे, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो
घरभित्र पसे, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो
चलेको थियो ।मैले भनें, 'आज आषाढको पन्ध्र हो ।'
चलेको थियो ।मैले भनें, 'आज आषाढको पन्ध्र हो ।'
 
{{nop}}
७४लक्ष्मी निबन्ध-संग्रह

Revision as of 14:25, 9 February 2025

This page has not been proofread

ईश्वरले विलासका सामग्री नदिए पनि बिलासका स्वाद र आनन्द दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको थियो । खाँदा अनेक ठट्टा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्वाम पनि दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली प्रहाडरूपी ओलम्पिसका यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो ।

फेरि उनीहरू काममा लागे । हामीहरूले धेरै बेर हेरिरत्यौं, सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा गिप्यो, झन्‌ अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका थिएनौं । पहिले त दौडेर भाग्ने विचार गर्यौं तर वर्षाले छोपिहाल्यो, रुजाइहाल्यो । दगुर्नुमा केही बचावट थिएन। हामी सुस्त-सुस्त घरतर्फ लाग्यौं । खेतमा उनीहरू भने झन्‌ खुशीले रोपाइँ गरिरहेका थिए । अलि टाढाबाट हामीहरूले सुन्यौं:-

“रोपाइँको वेला, बिजुली चम्क्यो, झरीले गीत गायो, बादलको तल खोला है उम्य््रो, दिल मेरो नचायो । आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको, आजर हाँस्यो, आज र गायो । भोलि ता कठै ! को रुन्छ देखी कालले टिपेको ।”

हामीहरूका लुगा पति लफलफाउँदा भए, हिलैले पनि रङ्गिए । हामीहरूलाई पनि आजको आषाढको पन्धको उत्सव राम्रोसँग मनाएजस्तो लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म घरभित्र पसे, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो चलेको थियो ।मैले भनें, 'आज आषाढको पन्ध्र हो ।'