Jump to content

Page:Laxmi nibandhasangraha.pdf/11: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
भावना चित्रण गर्न सक्नुहुन्छ ।
भावना चित्रण गर्न सक्नुहुन्छ ।


म भन्न सक्तिनँ कि म कहाँ काम गरिरहेछु र केकाम?नयो
म भन्न सक्तिनँ कि म कहाँ काम गरिरहेछु र के काम ? न यो
साहित्यको यन्त्रालय हो न यो नेपाल-संसारको नवजागरणको उद्बोधन
साहित्यको यन्त्रालय हो न यो नेपाल-संसारको नवजागरणको उद्बोधन
विभाग । तर यहाँ मलाई कर छैन; दबावट छैन; स्बेच्छाको सजिलो
विभाग । तर यहाँ मलाई कर छैन; दबावट छैन; स्वेच्छाको सजिलो
पखेटा फिजारिन्छ, यन्त्रवृत्तिको कार्य छैन; म यहाँ बसीबसी सारा संसारको
पखेटा फिंजारिन्छ, यन्त्रवृत्तिको कार्य छैन; म यहाँ बसीबसी सारा संसारको
भ्रमण गर्न सक्तछु । यो अफिस, अफिस होइन; यो मेरो लेख्ने कोठा हो ।
भ्रमण गर्न सक्तछु । यो अफिस, अफिस होइन; यो मेरो लेख्ने कोठा हो ।
नेपाल सरकारको मगजकारखाना हो ।
नेपाल सरकारको मगजकारखाना हो ।


यही घण्टाघरले शासन गरेको “स्थापित १९१८' अङ््ति त्रिचन्द्र
यही घण्टाघरले शासन गरेको 'स्थापित १९१८' अङ्कित त्रिचन्द्र
कलेजको कार्यालयभित्र नेपालका प्रमुख मगजहरूको तालीम, पोषण र
कलेजको कार्यालयभित्र नेपालका प्रमुख मगजहरूको तालीम, पोषण र
तयारी भइरहेको छ । यहीँ जवानीका सपनाहरू उम्लिरहेछन्‌, यहीँ
तयारी भइरहेको छ । यहीं जवानीका सपनाहरू उम्लिरहेछन्‌, यहीं
आघुनिकताले केन्द्र बनाइरहेछ, यहीँ नवीन उन्नतिको छामछाम छुमछुम
आघुनिकताले केन्द्र बनाइरहेछ, यहीं नवीन उन्नतिको छामछाम छुमछुम
छ, यहीं दाढीवाल विद्दत्ता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका
छ, यहीं दाढीवाल विद्वत्ता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका
भाव-उपदेश दोहत्याइरहेछन्‌, बुझाइरहेछन्‌ । यसैमा प्राचीन सभ्यताको
भाव-उपदेश दोहर्याइरहेछन्‌, बुझाइरहेछन्‌ । यसैमा प्राचीन सभ्यताको
भण्डाररूप पुस्तकालय पनि छ, यहीँ आधुनिकताका सामग्रीहरू पनि
भण्डाररूप पुस्तकालय पनि छ, यहीं आधुनिकताका सामग्रीहरू पनि
रहेका छन्‌ ।
रहेका छन्‌ ।


हामी भन्न सक्तैनौं- यो फैलिंदो फुल्दो आँग्लभाषाविद्यालयले
हामी भन्न सक्तैनौं- यो फैलिंदो फुल्दो आँग्लभाषाविद्यालयले
नेपाल संसारलाई कति हित गरिरहेछ, खालि हामीहरूलाई आर्यसभ्यता
नेपाल संसारलाई कति हित गरिरहेछ, खालि हामीहरूलाई आर्यसभ्यता
र आर्यसंस्कारबाट वञ्चित गराउन -पश्प्वमेका छोटी कोट लाएको,
र आर्यसंस्कारबाट वञ्चित गराउन र पश्चिमेका छोटो कोट लाएको,
पुतलीजुँघे उल्था बनाउनको मात्र तालीम दिइरहेछ । यस विषयमा
पुतलीजुँघे उल्था बनाउनको मात्र तालीम दिइरहेछ । यस विषयमा
भविष्यका समालोचना मात्र काम देलान्‌ ।
भविष्यका समालोचना मात्र काम देलान्‌ ।


तर हामी नेपालीलाई अंग्रेजीमा उल्था गर्ने कोशिशमा छौं, जस्तो
तर हामी नेपालीलाई अंग्रेजीमा उल्था गर्ने कोशिशमा छौं, जस्तो
यहाँका अध्यापकहरू नेपालीलाई अंग्रेजीमा उल्या गर्ने उद्योगमा रहन्छन्‌ ।
यहाँका अध्यापकहरू नेपालीलाई अंग्रेजीमा उल्था गर्ने उद्योगमा रहन्छन्‌ ।
हामी जबसम्म दाढीवाल अध्यापकहरूका व्याख्यानमा थियौं, तबसम्म
हामी जबसम्म दाढीवाल अध्यापकहरूका व्याख्यानमा थियौं, तबसम्म
खालि पश्च्विमका यात्री, लन्डनका गल्ली र मिजाजका जिज्ञासु थियौं ।
खालि पश्चीमका यात्री, लन्डनका गल्ली र मिजाजका जिज्ञासु थियौं ।
अब हामी त्यस ज्ञानलाई भारतवर्षमा ल्याएर हिमालयको काखमा मातृभाषा
अब हामी त्यस ज्ञानलाई भारतवर्षमा ल्याएर हिमालयको काखमा मातृभाषा
र मातृभूमिको भविष्य-सपना देख्न लागेका छौं । यहाँ दोतर्फी व्यापार
र मातृभूमिको भविष्य-सपना देख्न लागेका छौं । यहाँ दोतर्फी व्यापार

Latest revision as of 02:08, 29 January 2025

This page has been proofread

बीचमा बसेको कल्पना गर्न सक्नुहुन्छ । विचारशून्य क्षणमा आफ्ना सहवासी लेखकहरूका चेहराहरूको अध्ययन गर्दै वा नीलो पहाडी पर्खालले परिवेष्टित पूर्वपट्टिको दृश्य हेर्दै, बीचबीचमा घोप्टिदै लेख्दै गरिरहेको भावना चित्रण गर्न सक्नुहुन्छ ।

म भन्न सक्तिनँ कि म कहाँ काम गरिरहेछु र के काम ? न यो साहित्यको यन्त्रालय हो न यो नेपाल-संसारको नवजागरणको उद्बोधन विभाग । तर यहाँ मलाई कर छैन; दबावट छैन; स्वेच्छाको सजिलो पखेटा फिंजारिन्छ, यन्त्रवृत्तिको कार्य छैन; म यहाँ बसीबसी सारा संसारको भ्रमण गर्न सक्तछु । यो अफिस, अफिस होइन; यो मेरो लेख्ने कोठा हो । नेपाल सरकारको मगजकारखाना हो ।

यही घण्टाघरले शासन गरेको 'स्थापित १९१८' अङ्कित त्रिचन्द्र कलेजको कार्यालयभित्र नेपालका प्रमुख मगजहरूको तालीम, पोषण र तयारी भइरहेको छ । यहीं जवानीका सपनाहरू उम्लिरहेछन्‌, यहीं आघुनिकताले केन्द्र बनाइरहेछ, यहीं नवीन उन्नतिको छामछाम छुमछुम छ, यहीं दाढीवाल विद्वत्ता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका भाव-उपदेश दोहर्याइरहेछन्‌, बुझाइरहेछन्‌ । यसैमा प्राचीन सभ्यताको भण्डाररूप पुस्तकालय पनि छ, यहीं आधुनिकताका सामग्रीहरू पनि रहेका छन्‌ ।

हामी भन्न सक्तैनौं- यो फैलिंदो फुल्दो आँग्लभाषाविद्यालयले नेपाल संसारलाई कति हित गरिरहेछ, खालि हामीहरूलाई आर्यसभ्यता र आर्यसंस्कारबाट वञ्चित गराउन र पश्चिमेका छोटो कोट लाएको, पुतलीजुँघे उल्था बनाउनको मात्र तालीम दिइरहेछ । यस विषयमा भविष्यका समालोचना मात्र काम देलान्‌ ।

तर हामी नेपालीलाई अंग्रेजीमा उल्था गर्ने कोशिशमा छौं, जस्तो यहाँका अध्यापकहरू नेपालीलाई अंग्रेजीमा उल्था गर्ने उद्योगमा रहन्छन्‌ । हामी जबसम्म दाढीवाल अध्यापकहरूका व्याख्यानमा थियौं, तबसम्म खालि पश्चीमका यात्री, लन्डनका गल्ली र मिजाजका जिज्ञासु थियौं । अब हामी त्यस ज्ञानलाई भारतवर्षमा ल्याएर हिमालयको काखमा मातृभाषा र मातृभूमिको भविष्य-सपना देख्न लागेका छौं । यहाँ दोतर्फी व्यापार छ, एउटा अंग्रेजी हासिल गर्ने, अर्को अंग्रेजीबाट नेपाली सिंगार्ने र पोस्ने ।