Page:Shakuntala.pdf/313: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
"हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित । | "हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित । | ||
::"कसोरी | ::"कसोरी छोडूँ नि ! स्वहृदय यहाँको जनसित ? | ||
बनी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा ! | |||
::अभागी हा | ::अभागी हा बाबा ! निठुर विधिले छौ नि पथरा ॥" | ||
{{pcn|(२१६)}} | {{pcn|(२१६)}} | ||
" | "हिंडूँ आमै" भन्छन् रिससित अझै ती द्विजवर । | ||
::"वहाँ बन्ने आमा शहर | ::"वहाँ बन्ने आमा शहर कुटुनी के छ रहर ? | ||
शिला पग्लेला है तर हृदय जो दृष्ट छ तहाँ । | |||
::कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥ | ::कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥ | ||
{{pcn|(२१७)}} | {{pcn|(२१७)}} | ||
न मानैको तिम्रो डर न भरपर्दा वचन छन् । | न मानैको तिम्रो डर न भरपर्दा वचन छन् । | ||
::यहाँ राजा छैनन् अब मरिसके | ::यहाँ राजा छैनन् अब मरिसके दूर पर छन् ॥" | ||
भनेको सुन्दी ती धवलमहिमा के | भनेको सुन्दी ती धवलमहिमा के गरुँसरि । | ||
::यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥ | ::यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥ | ||
{{pcn|(२१८)}} | {{pcn|(२१८)}} | ||
हिंडिन् | हिंडिन् वृद्धा ढीली सजलनयनी त्यक्तदुहिता । | ||
::उचाली आँखाका जल नृपतिको | ::उचाली आँखाका जल नृपतिको आकृतितिर ॥ | ||
पुकारा गर्दी ती अझ अब निराशासरि | पुकारा गर्दी ती अझ अब निराशासरि बनिन् । | ||
::"भलो होला राजा" | ::"भलो होला राजा" यतिसित घुमी ती पनि हिंडिन् ॥ | ||
{{pcn|(२१९)}} | {{pcn|(२१९)}} | ||
सबै ओर्ले राजा पनि अब चियोको भर गरी । | सबै ओर्ले राजा पनि अब चियोको भर गरी । | ||
::बसे टोली केही चकित सपनाले सरि कुनै ॥ | ::बसे टोली केही चकित सपनाले सरि कुनै ॥ | ||
हिंडिन् फन्फन् क्रोधी युवति अब ती अप्सर-सुता । | |||
::पुगिन् | ::पुगिन् ढोकासम्मन् मरुबिच रुझे झैं अब यता ॥ | ||
{{pcn|(२२०)}} | {{pcn|(२२०)}} | ||
कठै ! जस्तो सारा महल वनको राज रहने । | कठै ! जस्तो सारा महल वनको राज रहने । | ||
:: | ::हुनूपर्थ्यो जस्को हुकुम शिरमा गर्व नहुने ॥ | ||
लिई | लिई गद्दी बस्ने जुन महलमा जून हँसिली । | ||
::उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥ | ::उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥ | ||
{{pcn|(२२१)}} | {{pcn|(२२१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:50, 29 May 2025
"हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित ।
"कसोरी छोडूँ नि ! स्वहृदय यहाँको जनसित ?
बनी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
अभागी हा बाबा ! निठुर विधिले छौ नि पथरा ॥"
(२१६)
"हिंडूँ आमै" भन्छन् रिससित अझै ती द्विजवर ।
"वहाँ बन्ने आमा शहर कुटुनी के छ रहर ?
शिला पग्लेला है तर हृदय जो दृष्ट छ तहाँ ।
कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
(२१७)
न मानैको तिम्रो डर न भरपर्दा वचन छन् ।
यहाँ राजा छैनन् अब मरिसके दूर पर छन् ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरुँसरि ।
यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥
(२१८)
हिंडिन् वृद्धा ढीली सजलनयनी त्यक्तदुहिता ।
उचाली आँखाका जल नृपतिको आकृतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि बनिन् ।
"भलो होला राजा" यतिसित घुमी ती पनि हिंडिन् ॥
(२१९)
सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिंडिन् फन्फन् क्रोधी युवति अब ती अप्सर-सुता ।
पुगिन् ढोकासम्मन् मरुबिच रुझे झैं अब यता ॥
(२२०)
कठै ! जस्तो सारा महल वनको राज रहने ।
हुनूपर्थ्यो जस्को हुकुम शिरमा गर्व नहुने ॥
लिई गद्दी बस्ने जुन महलमा जून हँसिली ।
उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
(२२१)