Page:Shakuntala.pdf/309: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रिसाए राजा झन् "शरमनबिनुकी | रिसाए राजा झन् "शरमनबिनुकी दुष्ट गठरी । | ||
::यहाँ केको नाता मसित अब मनपरी ॥ | ::यहाँ केको नाता मसित अब जोड्छ्यौ मनपरी ॥ | ||
तिमी वेश्या हौ ता झिलिमिलि छ आनन्द लहरी । | तिमी वेश्या हौ ता झिलिमिलि छ आनन्द लहरी । | ||
::हजारौं गुण्डा छन् तिनकन | ::हजारौं गुण्डा छन् तिनकन फकाऊ छल गरी ॥ | ||
{{pcn|(१९२)}} | {{pcn|(१९२)}} | ||
म के लाटो | म के लाटो हूँ क्वै ? छलसित त्यसै ठग्न सकिने ? | ||
::तिमी रानी बन्ने मतलब लिई गर्भ तुहुने ॥ | ::तिमी रानी बन्ने मतलब लिई गर्भ तुहुने ॥ | ||
मलाई भारी | मलाई भारी झैं शिरउपर राखेर महिषी । | ||
::विलासी | ::विलासी हूँ भन्छ्यौ, पर सर धपाएर भइँसी ॥" | ||
{{pcn|(१९३)}} | {{pcn|(१९३)}} | ||
सुनी, | सुनी, क्रोधी बोले द्विजवर बने झन् नजरका । | ||
:: | ::फिलिङ्गा झै राता कटु वचन बोल्छन् अब उनी ॥ | ||
"तिमी राजा भन्दै सब जन थिची न्यायरहित । | "तिमी राजा भन्दै सब जन थिची न्यायरहित । | ||
::गरौंला राज्यै के बुझ अब छ गुम्ने सुखसित ॥ | ::गरौंला राज्यै के बुझ अब छ गुम्ने सुखसित ॥ | ||
Line 22: | Line 22: | ||
::गरी राख्छौ दर्जा कपट छलले विश्व निलन ॥ | ::गरी राख्छौ दर्जा कपट छलले विश्व निलन ॥ | ||
उसै होला तिम्रो कपट जगको राज्य बलियो ? | उसै होला तिम्रो कपट जगको राज्य बलियो ? | ||
::नभन् आत्मा दोषी भुवन सहजै | ::नभन् आत्मा दोषी भुवन सहजै बल्छ छलियो ॥ | ||
{{pcn|(१९५)}} | {{pcn|(१९५)}} | ||
रुनूपर्ला राजा ! नजर दुखियाका सरि बनी । | |||
::सबै | ::सबै शेखी झर्ला यश सब उठी बुङ्ग अवनी ॥ | ||
बनी छोरो आई विकट हरि अन्याय गढमा । | बनी छोरो आई विकट हरि अन्याय गढमा । | ||
:: | ::त्यस ठूला बन्छौ छलसँग नजान्ने अपढमा ॥ | ||
{{pcn|(१९६)}} | {{pcn|(१९६)}} | ||
यही | यही गद्दी काँपी थर थर गरी आश्रयविना । | ||
:: | ::असत्ले घर्केला कपट, बदला रुन्छ पतन ॥ | ||
त्यहाँसम्मन् राजा जबतक रह्यो न्यायसहित । | त्यहाँसम्मन् राजा जबतक रह्यो न्यायसहित । | ||
::हुँडारै हौ अन्धा | ::हुँडारै हौ अन्धा द्विज अघि बने न्यायरहित ॥ | ||
{{pcn|(१९७)}} | {{pcn|(१९७)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:52, 28 May 2025
रिसाए राजा झन् "शरमनबिनुकी दुष्ट गठरी ।
यहाँ केको नाता मसित अब जोड्छ्यौ मनपरी ॥
तिमी वेश्या हौ ता झिलिमिलि छ आनन्द लहरी ।
हजारौं गुण्डा छन् तिनकन फकाऊ छल गरी ॥
(१९२)
म के लाटो हूँ क्वै ? छलसित त्यसै ठग्न सकिने ?
तिमी रानी बन्ने मतलब लिई गर्भ तुहुने ॥
मलाई भारी झैं शिरउपर राखेर महिषी ।
विलासी हूँ भन्छ्यौ, पर सर धपाएर भइँसी ॥"
(१९३)
सुनी, क्रोधी बोले द्विजवर बने झन् नजरका ।
फिलिङ्गा झै राता कटु वचन बोल्छन् अब उनी ॥
"तिमी राजा भन्दै सब जन थिची न्यायरहित ।
गरौंला राज्यै के बुझ अब छ गुम्ने सुखसित ॥
(१९४)
बडा अन्यायी यी सजलनयनीसामु वचन ।
गरी राख्छौ दर्जा कपट छलले विश्व निलन ॥
उसै होला तिम्रो कपट जगको राज्य बलियो ?
नभन् आत्मा दोषी भुवन सहजै बल्छ छलियो ॥
(१९५)
रुनूपर्ला राजा ! नजर दुखियाका सरि बनी ।
सबै शेखी झर्ला यश सब उठी बुङ्ग अवनी ॥
बनी छोरो आई विकट हरि अन्याय गढमा ।
त्यस ठूला बन्छौ छलसँग नजान्ने अपढमा ॥
(१९६)
यही गद्दी काँपी थर थर गरी आश्रयविना ।
असत्ले घर्केला कपट, बदला रुन्छ पतन ॥
त्यहाँसम्मन् राजा जबतक रह्यो न्यायसहित ।
हुँडारै हौ अन्धा द्विज अघि बने न्यायरहित ॥
(१९७)