Page:Lalitya bhag 1 ra 2.pdf/236: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(२८)}} | |||
निद्रालाई अलि छिन अघी ठान्दथेँ शान्तिकुञ्ज | |||
::ऐले पल्ट्यो समझ, अब त्यै देख्दछु दुःख-पुञ्ज । | |||
डुब्नाले नै सकल दुनियाँ नीँदको मूढतामा | |||
::नाच्छन् हाँस्छन् निशिचरहरु लाम लागेर लामा ॥ | |||
{{pcn|(२९)}} | |||
जागा होस् ता सकल जनता, चुप के लाग्न सक्थ्यो ? | |||
::आगो फुक्थ्यो पथ कुपथमा बत्ति बालेर ढुक्थ्यो । | |||
हुन्थ्यो चारैतिर अलिकति रङ्ग अर्कै उज्यालो | |||
::के निस्कन्थ्यो यसरि ननिको दानवी नृत्य कालो ?? | |||
{{pcn|(३०)}} | |||
यो संसारी नियम सुखको जाग्रतैमा रहन्छ | |||
::निद्रामा त्यो स्मरण नहुँदा भ्रान्तिमा नै बहन्छ । | |||
बाली भुल्का बिहग*** बिचरो यै कुराको चिराक | |||
::यामैपिच्छे उठिकन सदा भन्छ त्यो जागजाग ॥ | |||
{{pcn|(३१)}} | |||
निद्रा हाम्रो अधम रिपु हो, भूत बेताल डाक्छ | |||
::निद्राले नै सब हृदयको चेतना-शक्ति ढाक्छ । | |||
निद्रामा नै घर ढुकुटिमा चोर चालाक घुस्छन् | |||
::निद्रामा नै उडुस उपियाँ रक्त निःशङ्क चुस्छन् ॥ | |||
१. लाटोकोसेरो | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:40, 18 May 2025
This page has not been proofread
(२८)
निद्रालाई अलि छिन अघी ठान्दथेँ शान्तिकुञ्ज
ऐले पल्ट्यो समझ, अब त्यै देख्दछु दुःख-पुञ्ज ।
डुब्नाले नै सकल दुनियाँ नीँदको मूढतामा
नाच्छन् हाँस्छन् निशिचरहरु लाम लागेर लामा ॥
(२९)
जागा होस् ता सकल जनता, चुप के लाग्न सक्थ्यो ?
आगो फुक्थ्यो पथ कुपथमा बत्ति बालेर ढुक्थ्यो ।
हुन्थ्यो चारैतिर अलिकति रङ्ग अर्कै उज्यालो
के निस्कन्थ्यो यसरि ननिको दानवी नृत्य कालो ??
(३०)
यो संसारी नियम सुखको जाग्रतैमा रहन्छ
निद्रामा त्यो स्मरण नहुँदा भ्रान्तिमा नै बहन्छ ।
बाली भुल्का बिहग*** बिचरो यै कुराको चिराक
यामैपिच्छे उठिकन सदा भन्छ त्यो जागजाग ॥
(३१)
निद्रा हाम्रो अधम रिपु हो, भूत बेताल डाक्छ
निद्राले नै सब हृदयको चेतना-शक्ति ढाक्छ ।
निद्रामा नै घर ढुकुटिमा चोर चालाक घुस्छन्
निद्रामा नै उडुस उपियाँ रक्त निःशङ्क चुस्छन् ॥
१. लाटोकोसेरो