Page:Lalitya bhag 1 ra 2.pdf/189: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|''' प्रवासी पुत्रको मार्मिक चिट्ठी'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
थुङ्गाबाट छुटी अचानक कुनै चर्को हुरीमा परी | |||
::सानू लाल गुलाफका कुसुमको पत्ती उडे झैँ गरी । | |||
हुच्चीमा अरुको फसी बहकिँदै आएर ज्यादा पर | |||
::भोग्दै छु परदेशमा म जननी ! तड्पेर लाखौं पिर ॥ | |||
{{pcn|(२)}} | |||
हुर्दुङ्गेपनमा परेर अघि नै खल्ती सबै रित्तियो | |||
::आँशूका भरमा कठै ! जठरको ज्वाला ननिभ्ने भयो । | |||
थाकेँ योग्य अनेक कामहरुको खोजी तलासी गरी | |||
::लाचारी-वश आखिरी शरण भो निर्लज्ज कुल्लीगिरी ॥ | |||
{{pcn|(३)}} | |||
यै कुल्लीगिरीमा पनी हरघडी बाधा अनेकौं थरी | |||
::मैजस्ता हतभाग्य अन्धहरुका धक्का र धुक्की परी । | |||
यस्तो दुर्गतिमा परेर जननी ! शुक्ता पनी जीवन | |||
::तिम्रै पाद-सरोजका स्मरणले थामीरहेछू मन ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:18, 18 May 2025
This page has not been proofread
प्रवासी पुत्रको मार्मिक चिट्ठी
(१)
थुङ्गाबाट छुटी अचानक कुनै चर्को हुरीमा परी
सानू लाल गुलाफका कुसुमको पत्ती उडे झैँ गरी ।
हुच्चीमा अरुको फसी बहकिँदै आएर ज्यादा पर
भोग्दै छु परदेशमा म जननी ! तड्पेर लाखौं पिर ॥
(२)
हुर्दुङ्गेपनमा परेर अघि नै खल्ती सबै रित्तियो
आँशूका भरमा कठै ! जठरको ज्वाला ननिभ्ने भयो ।
थाकेँ योग्य अनेक कामहरुको खोजी तलासी गरी
लाचारी-वश आखिरी शरण भो निर्लज्ज कुल्लीगिरी ॥
(३)
यै कुल्लीगिरीमा पनी हरघडी बाधा अनेकौं थरी
मैजस्ता हतभाग्य अन्धहरुका धक्का र धुक्की परी ।
यस्तो दुर्गतिमा परेर जननी ! शुक्ता पनी जीवन
तिम्रै पाद-सरोजका स्मरणले थामीरहेछू मन ॥