Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/190

From Nepali Proofreaders
This page has not been proofread

(४)
सङ्लो शीतल पानि शीतल हवा, धर्ती थियो शीतल
तिम्रो शीतल लालना हृदयको साथी सबै शीतल ।
तेस्तो शीतलता कठै ! अब कहाँ, खाली छ सन्तापको
ज्वाला मात्र, फुट्यो कि भाग्य ? अथवा घैला कुनै पापको ॥

(५)
जो पैले हिमशैलको तलतलै पाखा, पखेरा, वन
घुम्थेँ मस्त भएर, गीत सुरिला गाई सुसेलीकन ।
त्यो सम्झी मन कल्पँदो छ जननी ! घर्कन्छ छाती सब
यस्तो हालतमा कठै ! म कसरी फर्केर आऊँ अब ॥

(६)
कुल्ली-काम गरी अटूट पसिना मैले बगाएँ अति
दन्केको जठराग्निमा बनि-शके सम्पूर्ण ती आहुति ।
आँशूमा पनि खास आहुति हुने त्यस्तो भये तागत
फर्कन्थेँ उहिल्यै म रेलपथको गर्दै ठुलो स्वागत ॥

(७)
सुन्दै छू समचार यो म जननी ! "सर्वत्र नेपालमा
माहेन्द्री मधुर प्रभा दिनदिनै बढ्दै छ रे हालमा ।"
पाये खर्च तुरुन्त राजपथमा आयेर जुट्ने थियेँ
सच्चा राष्ट्रिय भावको जुनिभरी आनन्द लुट्ने थियेँ ॥