Page:Laxmi nibandhasangraha.pdf/146: Difference between revisions
→Not proofread: Created page with "झैं एक हात बाक्लो होला- धानका बोटहरू बालक्रीडा छेक्न राखेजस्ता छन् । त्यसअघि कालो माटोको रङ्ग कोदालीले खनेको ताजापनमा भेदरङ्गी भएर टड्कारिन्छ । त्यो झोपडीपछाडि कालको हातले आवाज..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
भएर टड्कारिन्छ । त्यो झोपडीपछाडि कालको हातले आवाज बाँधिएभझैं | भएर टड्कारिन्छ । त्यो झोपडीपछाडि कालको हातले आवाज बाँधिएभझैं | ||
हँसियालाई झुस्स-मुस्स पारिरहेछन् । खलबलिएको केश भझौं ! तर यो | हँसियालाई झुस्स-मुस्स पारिरहेछन् । खलबलिएको केश भझौं ! तर यो | ||
हाम्रो पर्खालैनेरको क्या हो ? न धान न गहुँ ? अवश्य होइन ! नपाकी | हाम्रो पर्खालैनेरको क्या हो ? न धान न गहुँ ? अवश्य होइन ! नपाकी | ||
थाकेजस्तो छ, हरियो हरियो भ्यासाङम्यासाङ सोतर-प्रवृत्तिको | थाकेजस्तो छ, हरियो हरियो भ्यासाङम्यासाङ सोतर-प्रवृत्तिको | ||
सुनौलापनारहित ठाउँ-ठाउँमा बुरुशले बुर्जा बनाएको डामदार शृङ्घारको | सुनौलापनारहित ठाउँ-ठाउँमा बुरुशले बुर्जा बनाएको डामदार शृङ्घारको | ||
नयाँ कलेजोपनको केश तलाशी नजीकै आउँछ । | नयाँ कलेजोपनको केश तलाशी नजीकै आउँछ । | ||
उः चङ्गा ल्यायो सानो केटोले ! मतिर रातो लामो पुच्छर | उः चङ्गा ल्यायो सानो केटोले ! मतिर रातो लामो पुच्छर | ||
फर्काएर !- यिनीहरू पनि उडाउन चाहन्छन् आफ्ना मनका लहडी | फर्काएर !- यिनीहरू पनि उडाउन चाहन्छन् आफ्ना मनका लहडी | ||
सिर्जनाहरू ! मेरो सिद्धान्तमा एरोप्लेनको दाज्यू चङ्गा नै हो ! पखेटाको | सिर्जनाहरू ! मेरो सिद्धान्तमा एरोप्लेनको दाज्यू चङ्गा नै हो ! पखेटाको | ||
अभावमा मनुष्यजातिले हृदयमा चोट परेको चेतले चराहरूलाई गिज्याउन | अभावमा मनुष्यजातिले हृदयमा चोट परेको चेतले चराहरूलाई गिज्याउन | ||
चाहन्थे क्यारे ? 'यी क्या हाम्रा चरा पनि उड्दछन् !' भनेर मान्छे | चाहन्थे क्यारे ? 'यी क्या हाम्रा चरा पनि उड्दछन् !' भनेर मान्छे | ||
परमेश्वरसँग आछन्न डाहाड देखाउँथे ! मनुष्य अविदिततिर भ्रमण गर्न | परमेश्वरसँग आछन्न डाहाड देखाउँथे ! मनुष्य अविदिततिर भ्रमण गर्न | ||
चाहन्छन्- चङ्गालाई उडान दिएर, त्यसका चेतहरू र सजीव अनुभवहरू | चाहन्छन्- चङ्गालाई उडान दिएर, त्यसका चेतहरू र सजीव अनुभवहरू | ||
धागाको नाडीमा बल्केको छाम्न चाहन्छ । | धागाको नाडीमा बल्केको छाम्न चाहन्छ । | ||
उता हेर ! कोदाली मच्चिएको ! म जान्दछु फलाम किन सृष्टि | उता हेर ! कोदाली मच्चिएको ! म जान्दछु फलाम किन सृष्टि | ||
भयो ! यो पथमा शान्तिका सुनबाला फल्दछन्, कोदाली-दर्शन झुप्रोमा | भयो ! यो पथमा शान्तिका सुनबाला फल्दछन्, कोदाली-दर्शन झुप्रोमा | ||
सुत्दछ, क भन्छ ! 'चाहनाको कमी नै महत्त्व हो !' उ; कोदालीसँग | सुत्दछ, क भन्छ ! 'चाहनाको कमी नै महत्त्व हो !' उ; कोदालीसँग | ||
सभ्यता शुरू भयो ! क भन्छ ! 'आनन्दको निद्रा बेदाग अन्त:करण र | सभ्यता शुरू भयो ! क भन्छ ! 'आनन्दको निद्रा बेदाग अन्त:करण र | ||
कामको सच्चाइमा छ !' मेरो दिलमा ज्यापू सुखी हुन्छन्, भादगाउँले | कामको सच्चाइमा छ !' मेरो दिलमा ज्यापू सुखी हुन्छन्, भादगाउँले | ||
टोपी माटाको सरदारको मुकुट हो । म कतातिर ?- साँखु कि | टोपी माटाको सरदारको मुकुट हो । म कतातिर ?- साँखु कि | ||
सुन्दरीजलनेर ?- झोपडी बनाएर कल्पनामा खेती गर्न चाहन्छु ! हृदय | सुन्दरीजलनेर ?- झोपडी बनाएर कल्पनामा खेती गर्न चाहन्छु ! हृदय | ||
यस्तै होस् तर सब अरू शिक्षा भूल भन्ने मेरो आदर्श छ । | यस्तै होस् तर सब अरू शिक्षा भूल भन्ने मेरो आदर्श छ । | ||
{{nop}} | |||
Revision as of 17:19, 16 February 2025
झैं एक हात बाक्लो होला- धानका बोटहरू बालक्रीडा छेक्न राखेजस्ता छन् । त्यसअघि कालो माटोको रङ्ग कोदालीले खनेको ताजापनमा भेदरङ्गी भएर टड्कारिन्छ । त्यो झोपडीपछाडि कालको हातले आवाज बाँधिएभझैं हँसियालाई झुस्स-मुस्स पारिरहेछन् । खलबलिएको केश भझौं ! तर यो हाम्रो पर्खालैनेरको क्या हो ? न धान न गहुँ ? अवश्य होइन ! नपाकी थाकेजस्तो छ, हरियो हरियो भ्यासाङम्यासाङ सोतर-प्रवृत्तिको सुनौलापनारहित ठाउँ-ठाउँमा बुरुशले बुर्जा बनाएको डामदार शृङ्घारको नयाँ कलेजोपनको केश तलाशी नजीकै आउँछ ।
उः चङ्गा ल्यायो सानो केटोले ! मतिर रातो लामो पुच्छर फर्काएर !- यिनीहरू पनि उडाउन चाहन्छन् आफ्ना मनका लहडी सिर्जनाहरू ! मेरो सिद्धान्तमा एरोप्लेनको दाज्यू चङ्गा नै हो ! पखेटाको अभावमा मनुष्यजातिले हृदयमा चोट परेको चेतले चराहरूलाई गिज्याउन चाहन्थे क्यारे ? 'यी क्या हाम्रा चरा पनि उड्दछन् !' भनेर मान्छे परमेश्वरसँग आछन्न डाहाड देखाउँथे ! मनुष्य अविदिततिर भ्रमण गर्न चाहन्छन्- चङ्गालाई उडान दिएर, त्यसका चेतहरू र सजीव अनुभवहरू धागाको नाडीमा बल्केको छाम्न चाहन्छ ।
उता हेर ! कोदाली मच्चिएको ! म जान्दछु फलाम किन सृष्टि भयो ! यो पथमा शान्तिका सुनबाला फल्दछन्, कोदाली-दर्शन झुप्रोमा सुत्दछ, क भन्छ ! 'चाहनाको कमी नै महत्त्व हो !' उ; कोदालीसँग सभ्यता शुरू भयो ! क भन्छ ! 'आनन्दको निद्रा बेदाग अन्त:करण र कामको सच्चाइमा छ !' मेरो दिलमा ज्यापू सुखी हुन्छन्, भादगाउँले टोपी माटाको सरदारको मुकुट हो । म कतातिर ?- साँखु कि सुन्दरीजलनेर ?- झोपडी बनाएर कल्पनामा खेती गर्न चाहन्छु ! हृदय यस्तै होस् तर सब अरू शिक्षा भूल भन्ने मेरो आदर्श छ ।