Page:Laxmi nibandhasangraha.pdf/113: Difference between revisions
→Not proofread: Created page with "सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई | सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई | ||
छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता | छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता | ||
आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश | आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश | ||
राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न | राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न | ||
होला । तर मलाई सिर्जना मीठो छ प्रेम रसिलो छ र म आफूलाई | |||
होला । तर मलाई सिर्जना मीठो छ | |||
प्रेम रसिलो छ र म आफूलाई | |||
झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी | झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी | ||
पहाडकन्याहरू ऐँसेलु टिप्छन् । | |||
छन्द र लयविना म केही क्रामा ऐक्य देख्तिनँ । कविता र | छन्द र लयविना म केही क्रामा ऐक्य देख्तिनँ । कविता र | ||
गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ ।बेछन्दी हुनु विक्षेप हो । | गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ ।बेछन्दी हुनु विक्षेप हो । | ||
बेलायकको बोली अन्धकारबाट उठ्छ ।छन्द र लय समय र अवकाशको | बेलायकको बोली अन्धकारबाट उठ्छ ।छन्द र लय समय र अवकाशको | ||
अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा | अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा | ||
एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हन चाहन्छु र बराबर मिल्न | एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हन चाहन्छु र बराबर मिल्न | ||
चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र | चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र | ||
आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँष्टिनुमा, रिस | आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँष्टिनुमा, रिस | ||
देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै | देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै | ||
रिसका पनि राग छन् । उनको छन्द हामीले बुभनुपर्छ, उनको लयमा | रिसका पनि राग छन् । उनको छन्द हामीले बुभनुपर्छ, उनको लयमा | ||
आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु | आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु | ||
तब | तब रूपर रड्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्-त्यही रूपमा | ||
जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य | जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य | ||
रङ्दि ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु । | |||
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका: | छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका: | ||
विवरण विवेकसंगत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा | विवरण विवेकसंगत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा | ||
प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन ट्टदयवाटै विस्तार | प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन ट्टदयवाटै विस्तार | ||
भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहँला र भावको लक्षण | भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहँला र भावको लक्षण | ||
छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन | छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन | ||
आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर पर्सिएर | आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर पर्सिएर | ||
आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको | आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको | ||
सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुभदछु | सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुभदछु | ||
Line 48: | Line 32: | ||
बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग | बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग | ||
बर्सिंदा जन्मेहुँला-यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि | बर्सिंदा जन्मेहुँला-यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि | ||
Revision as of 16:48, 16 February 2025
सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न होला । तर मलाई सिर्जना मीठो छ प्रेम रसिलो छ र म आफूलाई झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी पहाडकन्याहरू ऐँसेलु टिप्छन् ।
छन्द र लयविना म केही क्रामा ऐक्य देख्तिनँ । कविता र गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ ।बेछन्दी हुनु विक्षेप हो । बेलायकको बोली अन्धकारबाट उठ्छ ।छन्द र लय समय र अवकाशको अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हन चाहन्छु र बराबर मिल्न चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँष्टिनुमा, रिस देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै रिसका पनि राग छन् । उनको छन्द हामीले बुभनुपर्छ, उनको लयमा आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु तब रूपर रड्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्-त्यही रूपमा जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य रङ्दि ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु ।
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका: विवरण विवेकसंगत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन ट्टदयवाटै विस्तार भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहँला र भावको लक्षण छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर पर्सिएर आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुभदछु त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन्, कणाकणासँग बेरिँदै, अङ्गमाल बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग बर्सिंदा जन्मेहुँला-यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि