Page:Shakuntala.pdf/314: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पुगिन् क्रोधले फन्फनाई विचेत । | |||
::तिनी एकली ध्येय उट्ेश्यहीना ॥ | |||
पुगिन् पोखरीको नजीकै किनारा । | |||
::त्यहाँ हाय ! लोटिन् हरे ! ती बिचारा ॥ | |||
{{pcn|(२२२)}} | |||
थियो चढ्नु जो स्वर्गको नै अटाली । | |||
::जगत््की बनी एकली दिव्य रानी ॥ | |||
तिनी भारले दुःखकी झन् विचेत । | |||
::झरेको छ झर् झर जहाँ आज पानी ॥ | |||
{{pcn|(२२३)}} | |||
दुवै नेत्र फर्की गरे झै पुकारा । | |||
::थिए नानिमा दुःख एकोहरा भै ॥ | |||
हिलोमा झरेकी तिनी फूल राम्री । | |||
::हरे ! आँसु भर्छिन् सफा चित्र हाम्रा ॥ | |||
{{pcn|(२२४)}} | |||
कठै ! एकली हेर । बग्दो हिलामा । | |||
::बरा ! कर्मले वैलिएकी तिनी छन् ॥ | |||
हिलामा परेको छ सारा सिँगार । | |||
::थियो आशाको जो नयाँ रूपदार ॥ | |||
{{pcn|(२२५)}} | |||
झरे केशका स्वर्गका सुक्त दाना । | |||
::झझल्झल् गरी बाहमा गुडनलाई ॥ | |||
हुँदा दुःख ज्याला दया भो निहोश । | |||
::सबे चीज छन्छन् रुलाई मलाई ॥ | |||
{{pcn|(२२६)}} | |||
परीकी तिनी फूल भै दिव्य छोरी । | |||
::हरे ! विश्वकी मोहिनी आजलाई ॥ | |||
धरामा पछारी दिने कुर कर्म्म । | |||
::कहाँ लाग्छ माया निङुरी तँलाई ? | |||
{{pcn|(२२७)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:58, 22 May 2025
पुगिन् क्रोधले फन्फनाई विचेत ।
तिनी एकली ध्येय उट्ेश्यहीना ॥
पुगिन् पोखरीको नजीकै किनारा ।
त्यहाँ हाय ! लोटिन् हरे ! ती बिचारा ॥
(२२२)
थियो चढ्नु जो स्वर्गको नै अटाली ।
जगत््की बनी एकली दिव्य रानी ॥
तिनी भारले दुःखकी झन् विचेत ।
झरेको छ झर् झर जहाँ आज पानी ॥
(२२३)
दुवै नेत्र फर्की गरे झै पुकारा ।
थिए नानिमा दुःख एकोहरा भै ॥
हिलोमा झरेकी तिनी फूल राम्री ।
हरे ! आँसु भर्छिन् सफा चित्र हाम्रा ॥
(२२४)
कठै ! एकली हेर । बग्दो हिलामा ।
बरा ! कर्मले वैलिएकी तिनी छन् ॥
हिलामा परेको छ सारा सिँगार ।
थियो आशाको जो नयाँ रूपदार ॥
(२२५)
झरे केशका स्वर्गका सुक्त दाना ।
झझल्झल् गरी बाहमा गुडनलाई ॥
हुँदा दुःख ज्याला दया भो निहोश ।
सबे चीज छन्छन् रुलाई मलाई ॥
(२२६)
परीकी तिनी फूल भै दिव्य छोरी ।
हरे ! विश्वकी मोहिनी आजलाई ॥
धरामा पछारी दिने कुर कर्म्म ।
कहाँ लाग्छ माया निङुरी तँलाई ?
(२२७)