Jump to content

Page:Champa.pdf/49: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अघिल्लो जनममा बघिनी थिइन् कि भालुनी, कुन्नी ?
अघिल्लो जनममा बाघिनी थिइन् कि भालुनी, कुन्नी ?"


सासूबुहारीको कथा घरेलु दैनिक उपन्यासका रूपमा यथार्थ  
सासू–बुहारीको कथा घरेलु दैनिक उपन्यासको रुपमा यथार्थ  
दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो  
दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो  
हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण  
हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरुले परीक्षण  
गर्दा यौनभावको प्रतियोगितामा आपखरी बैठान बसाएका छन् ।  
गर्दा यौन भावको प्रतियोगितामा आखिरी बैठान बसाएका छन् ।  
विनाछोराकी बुहारी घरकी कसिङ्गार देखिन्छे ………. विधवा होस् या  
बिना छोराकी बुहारी घरकी कसिङ्गर देखिन्थे... विधवा होस् या  
सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक  
सधवा होस् । छोरीको व्याक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक  
उग्र जलको बाढीलाई किनाराबद्ध गर्दिन्छ, तर सासूहरू खहरे भएर  
उग्र जलको बाढीलाई किनाराबद्ध गरिदिन्छ; तर सब सासूहरु खहरे भएर  
गड्कन्छन् त्यस वेला जुन वेला घरमा छोरो हुँदैन । नियन्त्रित  
गड्कन्छन् त्यस बेला जुन बेला घरमा छोरो हुँदैन । नियन्त्रित  
सौतेनी .. भावना सायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो  
सौतेनी... भावना शायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो  
बेहतियार अकेली रहन्छे । त्यस वेला देउरानीजेठानीका बलले  
बेहतियार अकेली रहन्छे । त्यस बेला देवरानी, ज्येठानीका बलले  
समेत सासूको साम्राज्याधिकारको दाबा पोषण गर्ने थाल्दछन् ।
समेत सासूको सम्राज्यधिकारको दावा पोषण गर्न थाल्दछन् ।


चम्पालाई घर टिकिसक्नुको भएन । कस्तो घर ! कुरा फाँड्या  
चम्पालाई घर टिकिसक्नुको भएन । "कस्तो घर ! कुरा फाँड्या"
छन् फाँड्या छन् । कस्ता सुवासिनी मान्छेहरू छिः एउटा बाजे  
छन् फाँड्या छन् । कस्ता सुवासिनीमान्छेहरु छिः ... एउटा बाजे  
आँखामा हाले पनि नबिझाउनेजस्ता नभा भे त भो !
आँखामा हाले पनि नबिझाउँनेजस्ता नभा" भे त भो !"


चम्पाको जीवनस्वप्नको स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई  
चम्पाको जीवनस्वप्न, स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई  
एक आशा थिएन एक भरोस । बैँस गुनकेसरी, लाहुरे सुनगाभाझैँ
एक आशा थिएन, एक भरोस । बैंस गुनकेशरी, लाहुरे, सुनगाभा झैं
फुल्यो । तर केका लागि ? रुन, च्याँठिन, बोक्सी लाग्न । बुहार्तन  
फुल्यो । तर के को लागि ? रुन, च्याँट्ठिन, बोक्सी लाग्छ, बुहार्तन  
खान ।
खान ।


जीवन भन्या खै ? उनले विचार गर्न थालिन् । खै जीवन ?  
"जीवन भन्या" खै ?" उनले विचार गर्न थालिन्— "खै जीवन ?  
…. के छानामनि वास गर्नु चिथरेसन कोपरेसनको नाम जीवन हो ?  
के छानामनि बास गर्नु चिथरसान् कोपरसन्को नाम जीवन हो ?  
हामी किन जन्म्यौँ ? चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने  
हामी किन जन्म्यौं ?" चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने  
तत्त्वहरू प्रारम्भिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, विचरी !  
तत्वहरु अझ प्राम्भरिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, बिचरी !  
साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको  
साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको  
चेत भएको गुण मनुष्यको मूर्तिझैँ ती आफूउपरका नियन्त्रक
चेत भएको गुण मनुष्यको मूर्ति झैं आफूउपरका नियन्त्रित
अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोज्थ्यो जो हामीहरू
अधिकारी वर्गविरुद्ध बागी फटाफटाइ लिन खोन्थ्यो, जो हामीहरु
अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तर्हृदयमा राख्तछन् ।  
अन्यायपूर्वक तल थिचिएका छौं भन्ने चैतन्य अन्तरहृदयमा राख्तछन् ।  
यो सहानुभूतिहीन भरेलु जीवन ? बोक्रा बाख्राहरू साथसाथ राखिँदा  
यो सहानुभूतिहीन घरेलु जीवन ? बोकाबाख्राहरु साथसाथ राखिँदा  
मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेष छैन ? ..
मनोरञ्जक सिंगौरी लडाइँ गर्छन् । त्यसमा द्वेषता छैन ?...


चिमट, विष छदाइ, कोट्याइ, छेड, रुवाइ,
चिमट, विष छदाइ, कोट्याइ, हलेदा कोट्याइ, छेड, रुवाइ,

Revision as of 10:55, 20 June 2025

This page has not been proofread

अघिल्लो जनममा बाघिनी थिइन् कि भालुनी, कुन्नी ?"

सासू–बुहारीको कथा घरेलु दैनिक उपन्यासको रुपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरुले परीक्षण गर्दा यौन भावको प्रतियोगितामा आखिरी बैठान बसाएका छन् । बिना छोराकी बुहारी घरकी कसिङ्गर देखिन्थे... विधवा होस् या सधवा होस् । छोरीको व्याक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गरिदिन्छ; तर सब सासूहरु खहरे भएर गड्कन्छन् त्यस बेला जुन बेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी... भावना शायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस बेला देवरानी, ज्येठानीका बलले समेत सासूको सम्राज्यधिकारको दावा पोषण गर्न थाल्दछन् ।

चम्पालाई घर टिकिसक्नुको भएन । "कस्तो घर ! कुरा फाँड्या" छन् फाँड्या छन् । कस्ता सुवासिनीमान्छेहरु छिः ... एउटा बाजे आँखामा हाले पनि नबिझाउँनेजस्ता नभा" भे त भो !"

चम्पाको जीवनस्वप्न, स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन, एक भरोस । बैंस गुनकेशरी, लाहुरे, सुनगाभा झैं फुल्यो । तर के को लागि ? रुन, च्याँट्ठिन, बोक्सी लाग्छ, बुहार्तन खान ।

"जीवन भन्या" खै ?" उनले विचार गर्न थालिन्— "खै जीवन ? के छानामनि बास गर्नु चिथरसान् र कोपरसन्को नाम जीवन हो ? हामी किन जन्म्यौं ?" चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्वहरु अझ प्राम्भरिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, बिचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्ति झैं आफूउपरका नियन्त्रित अधिकारी वर्गविरुद्ध बागी फटाफटाइ लिन खोन्थ्यो, जो हामीहरु अन्यायपूर्वक तल थिचिएका छौं भन्ने चैतन्य अन्तरहृदयमा राख्तछन् । यो सहानुभूतिहीन घरेलु जीवन ? बोकाबाख्राहरु साथसाथ राखिँदा मनोरञ्जक सिंगौरी लडाइँ गर्छन् । त्यसमा द्वेषता छैन ?...

चिमट, विष छदाइ, कोट्याइ, हलेदा कोट्याइ, छेड, रुवाइ,