Jump to content

Page:Champa.pdf/35: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"अँ, मार्दैनन् अर्कालाई ?"
"अँ, मार्दैनन् अर्कालाई !"


"कसले मार्ने ?"
"कसले मार्ने ?"


"कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि
"कुन्नि त खुर्सानीको हातले गाला मुसारिछु भन्छु माथि
जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !"
ज्येठानी-देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ "


चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र ?
चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन्, के लाग्या छ र !


"के ?" "के ?" "अहो ! छुँदैमा हातको छाप लाग्छ त ?"  
"के ? के ? अहो ! छुँदैमा हातको छाप लाग्छ त !"  


"क्या हो ?" "क्या हो !"
"क्या हो क्या हो "


"छिः" उनले भनिन् "कसरी माथि जाने ! थाहा पाउँदैनन् ……. "
"छिः" उनले भनिन्, "कसरी माथि जाने ! थाहा पाउँदैनन् ?"
‘के आम्मै … के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !
"के आम्मै… के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !"


‘भो बा ! म त फेरि हजुरकहाँ फर्केर नआउने बा ! डर  
"भो बा ! म त फेरि हजूरकहाँ फर्केर नआउने बा ! डर  
लाग्यो ।’
लाग्यो !"


चम्पा निस्किन् …….
चम्पा निस्किन्…


त्यस दिन माथि घरमा जेठानीका आँखा हाँसोले क्रूर देखिन्थे ।  
त्यस दिन माथि घरमा ज्येठानीका आँखा हाँसोले क्रूर देखिन्थे ।  
सासू बुढीले बताइसकेकी थिइन् ।
सासू बूढीले बताइसकेकी थिइन् ।


‘तरुणाहरूको आर्कै रँग । आर्कै रोशन !" चुनुले खिसी गरिन् !
"तरुणाहरूको आर्कै रङ्ग, आर्कै रोशन " चुनुले खिसी गरिन् !


"म भा भै - तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु  
"म भा भे त तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु  
बोलिन् ।
बोलिन् ।


‘यसो कोठामा बराबर जाने गर्नु …… पाउ दाब्नु ! …. कस्ती लाटी ?’
"यसो कोठामा बराबर जाने गर्नू, पाउ दाब्नू । कस्ती लाटी !"


चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्सा कोठाबाट तल  
चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्साकोठाबाट तल  
ओर्लिन् । घर भन्ने कस्तो बिकेबा जेल हुन्छ । अर्काको मानो  
ओर्लिन् । "घर भन्ने कस्तो बिकम्मा जेल हुन्छ । अर्काको मानो  
खानु त्यो पनि काम गरिन् भनेर सासू जेठानी बाहुनीको षड्यन्त्रले  
खानु, त्यो पनि काम गरिन भनेर सासू ज्येठानी, बाहुनीको षड्यन्त्रले  
गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने- बराबर । आफूलाई भनेर  
गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने– बराबर । आफूलाई भनेर  
दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने ! बचनको केरी
दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने । वचनको कोर्रा
खानु उस्तै । खिसीटेप्ली, खिसीटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन् बुहारीहरू  
खानु उस्तै । खिसिटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन्, बुहारीहरू  
मस्यौँटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने ? डुँडो  
मस्यौटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने, डुँडो  
भयो भने ? अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही ? वसुन्धरीले पाउडर  
भयो भने, अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही वसुन्धरीले पाउडर  
ला’जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला  
ला जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला  
नेपालीहरूको ? दालभात, गुदगुद, कुचो, मस्यौटो, ढिक्की, जाँतो ।  
नेपालीहरूको दालभात गुदगुद, कूचो, मस्यौटो, ढिक्की, जाँतो ।  
केवल भान्साको क्षेत्रमा । कसौँडी ताप्के सिवाय साथीको नाममा बन्द ।
केवल भान्साको क्षेत्रमा । कसौँडी, ताप्केसिवाय साथीको नाममा बन्द ।

Latest revision as of 19:43, 17 June 2025

This page has been proofread

"अँ, मार्दैनन् अर्कालाई !"

"कसले मार्ने ?"

"कुन्नि त । खुर्सानीको हातले गाला मुसारिछु भन्छु । माथि ज्येठानी-देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ ।"

चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन्, के लाग्या छ र !

"के ? के ? अहो ! छुँदैमा हातको छाप लाग्छ त !"

"क्या हो । क्या हो ।"

"छिः" उनले भनिन्, "कसरी माथि जाने ! थाहा पाउँदैनन् ?" "के आम्मै… के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !"

"भो बा ! म त फेरि हजूरकहाँ फर्केर नआउने बा ! डर लाग्यो !"

चम्पा निस्किन्…

त्यस दिन माथि घरमा ज्येठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बूढीले बताइसकेकी थिइन् ।

"तरुणाहरूको आर्कै रङ्ग, आर्कै रोशन ।" चुनुले खिसी गरिन् !

"म भा भे त तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु बोलिन् ।

"यसो कोठामा बराबर जाने गर्नू, पाउ दाब्नू । कस्ती लाटी !"

चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्साकोठाबाट तल ओर्लिन् । "घर भन्ने कस्तो बिकम्मा जेल हुन्छ । अर्काको मानो खानु, त्यो पनि काम गरिन भनेर सासू ज्येठानी, बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने– बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने । वचनको कोर्रा खानु उस्तै । खिसिटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन्, बुहारीहरू मस्यौटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने, डुँडो भयो भने, अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही । वसुन्धरीले पाउडर ला जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको दालभात गुदगुद, कूचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी, ताप्केसिवाय साथीको नाममा बन्द ।