Page:Champa.pdf/22: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?" रामकान्त जाग्यो । | तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर | ||
हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?" रामकान्त जाग्यो । | |||
"अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आँफै खोजेर ले ।" | "अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग | ||
पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आँफै खोजेर ले ।" | |||
यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सरा जस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेश ……… तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! …….. अस्तु ! …………. | यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त | ||
भएन । अप्सरा जस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेश ……… तर ती बकहरूलाई | |||
अप्सराको कल्पनै छैन ! …….. अस्तु ! …………. | |||
रामकान्तले कन्या हेर्न जाने निश्चय गरे …….. साथीको मोटर साइकिल मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटर साइकिल राखेर सिगरेट किने । हेर्न भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट साना साना ठिटीहरू खेल्न लागेका देखे । | रामकान्तले कन्या हेर्न जाने निश्चय गरे …….. साथीको मोटर साइकिल | ||
मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटर साइकिल राखेर | |||
सिगरेट किने । हेर्न भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको | |||
बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको | |||
पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट साना साना ठिटीहरू खेल्न | |||
लागेका देखे । | |||
बगैँचा रमणीय थियो ……. सुन्तला, हलुवावेद, भोगटे, मोसम, इत्यादिका प्रशस्त रुखहरू थिए । जाईका झांगहरू पनि देखिन्थे । एउटा ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो पीङ मच्चाउने काममा ठिटीहरू सोरसराधमै दशैंको पूर्वस्मरण गरिरहेका थिए । | बगैँचा रमणीय थियो ……. सुन्तला, हलुवावेद, भोगटे, मोसम, | ||
इत्यादिका प्रशस्त रुखहरू थिए । जाईका झांगहरू पनि देखिन्थे । एउटा | |||
ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो | |||
पीङ मच्चाउने काममा ठिटीहरू सोरसराधमै दशैंको पूर्वस्मरण गरिरहेका थिए । | |||
एक ठिटी भन्न लागेकी थिई "दशैमा ता चम्पानानीको बिहा बाबै !" | एक ठिटी भन्न लागेकी थिई "दशैमा ता चम्पानानीको बिहा बाबै !" | ||
आर्कीले उत्तर दिई, "अँ ? हो ! ………. दधैंमा बिहे गर्छ कोही ?" | आर्कीले उत्तर दिई, "अँ ? हो ! ………. दधैंमा बिहे गर्छ | ||
कोही ?" | |||
तेस्रीले भनी, "त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै न खेल्ने ! बुवालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! नकच्चरीहरूहो !" | तेस्रीले भनी, "त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै | ||
न खेल्ने ! बुवालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! | |||
नकच्चरीहरूहो !" | |||
रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी उनीतर्फ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ । | रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी | ||
उनीतर्फ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ । | |||
रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने, "चिनिया कदको भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालू छन् । अग्ली गोरीमाको हुन् । भेनेशियन सुन्दरी ! ……… यो ककेसियन् टाईपकी । म चाहान्छु आफू जस्ती | रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने, "चिनिया कदको | ||
भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालू छन् । अग्ली गोरीमाको | |||
हुन् । भेनेशियन सुन्दरी ! ……… यो ककेसियन् टाईपकी । म चाहान्छु आफू जस्ती |
Revision as of 16:05, 8 March 2025
तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?" रामकान्त जाग्यो ।
"अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आँफै खोजेर ले ।"
यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सरा जस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेश ……… तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! …….. अस्तु ! ………….
रामकान्तले कन्या हेर्न जाने निश्चय गरे …….. साथीको मोटर साइकिल मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटर साइकिल राखेर सिगरेट किने । हेर्न भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट साना साना ठिटीहरू खेल्न लागेका देखे ।
बगैँचा रमणीय थियो ……. सुन्तला, हलुवावेद, भोगटे, मोसम, इत्यादिका प्रशस्त रुखहरू थिए । जाईका झांगहरू पनि देखिन्थे । एउटा ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो पीङ मच्चाउने काममा ठिटीहरू सोरसराधमै दशैंको पूर्वस्मरण गरिरहेका थिए ।
एक ठिटी भन्न लागेकी थिई "दशैमा ता चम्पानानीको बिहा बाबै !"
आर्कीले उत्तर दिई, "अँ ? हो ! ………. दधैंमा बिहे गर्छ कोही ?"
तेस्रीले भनी, "त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै न खेल्ने ! बुवालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! नकच्चरीहरूहो !"
रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी उनीतर्फ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ ।
रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने, "चिनिया कदको भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालू छन् । अग्ली गोरीमाको हुन् । भेनेशियन सुन्दरी ! ……… यो ककेसियन् टाईपकी । म चाहान्छु आफू जस्ती