Jump to content

Page:Champa.pdf/49: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अघिल्लो जनममा बघिनी थिइन् कि भालुनी, कुन्नी ? सासूबुहारीको कथा घरेलु दैनिक उपन्यासका रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अघिल्लो जनममा बघिनी थिइन् कि भालुनी, कुन्नी ?

सासूबुहारीको कथा घरेलु दैनिक उपन्यासका रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण गर्दा यौनभावको प्रतियोगितामा आपखरी बैठान बसाएका छन् । विनाछोराकी बुहारी घरकी कसिङ्गार देखिन्छे ………. विधवा होस् या सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गर्दिन्छ, तर सासूहरू खहरे भएर गड्कन्छन् त्यस वेला जुन वेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी ….. भावना सायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस वेला देउरानीजेठानीका बलले समेत सासूको साम्राज्याधिकारको दाबा पोषण गर्ने थाल्दछन् ।
सासूबुहारीको कथा घरेलु दैनिक उपन्यासका रूपमा यथार्थ  
दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो  
हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण  
गर्दा यौनभावको प्रतियोगितामा आपखरी बैठान बसाएका छन् ।  
विनाछोराकी बुहारी घरकी कसिङ्गार देखिन्छे ………. विधवा होस् या  
सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक  
उग्र जलको बाढीलाई किनाराबद्ध गर्दिन्छ, तर सासूहरू खहरे भएर  
गड्कन्छन् त्यस वेला जुन वेला घरमा छोरो हुँदैन । नियन्त्रित  
सौतेनी ….. भावना सायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो  
बेहतियार अकेली रहन्छे । त्यस वेला देउरानीजेठानीका बलले  
समेत सासूको साम्राज्याधिकारको दाबा पोषण गर्ने थाल्दछन् ।

चम्पालाई घर टिकिसक्नुको भएन । कस्तो घर ! कुरा फाँड्या छन् । फाँड्या छन् । कस्ता सुवासिनी मान्छेहरू छिः … एउटा बाजे आँखामा हाले पनि नबिझाउनेजस्ता नभा भे त भो !
चम्पालाई घर टिकिसक्नुको भएन । कस्तो घर ! कुरा फाँड्या  
छन् । फाँड्या छन् । कस्ता सुवासिनी मान्छेहरू छिः … एउटा बाजे  
आँखामा हाले पनि नबिझाउनेजस्ता नभा भे त भो !

चम्पाको जीवनस्वप्नको स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन । एक भरोस । बैँस गुनकेसरी, लाहुरे सुनगाभाझैँ फुल्यो । तर केका लागि ? रुन, च्याँठिन, बोक्सी लाग्न । बुहार्तन खान ।
चम्पाको जीवनस्वप्नको स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई  
एक आशा थिएन । एक भरोस । बैँस गुनकेसरी, लाहुरे सुनगाभाझैँ  
फुल्यो । तर केका लागि ? रुन, च्याँठिन, बोक्सी लाग्न । बुहार्तन  
खान ।

जीवन भन्या खै ? उनले विचार गर्न थालिन् । खै जीवन ? …. के छानामनि वास गर्नु चिथरेसन र कोपरेसनको नाम जीवन हो ? हामी किन जन्म्यौँ ? चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्त्वहरू प्रारम्भिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, विचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्तिझैँ ती आफूउपरका नियन्त्रक अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोज्थ्यो जो हामीहरू अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तर्हृदयमा राख्तछन् । यो सहानुभूतिहीन भरेलु जीवन ? बोक्रा बाख्राहरू साथसाथ राखिँदा मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेष छैन ? …..
जीवन भन्या खै ? उनले विचार गर्न थालिन् । खै जीवन ?  
…. के छानामनि वास गर्नु चिथरेसन र कोपरेसनको नाम जीवन हो ?  
हामी किन जन्म्यौँ ? चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने  
तत्त्वहरू प्रारम्भिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, विचरी !  
साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको  
चेत भएको गुण मनुष्यको मूर्तिझैँ ती आफूउपरका नियन्त्रक  
अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोज्थ्यो जो हामीहरू  
अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तर्हृदयमा राख्तछन् ।  
यो सहानुभूतिहीन भरेलु जीवन ? बोक्रा बाख्राहरू साथसाथ राखिँदा  
मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेष छैन ? …..

चिमट, विष छदाइ, कोट्याइ, छेड, रुवाइ,
चिमट, विष छदाइ, कोट्याइ, छेड, रुवाइ,

Revision as of 01:21, 12 March 2025

This page has not been proofread