Jump to content

Page:Champa.pdf/48: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चम्पाले अरूहरूलाई पनि आफूले बुझेको कुराको सङ्केत दिइन् । दुई-चार रोज, हप्ता, पक्ष, एक मास, खोजतलाशमा बिते । अर्को महिना चिठीको प्रतीक्षामा व्यर्थ तीस पङ्खामा उडेर पश्चिम गयो । त्यसप..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
चम्पाले अरूहरूलाई पनि आफूले बुझेको कुराको सङ्केत दिइन् । दुई-चार रोज, हप्ता, पक्ष, एक मास, खोजतलाशमा बिते । अर्को महिना चिठीको प्रतीक्षामा व्यर्थ तीस पङ्खामा उडेर पश्चिम गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतीदेवीको घरमा वास गर्न थाल्यो । त्यस सुनौला पिँजराबाट एक बोल्दो, गम्किदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर अक्कासिएर गएको थियो ।
चम्पाले अरूहरूलाई पनि आफूले बुझेको कुराको सङ्केत  
दिइन् । दुई-चार रोज, हप्ता, पक्ष, एक मास, खोजतलाशमा बिते ।  
अर्को महिना चिठीको प्रतीक्षामा व्यर्थ तीस पङ्खामा उडेर पश्चिम  
गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतीदेवीको  
घरमा वास गर्न थाल्यो । त्यस सुनौला पिँजराबाट एक बोल्दो,  
गम्किदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर अक्कासिएर गएको  
थियो ।

त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरू उपस्थित भए । उनी साराका अगाडि निरस्त्र जस्ती भइन् । सबकी हास्यपात्र उनी हुन्थिन् । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली जेठानी …… चुनु ।
त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरू उपस्थित  
भए । उनी साराका अगाडि निरस्त्र जस्ती भइन् । सबकी हास्यपात्र  
उनी हुन्थिन् । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली जेठानी  
…… चुनु ।

"आज शनिश्चरवार होइन ?"
"आज शनिश्चरवार होइन ?"
Line 7: Line 16:
"खूँ…. खूँ …. खूँ …. खूँ … !"
"खूँ…. खूँ …. खूँ …. खूँ … !"

कत्रो "खूँ ! खूँ ! खूँ ! – त ?" खुनै चुस्लाजस्तो बा हाँसो तिनीहरूको ! अरू पर्‍यो देखे खुब दाँत बजाउँछन् । खाडलमा पर्‍या देखे त ब्वाँसोजस्तो हाँसिरहँदा होलान् दिनभरि, कुन्नि ?
कत्रो "खूँ ! खूँ ! खूँ ! – त ?" खुनै चुस्लाजस्तो बा  
हाँसो तिनीहरूको ! अरू पर्‍यो देखे खुब दाँत बजाउँछन् । खाडलमा  
पर्‍या देखे त ब्वाँसोजस्तो हाँसिरहँदा होलान् दिनभरि,  
कुन्नि ?

आइतवार भन्न पनि नहुने ! …
आइतवार भन्न पनि नहुने ! …

सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने घोरमुखा ! ……
सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने  
घोरमुखा ! ……

"तँ आएदेखिन् खुब लच्छिन लागिरहेछ घरमा । मेरो कान्छो छोरालाई रोग लाग्यो तँ आएदेखि । तैँले नै गरेर ऊ घरबाट वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न भित्र पसेकी सेती बिराली ।" बस् ! त्यसका साथ झन् ऊ नै पो रुन थाल्ने, ए !
"तँ आएदेखिन् खुब लच्छिन लागिरहेछ घरमा । मेरो कान्छो  
छोरालाई रोग लाग्यो तँ आएदेखि । तैँले नै गरेर ऊ घरबाट  
वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न  
भित्र पसेकी सेती बिराली ।" बस् ! त्यसका साथ झन् ऊ नै पो रुन  
थाल्ने, ए !

चालामाला ? कठेनी, पहाडिनीले राम्ररी हाँस्या, खेल्या, चल्या देख्न हुन्छ र ? नाक चलाई रे ! भौँ बङ्ग्याई रे ! त्यस्तो पनि हो मान्छेलाई ? पनेला चोली लगाउने सासू ता नपरोस् वा कसैलाई ! एक आँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कँठेनी । रेसम लाएर सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ? कस्तो असभ्य घर छिः ! जिब्रो ता भो, गाईको के खस्रो होला र ?
चालामाला ? कठेनी, पहाडिनीले राम्ररी हाँस्या, खेल्या, चल्या  
देख्न हुन्छ र ? नाक चलाई रे ! भौँ बङ्ग्याई रे ! त्यस्तो पनि  
हो मान्छेलाई ? पनेला चोली लगाउने सासू ता नपरोस् वा कसैलाई !  
एक आँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कँठेनी । रेसम  
लाएर सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ?  
कस्तो असभ्य घर छिः ! जिब्रो ता भो, गाईको के खस्रो होला र ?

Revision as of 01:19, 12 March 2025

This page has not been proofread