Jump to content

Page:Shakuntala.pdf/102: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
समरघोष छन्‌ मेघ झैं यिनी ।
समरघोष छन्‌ मेघ झैं यिनी ।
::अरि निभाउने_ घोर गर्जन ॥
::अरि निभाउने घोर गर्जन ॥
रुधिर शत्रुको बन्दथ्यो झरी ।
रुधिर शत्रुको बन्दथ्यो झरी ।
::देख्दथे त्यहाँ मित्रले तर ॥
::देख्दथे त्यहाँ मित्रले तर ॥
Line 9: Line 9:
{{pcn|(२०)}}
{{pcn|(२०)}}


हरित कुन्जको माथि उच्चता-
हरित कुञ्जको माथि उच्चता-
::साध शृङ्गगमा रम्य ठाउँमा ॥
::साथ शृङ्गगमा रम्य ठाउँमा ॥
तुंहैन देशका काँधमा कहीँ ।
तुहिन देशका काँधमा कहीँ ।
::शिखर उच्चमा गूँड लाउने ॥
::शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह भै व्यौमचारक
विहगसिंह झैं व्योमचारक
::पड्ख कीर्तिका भूप फिँज्दथे ॥
::पङ्ख कीर्तिका भूप फिँज्दथे ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}


Line 25: Line 25:
सकल तारका ती विचारका ।
सकल तारका ती विचारका ।
::नीतिमा लिई तौल अड्दछन्‌ ॥
::नीतिमा लिई तौल अड्दछन्‌ ॥
. ईश सूर्य झै पाउँछन्‌ पथ ।
. ईश सूर्य झैं पाउँछन्‌ पथ ।
::कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥
::कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥
हित अगाधमा प्रेमसागर ।
हित अगाधमा प्रेमसागर ।
::पुत्रवत्‌ प्रजालाइ हेर्दछन्‌ ॥
::पुत्रवत्‌ प्रजालाइ हेर्दछन्‌ ॥
रत्न रल्लका बूँद देशमा ।
रत्न रत्नका बूँद देशमा ।
::जलधि कोषका झर्र भर्दछन्‌ ॥
::जलधि कोषका झर्र भर्दछन्‌ ॥
ज्योति भर्दछन्‌ स्वर्ग देशका ।
ज्योति झर्दछन्‌ स्वर्ग देशका ।
::पुष्प झैं कलामाथि पर्दछन्‌॥
::पुष्प झैं कलामाथि पर्दछन्‌ ॥
{{pcn|(२३)}}
{{pcn|(२३)}}


</poem>}}
</poem>}}

Latest revision as of 14:10, 2 March 2025

This page has been proofread

समरघोष छन्‌ मेघ झैं यिनी ।
अरि निभाउने घोर गर्जन ॥
रुधिर शत्रुको बन्दथ्यो झरी ।
देख्दथे त्यहाँ मित्रले तर ॥
धनुष इन्द्रको कीर्तिसुन्दर ।
दिल खुसाउने लोकको सब ॥
(२०)

हरित कुञ्जको माथि उच्चता-
साथ शृङ्गगमा रम्य ठाउँमा ॥
तुहिन देशका काँधमा कहीँ ।
शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह झैं व्योमचारक ।
पङ्ख कीर्तिका भूप फिँज्दथे ॥
(२१)

गगन झैं सदा यी उदार छन्‌ ।
ग्रह विचार ती तेजदार छन्‌ ॥
पवन चल्दछन्‌ युग्‌ सुवर्णका ।
विश्वप्रेमका स्वप्न बन्दछन्‌ ॥
(२२)

सकल तारका ती विचारका ।
नीतिमा लिई तौल अड्दछन्‌ ॥
. ईश सूर्य झैं पाउँछन्‌ पथ ।
कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥
हित अगाधमा प्रेमसागर ।
पुत्रवत्‌ प्रजालाइ हेर्दछन्‌ ॥
रत्न रत्नका बूँद देशमा ।
जलधि कोषका झर्र भर्दछन्‌ ॥
ज्योति झर्दछन्‌ स्वर्ग देशका ।
पुष्प झैं कलामाथि पर्दछन्‌ ॥
(२३)