Jump to content

Page:Laxmi nibandhasangraha.pdf/181: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्‌, सिक्री नहोस्‌,
शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्,  
नहोस्‌ ऐठन; होस्‌ प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय ।
नहोस् ऐठेन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय ।  
साङ्ग्रो गराओस्‌, तर हटसिद्धान्ती नबनोस्‌ चारौंतर्फ देखाओस्‌
साङ्गो गराओस्, तर हठ सिद्धान्ती नबनोस् चारैतर्फ देखाओस् ।  
अकाट्य अनन्त नियमहरूको होश दिलाओस्‌ तर संकुचित बन्धनले
अकाट्य अनन्त नियमहरुको होश दिलाओस् तर संकुचित बन्धनले  
नजेलोस्‌ । शिक्षाले आत्मालाई बाधा नबनाओस्‌ तर प्रकृतिका र जीवनका
नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका  
क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस्‌ । हाम्रा सबै शक्तिको प्राकृत विकास
क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास  
गरोस्‌ अर्द्रविकसित अवस्थामा राखेर हामीलाई साङ्ग्रो कट्टर नबनाओस्‌
गरोस् अर्धविकसित अवस्थामा राखेर हामीलाई साङ्गो कट्टर नबनाओस् ।  
पूर्णतातिर लैजानु यसको ध्येय होस्‌ । भित्रबाट प्रकाशका निमित्त ठाउँ
पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ  
खोजिरहेका शक्तिहरूलाई यसले प्राकृत मार्ग दिन सकोस्‌
खोजिरहेका शक्तिहरुलाई यसले प्राकृत मार्ग दिन सकोस्


पढाउनुमा केही कत्रिमता छैन भन्न कोही सक्तैन । लडकालाई
पढाउनुमा केही कृत्रिमता छैन भन्न कोही सक्तैन । लडाकालाई
वागमतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर
वाग्मतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर  
भन्छ-“पढ ! पढ ! दुई तियाँ छ, दुई चौको आठ” बागीको आत्मा
भन्छ– 'पढ ! पढ !! दुई तियाँ छ, दुई चौका आठ' बागीको आत्मा  
अनन्त च्याँठ अनुभव गरेर भन्दछ “यसमा के मोहिनी ? दोहोप्यायो,
अनन्त च्याँठ अनुभव गरेर भन्दछ, 'यसमा के मोहनी ? दोहोर्‍यायो,  
दोहोन्यायो, आखिर उत्तिकै ! यी अङ्गका खुट्टा छैनन्‌, दुई चौको आठै
दोहोर्‍यायो, आखिर उत्तिकै ! यी अङ्कका खुट्टा छैनन् न, दुई चौका आठै  
हुनुमा के मज्जा ? कहिले दश, कहिले बाह्ग होस्‌ न । अनि पो मज्जा !
हुनुमा के मज्जा ? कहिले दस कहिले बाह्र होस् न । अनि पो मज्जा !  
एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन ।
एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन ।
बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस्‌ “दुई चौका दश, दुई पञ्चे दुई
बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् 'दुई चौका दश, दुई पञ्चे दुई  
सय” होस्‌ त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल
सय' होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल  
होस्‌, अर्को खोला । अनि त्यो चार मूँगफली छोडाउने सहपाठी हुन्‌ !
होस्, अर्को खोला । अनि त्यो चार मुँगफली छोडाउने सहपाठी हुन् !  
त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि ।
त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि ।
अनि माछाजस्तो हातरूपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा
अनि माछाजस्तो हातरुपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा  
जानु, अलिकति पानी पनि खाइने होओस्‌ ! त्यहाँ छ खतराको मजा !
जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा !  
त्यो नभएको दुनियाँले के काम : यहाँ खालि कान निमोठ्छन्‌ या हातमा
त्यो नभएको दुनियाँले के काम ? यहाँ खालि कान निमोठ्छन् या हातमा  
एकै छिन रन्न तातो डाम लगाइदिने त हुन्‌ नि ! यहाँ जीवन ! यहाँ
एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ  
जडाउर ज्ञानहरू जिल्ददार छन्‌ “मास्टरजीको चश्माले हेर्नको के
जडाउ र ज्ञानहरु जिल्ददार छन् 'मास्टरजीको चश्माले हेर्नको के  
चासो !” यस्ताका विरोधी क्रिया अचेत सचेत दुवै तवरले चलिरहेको
चासो ?' यस्ताका विरोधी क्रिया अचेल सचेल दुवै तवरले चलिरहेको  
वेलामा त्यो वैवेकिक गणितसूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार !
बेलामा त्यो वैवेकिक गणित सूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार !  
जीवनको कृतकृती अरू दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु
जीवनको कुतकुती अरु दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु  
छ। अङ्गगणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका
छ । अङ्क गणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका  
रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस !
रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस !  
मास्टरजी कपाल दुख्यो ! झैँ उँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा
मास्टरजी कपाल दुख्यो ! ऊँ ऊँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा

Latest revision as of 22:16, 20 June 2025

This page has not been proofread

शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्, नहोस् ऐठेन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्गो गराओस्, तर हठ सिद्धान्ती नबनोस् र चारैतर्फ देखाओस् । अकाट्य अनन्त नियमहरुको होश दिलाओस् तर संकुचित बन्धनले नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास गरोस् र अर्धविकसित अवस्थामा राखेर हामीलाई साङ्गो कट्टर नबनाओस् । पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ खोजिरहेका शक्तिहरुलाई यसले प्राकृत मार्ग दिन सकोस् ।

पढाउनुमा केही कृत्रिमता छैन भन्न कोही सक्तैन । लडाकालाई वाग्मतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर भन्छ– 'पढ ! पढ !! दुई तियाँ छ, दुई चौका आठ' बागीको आत्मा अनन्त च्याँठ अनुभव गरेर भन्दछ, 'यसमा के मोहनी ? दोहोर्‍यायो, दोहोर्‍यायो, आखिर उत्तिकै ! यी अङ्कका खुट्टा छैनन् न, दुई चौका आठै हुनुमा के मज्जा ? कहिले दस कहिले बाह्र होस् न । अनि पो मज्जा ! एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । ऊ बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न 'दुई चौका दश, दुई पञ्चे दुई सय' होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल होस्, अर्को खोला । अनि त्यो चार मुँगफली छोडाउने सहपाठी हुन् ! त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि । अनि माछाजस्तो हातरुपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा ! त्यो नभएको दुनियाँले के काम ? यहाँ खालि कान निमोठ्छन् या हातमा एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ जडाउ र ज्ञानहरु जिल्ददार छन् । 'मास्टरजीको चश्माले हेर्नको के चासो ?' यस्ताका विरोधी क्रिया अचेल र सचेल दुवै तवरले चलिरहेको बेलामा त्यो वैवेकिक गणित सूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार ! जीवनको कुतकुती अरु दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु छ । अङ्क गणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस ! मास्टरजी कपाल दुख्यो ! ऊँ ऊँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा