Page:Laxmi nibandhasangraha.pdf/138: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रक्ताणु प्राकृत तवरले लाग्दछन् र भित्रबाट तिनका निषेध नाप्नामा के- | रक्ताणु प्राकृत तवरले लाग्दछन् र भित्रबाट तिनका निषेध नाप्नामा के- | ||
के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर | के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछु । म ज्यादा अन्धविश्वासी | ||
हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ । | हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ । | ||
मलाई वैज्ञानिक | मलाई वैज्ञानिक झिलिमिलीहरू अझसम्म 'पराईका पाप' जस्ता | ||
लाग्दैछन् । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म | लाग्दैछन् । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म | ||
विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न | विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न | ||
सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो | सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुथुङ्ग्री सुनेपछि पनि | ||
मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन थियो । पादरीको | मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन लाग्दै थियो । पादरीको | ||
व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य | व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य | ||
जस्तो लाग्दछ, र बालकले औंला | जस्तो लाग्दछ, र बालकले औंला समातेझैं मेरो हृदय आखिर ऋषिकै | ||
पछि लाग्दछ । | पछि लाग्दछ । | ||
म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा | म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा | ||
गर्नु विवेकको स्वभाव हो र प्राचीन सब | गर्नु विवेकको स्वभाव हो र प्राचीन सब कुरा बेभूल सत्य होलान् भन्ने | ||
कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई | कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई | ||
त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ । | त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ । | ||
नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के | नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के | ||
मानिस ? म उधिन्न पनि चाहन्छु, | मानिस ? म उधिन्न पनि चाहन्छु, उघ्रन पनि, उघार्न पनि ! मलाई | ||
मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा ! | मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा ! | ||
<blockquote><b> | <blockquote><b> | ||
Line 25: | Line 25: | ||
</poem> | </poem> | ||
</b></blockquote> | </b></blockquote> | ||
{{c|- | {{c|-पन्तजी}} | ||
शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो, | शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो, | ||
उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ, | उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ, | ||
मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर | मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर | ||
आड र भरोसा त्यहीं लिन जान्छ जहाँ ऋषिमुनिहरूका जस्ता भस्मलेपन | |||
र धैर्यको शान्त मुहार | र धैर्यको शान्त मुहार झैं भएर सहज श्रेष्ठताले आत्मालाई शासन | ||
गर्दछन् । | गर्दछन् । | ||
किनकि तिनमा | किनकि तिनमा साधुता छ । म शिशु झैं आमा-बाबुलाई लुछ्तै- | ||
चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि | चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि | ||
आखिर हाँसिदिन्छन् । | आखिर हाँसिदिन्छन् । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 21:04, 25 February 2025
रक्ताणु प्राकृत तवरले लाग्दछन् र भित्रबाट तिनका निषेध नाप्नामा के- के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछु । म ज्यादा अन्धविश्वासी हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ । मलाई वैज्ञानिक झिलिमिलीहरू अझसम्म 'पराईका पाप' जस्ता लाग्दैछन् । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुथुङ्ग्री सुनेपछि पनि मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन लाग्दै थियो । पादरीको व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य जस्तो लाग्दछ, र बालकले औंला समातेझैं मेरो हृदय आखिर ऋषिकै पछि लाग्दछ ।
म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा गर्नु विवेकको स्वभाव हो र प्राचीन सब कुरा बेभूल सत्य होलान् भन्ने कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ । नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के मानिस ? म उधिन्न पनि चाहन्छु, उघ्रन पनि, उघार्न पनि ! मलाई मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !
'शान्त सरोवरका उर
किस इच्छासे लहराकर
हो उठता चञ्चल, चञ्चल ?'
शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो, उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ, मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर आड र भरोसा त्यहीं लिन जान्छ जहाँ ऋषिमुनिहरूका जस्ता भस्मलेपन र धैर्यको शान्त मुहार झैं भएर सहज श्रेष्ठताले आत्मालाई शासन गर्दछन् ।
किनकि तिनमा साधुता छ । म शिशु झैं आमा-बाबुलाई लुछ्तै- चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि आखिर हाँसिदिन्छन् ।