Jump to content

Page:Laxmi nibandhasangraha.pdf/106: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त  
टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त  
थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै  
थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पर्यो । पादचारीहरूको  
अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै  
सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ  
सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ  
लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेफोक्रवा मिजासको  
लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेझोक्रूवा मिजासको  
जन्तुलाई पयरको एँडी र लगामको झटारोले अगाडि बढाउँये- लिखे  
जन्तुलाई पयरको ऐंडी र लगामको झटारोले अगाडि बढाउँथे– लिखे  
टुकुर टुक्रमा- र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्थ्यो कि हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना  
टुकुर टुक्रमा– र यो मीठो चैतन्य उनमाथि गद्‌गदाएर चढ्थ्यो कि  
हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना  
बागबजारको सडकमा रंगमगिइरहेछन्‌ ।  
बागबजारको सडकमा रंगमगिइरहेछन्‌ ।  


जुन दिनको हामी उपाख्यान गरिरहेछौँ उस दिन जुँघामा ताउ  
जुन दिनको हामी उपाख्यान गरिरहेछौं उस दिन जुँघामा ताउ  
लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज  
लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज  
बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर  
बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर  
आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले  
आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले  
घम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको  
धम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको  
रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर  
रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर  
स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न भझुसमसे दाढीवाल  
स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न झुसमुसे दाढीवाल  
कविराजलाई देख्यो, न उहाँको गधघामुखे बाहनलाई, हामी निश्चित  
कविराजलाई देख्यो, न उहाँको गधघामुखे वाहनलाई, हामी निश्चित  
तबरले भन्न सक्तैनौं । दुईतर्फबाट यस क्राको फैसला हन सक्तैन । तर  
तवरले भन्न सक्तैनौं । दुईतर्फबाट यस कुराको फैसला हन सक्तैन । तर  
त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको  
त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको  
भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको  
भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको  
गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको  
गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको  
छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ  
छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ  
आएमझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले  
आएझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले  
दक्षिणतिर, कहिले स्टघाच्यूतिर, कहिले बिजुली -अड्डातिर सहारा खोज्न  
दक्षिणतिर, कहिले स्ट्याच्यूतिर, कहिले बिजुली-अड्डातिर सहारा खोज्न  
रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै  
रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै  
टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने- तर भाग्यवश  
टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने– तर भाग्यवश  
सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे- तैपनि त्यस  
सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे– तैपनि त्यस  
बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ�अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि  
बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ–
कति सय उनसट्टी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न  
अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि  
दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ " भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा
कति सय उनसठ्ठी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न  
दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ !! भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा

Latest revision as of 16:41, 18 February 2025

This page has been proofread

टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पर्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेझोक्रूवा मिजासको जन्तुलाई पयरको ऐंडी र लगामको झटारोले अगाडि बढाउँथे– लिखे टुकुर टुक्रमा– र यो मीठो चैतन्य उनमाथि गद्‌गदाएर चढ्थ्यो कि हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना बागबजारको सडकमा रंगमगिइरहेछन्‌ ।

जुन दिनको हामी उपाख्यान गरिरहेछौं उस दिन जुँघामा ताउ लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले धम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न झुसमुसे दाढीवाल कविराजलाई देख्यो, न उहाँको गधघामुखे वाहनलाई, हामी निश्चित तवरले भन्न सक्तैनौं । दुईतर्फबाट यस कुराको फैसला हन सक्तैन । तर त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ आएझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले दक्षिणतिर, कहिले स्ट्याच्यूतिर, कहिले बिजुली-अड्डातिर सहारा खोज्न रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने– तर भाग्यवश सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे– तैपनि त्यस बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ– अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि कति सय उनसठ्ठी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ !! भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा