Jump to content

Page:Laxmi nibandhasangraha.pdf/84: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:


कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन
कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन
हो । निरञ्जन सत्य हाम्रो जीवनको उपर छर निराकारबाट आकारमा
हो । निरञ्जन सत्य हाम्रो जीवनको उपर छ र निराकारबाट आकारमा
नआउज्जेल हामीलाई इन्द्रियगोचर हुँदैन । 'एको५हं बहु:स्याम'को स्फुरणमा
नआउञ्जेल हामीलाई इन्द्रियगोचर हुँदैन । 'एकोऽहं बहु:स्याम'को स्फुरणमा
विश्वकला त्यो प्रेमको आधारमा जन्मिई जो ब्रह्माभासमा झलमलाउँदै
विश्वकला त्यो प्रेमको आधारमा जन्मिई जो ब्रह्माभासमा झलमलाउँदै
उठेका अनेक जीवात्मालाई अनन्त मायाश्रयले विस्तारमा विलास दिन
उठेका अनेक जीवात्मालाई अनन्त मायाश्रयले विस्तारमा विलास दिन
Line 10: Line 10:
प्रतिभामा विश्व जन्मियो र हामी यस रचनाको अध्ययनद्वारा दिव्य
प्रतिभामा विश्व जन्मियो र हामी यस रचनाको अध्ययनद्वारा दिव्य
चैतन्य, दिव्य सत्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानका स्पष्ट संकेतहरू
चैतन्य, दिव्य सत्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानका स्पष्ट संकेतहरू
पाउँछौँ । परमेश्वरको सिर्जनात्मक कल्पना पूर्णतामा काम गर्दछ र
पाउँछौं । परमेश्वरको सिर्जनात्मक कल्पना पूर्णतामा काम गर्दछ र
ईश्वरीय सत्यलाई सुन्दर रेखा रंगरूपमा प्रकाशन गर्दछ । हामी “सुन्दर
ईश्वरीय सत्यलाई सुन्दर रेखा रंगरूपमा प्रकाशन गर्दछ । हामी 'सुन्दर'
भन्ने चेत पाउँछौं सत्यको आभासद्वारा र जहाँ सत्य छैन, त्यहाँ
भन्ने चेत पाउँछौं सत्यको आभासद्वारा र जहाँ सत्य छैन, त्यहाँ सौन्दर्य
पनि छैन । कीद्स्‌ले भनेका छन्‌ कि 'सत्य नै सौन्दर्य हो र सौन्दर्य नै
पनि छैन । कीट्स्‌ले भनेका छन्‌ कि 'सत्य नै सौन्दर्य हो र सौन्दर्य नै
सत्य हो ।' यो ईश्वरको आत्मप्रकाशनरूप कलात्मक सिर्जनामा यस्तो
सत्य हो ।' यो ईश्वरको आत्मप्रकाशनरूप कलात्मक सिर्जनामा यस्तो
विदित हुन्छ कि सत्य सुन्दर हुँदै इन्द्रियग्रात्य रूपहरूमा ओर्लिरहेछ ।
विदित हुन्छ कि सत्य सुन्दर हुँदै इन्द्रियग्राह्य रूपहरूमा ओर्लिरहेछ ।


सत्य पनि धेरै किसिमको हुन्छ, जस्तो- काल्पनिक सत्य,
सत्य पनि धेरै किसिमको हुन्छ, जस्तो– काल्पनिक सत्य,
व्यावहारिक सत्य र दार्शनिक सत्य । जुन चीज त्रिकालबाध्य छ, त्यसलाई
व्यावहारिक सत्य र दार्शनिक सत्य । जुन चीज त्रिकालबाध्य छ, त्यसलाई
सत्य भनिन्छ र ईश्वर नै प्रथम र अन्तिम सत्य हुन्‌ । तर व्यवहार-
सत्य भनिन्छ र ईश्वर नै प्रथम र अन्तिम सत्य हुन्‌ । तर व्यवहार-
Line 25: Line 25:
झल्किनेलाई काल्पनिक । ढुङ्गा कडा हुन्छन्‌ भन्नु व्यावहारिक सत्य हो,
झल्किनेलाई काल्पनिक । ढुङ्गा कडा हुन्छन्‌ भन्नु व्यावहारिक सत्य हो,
एक-एक जोडे दुई हुन्छ भन्ने र सृष्टिका अस्तित्वद्वारा सष्टाको अस्तित्व
एक-एक जोडे दुई हुन्छ भन्ने र सृष्टिका अस्तित्वद्वारा सष्टाको अस्तित्व
छ भन्ने कुरालाई म दार्शनिक सत्य भन्दछु र सरस्वतीलाई देखेर
छ भन्ने कुरालाई म दार्शनिक सत्य भन्दछु; र सरस्वतीलाई देखेर

Latest revision as of 14:17, 15 February 2025

This page has been proofread

कला र जीवन

कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो । निरञ्जन सत्य हाम्रो जीवनको उपर छ र निराकारबाट आकारमा नआउञ्जेल हामीलाई इन्द्रियगोचर हुँदैन । 'एकोऽहं बहु:स्याम'को स्फुरणमा विश्वकला त्यो प्रेमको आधारमा जन्मिई जो ब्रह्माभासमा झलमलाउँदै उठेका अनेक जीवात्मालाई अनन्त मायाश्रयले विस्तारमा विलास दिन चाहन्थ्यो । निराकारमा स्फुरण छ, तर साकारमा कला छ । सिर्जनाको मूल तत्त्व प्रेम हो र प्रेमको मूल क्रिया आनन्द दिनु हो । स्रष्टाको दिव्य प्रतिभामा विश्व जन्मियो र हामी यस रचनाको अध्ययनद्वारा दिव्य चैतन्य, दिव्य सत्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानका स्पष्ट संकेतहरू पाउँछौं । परमेश्वरको सिर्जनात्मक कल्पना पूर्णतामा काम गर्दछ र ईश्वरीय सत्यलाई सुन्दर रेखा रंगरूपमा प्रकाशन गर्दछ । हामी 'सुन्दर' भन्ने चेत पाउँछौं सत्यको आभासद्वारा र जहाँ सत्य छैन, त्यहाँ सौन्दर्य पनि छैन । कीट्स्‌ले भनेका छन्‌ कि 'सत्य नै सौन्दर्य हो र सौन्दर्य नै सत्य हो ।' यो ईश्वरको आत्मप्रकाशनरूप कलात्मक सिर्जनामा यस्तो विदित हुन्छ कि सत्य सुन्दर हुँदै इन्द्रियग्राह्य रूपहरूमा ओर्लिरहेछ ।

सत्य पनि धेरै किसिमको हुन्छ, जस्तो– काल्पनिक सत्य, व्यावहारिक सत्य र दार्शनिक सत्य । जुन चीज त्रिकालबाध्य छ, त्यसलाई सत्य भनिन्छ र ईश्वर नै प्रथम र अन्तिम सत्य हुन्‌ । तर व्यवहार- जीवनमा सत्यले धेरै स्वरूप लिन्छ र इन्द्रियगोचर दुनियाँको कडा ग्राह्य सत्यलाई म व्यावहारिक सत्य सम्झन्छु । विवेकको अन्वेषणद्वारा प्राप्त हुने चाहिंलाई दार्शनिक सत्य भन्दछु र मनका सूक्ष्म चित्रणहरूद्वारा झल्किनेलाई काल्पनिक । ढुङ्गा कडा हुन्छन्‌ भन्नु व्यावहारिक सत्य हो, एक-एक जोडे दुई हुन्छ भन्ने र सृष्टिका अस्तित्वद्वारा सष्टाको अस्तित्व छ भन्ने कुरालाई म दार्शनिक सत्य भन्दछु; र सरस्वतीलाई देखेर