Page:Champa.pdf/52: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव | देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव | ||
शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब | शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब | ||
एक | एक चीज हुँ भन्दछ, र अरू चीजसँग लड्न थाल्दछ, ऊ केही न केही | ||
बन्न जान्दछ । जब ऊ सब किसिमको | बन्न जान्दछ । जब ऊ सब किसिमको चीजमा एकाकार रहन्छ या सब मतको | ||
समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको | समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ । | ||
महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो | महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । | ||
आज्ञाकारिताको | आज्ञाकारिताको विष्णुसहस्रनाम सबैले लेखेका छन् । तर केवल | ||
झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको | झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको | ||
निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र | निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र | ||
गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा | गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो | ||
मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न | मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न | ||
खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा | खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । | ||
पूर्वजन्मका भीषण | पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तान पुस्ताका विषाक्त वाष्पहरू क्रियाशील | ||
थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई | थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई | ||
वर्ड्सवर्थको लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने | |||
आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा | आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा | ||
गरिरहेकी थिइन् । | गरिरहेकी थिइन् । | ||
Line 28: | Line 28: | ||
चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको | चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको | ||
पिँडौलामा घिउ घस्नु थियो । | |||
"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !" | "आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !" | ||
"कस्तो घिउ | "कस्तो घिउ घस्नुपर्यो… पहाडीको पिँडौला" | ||
च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै | च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनेँ | ||
भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो । | भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो । | ||
"के भनिस् चोथाले ? | "के भनिस् चोथाले ? च्यात्नुपर्यो बेस्सेका गाला ?" | ||
"बेस्से | "बेस्से भन्नुपर्दैन आर्कालाई ! हामीले को नाठा खेला |
Latest revision as of 11:50, 20 June 2025
देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चीज हुँ भन्दछ, र अरू चीजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चीजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ । महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णुसहस्रनाम सबैले लेखेका छन् । तर केवल झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तान पुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई वर्ड्सवर्थको लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।
तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्यो ।
"ए कान्छी !" चम्पाले आधा सुनिन् ।
"अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिई !"
"आ" चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।
"ए चम्पा ! तेरो कान छैन ? अझ बोल्दिनस् अजिर्नी ?"
चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।
"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"
"कस्तो घिउ घस्नुपर्यो… पहाडीको पिँडौला"
च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनेँ भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो ।
"के भनिस् चोथाले ? च्यात्नुपर्यो बेस्सेका गाला ?"
"बेस्से भन्नुपर्दैन आर्कालाई ! हामीले को नाठा खेला