Page:Shakuntala.pdf/324: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन । | यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन । | ||
::गड् गड् गड् घनघोष भो गहिरियो छाया भयो वर्षण ॥ | |||
झिल्की झल्ल | झिल्की झल्ल झिलिल्ल शीघ्र बिजुली कम्ती उज्यालो हुँदा । | ||
::द्यौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥ | |||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर । | झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर । | ||
पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर ! | ::पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर ! | ||
मानो चीलसमान | मानो चीलसमान पङ्ख दुइटा पार्दो घुमी फर्फर । | ||
कालो छैन तथापि झल्ल झिलझिल् चम्किन्छ ओर्लीकन ॥ | ::कालो छैन तथापि झल्ल झिलझिल् चम्किन्छ ओर्लीकन ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
"आए | "आए इन्द्र कि आज ! ती युवति हुन् के मेनकाकी सुता । | ||
गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ? | ::गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ? | ||
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर । | झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर । | ||
मिल्ला आज अवश्य ती युवतिको होलिन् कतै ती पर !" | ::मिल्ला आज अवश्य ती युवतिको होलिन् कतै ती पर !" | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
भन्दै मातलि आउँछन् अवनिमा छाया नझारीकन । | भन्दै मातलि आउँछन् अवनिमा छाया नझारीकन । | ||
छायाले | ::छायाले पकाडिन्छ मर्त्य पृथिवीमा हुन्छ द्यौताकन ॥ | ||
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि । | अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि । | ||
छप्के | ::छप्के झैं अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर । | जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर । | ||
बल्दो दिव्य ललाट, लोचन | ::बल्दो दिव्य ललाट, लोचन बडा राम्रा मिलेका तनु ॥ | ||
बोले झैं मृदुतारले सुर मिली त्यो वीन शारीरिक । | |||
बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥ | ::बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
"राजा भूभार हर्ने अवनिपति | "राजा भूभार हर्ने अवनिपति प्रभो ! इन्द्रका दिव्य स्वामी । | ||
::आकाशैसम्म चढ्ने हुकुम नजरको राज्यमा दुःख छैन ॥ | |||
जो ओर्ली सत् असत्को विवरणसँगमा न्यायदाता बनेर । | जो ओर्ली सत् असत्को विवरणसँगमा न्यायदाता बनेर । | ||
::राखीबक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥ | |||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:54, 30 May 2025
यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन ।
गड् गड् गड् घनघोष भो गहिरियो छाया भयो वर्षण ॥
झिल्की झल्ल झिलिल्ल शीघ्र बिजुली कम्ती उज्यालो हुँदा ।
द्यौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥
(४७)
झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर ।
पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर !
मानो चीलसमान पङ्ख दुइटा पार्दो घुमी फर्फर ।
कालो छैन तथापि झल्ल झिलझिल् चम्किन्छ ओर्लीकन ॥
(४८)
"आए इन्द्र कि आज ! ती युवति हुन् के मेनकाकी सुता ।
गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ?
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर ।
मिल्ला आज अवश्य ती युवतिको होलिन् कतै ती पर !"
(४९)
भन्दै मातलि आउँछन् अवनिमा छाया नझारीकन ।
छायाले पकाडिन्छ मर्त्य पृथिवीमा हुन्छ द्यौताकन ॥
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि ।
छप्के झैं अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥
(५०)
जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर ।
बल्दो दिव्य ललाट, लोचन बडा राम्रा मिलेका तनु ॥
बोले झैं मृदुतारले सुर मिली त्यो वीन शारीरिक ।
बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥
(५१)
"राजा भूभार हर्ने अवनिपति प्रभो ! इन्द्रका दिव्य स्वामी ।
आकाशैसम्म चढ्ने हुकुम नजरको राज्यमा दुःख छैन ॥
जो ओर्ली सत् असत्को विवरणसँगमा न्यायदाता बनेर ।
राखीबक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥
(५२)