Jump to content

Page:Laxmi nibandhasangraha.pdf/205: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "'पुतलीकट हुन्छन्‌; यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास ॥ एक-एक चरित्र बुझिहाल्दछु । तर असल-असल मगर र भोटेहरूले भने मेर..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
'पुतलीकट हुन्छन्‌; यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा
पुतलीकट हुन्छन्; यिनीहरुलाई नाजिज्मभन्दा ठुलो सिद्धान्त दुखियाँमा
हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास
हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास राख्तछन् । एक–एक
जुँघामा एक–एक व्यक्तित्व छ र म ओठ नचले पनि जुँघा देख्तै मानिसको
चरित्र बुझिहाल्दछु । तर असल–असल मगर र भोटेहरुले भने मेरो
मनोवैज्ञानिक परीक्षालाई नस हालिदिन्छन् ।


॥ एक-एक
जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरु अवश्य  
 
छन् । म जब स्कुलमा थिएँ– तब मलाई अरुको उत्तिको डर लाग्दैनथ्यो  
चरित्र बुझिहाल्दछु । तर असल-असल मगर र
जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्कार डरलाग्दा  
 
थिए । जब उनी जँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको  
भोटेहरूले भने मेरो
मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला,  
 
भयङ्कर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र  
जुँघामा एक-एक व्यक्तित्व छ र म ओठ नचले पनिजुँा देख्ने मानिसको
स्वरुपमा त्यो भयङ्करता, त्यो अदब राख्न सक्ने त्रासोत्पादक तेज देखिन्थ्यो  
 
जो लडकाको मनमा सहजसँ प्रभाव गर्दछ । लडकाहरु भन्दथे– जब  
मनोबैज्ञानिक परीक्षालाई नस हालिदिन्छन्‌ ।
उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ  
जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरू अवश्य
हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा–मजाका गफ र कहानीले  
छन्‌ । म जब स्कूलमा थिएँ- तब मलाई अरूको उत्तिको डर लाग्दैनथ्यो
क्लासै बहलाउँथे, तर जब उनी बायाँ हातले जुँघा मुसार्थे तब या त
जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्टार डरलाग्दा
दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो  
थिए । जब उनी जुँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको
प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै–घोक्तै निदाएको  
 
मैले सपना देखें– माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरुप पनि  
मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला,
थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्रा बिचमा अलिकति फाटेर  
भयङ्घर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र
कसोकसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको  
 
प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख  
स्वरूपमा त्यो भयङ्गरता, त्यो अदब राख्न सब्ने त्रासोत्पादक तेज देखिन्थ्यो
हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा  
 
हाले र म माष्टरको वृत्तिमा लागें
जो लडकाको मनमा सहजसँग प्रभाव गर्दछ । लडकाहरू भन्दये- जब
{{nop}}
उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ
हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा-मजाका गफ र कहानीले
क्लासै बहलाउँथे, तर जव उनी बायाँ हातले जुँघा मुसार्थे तब यात
दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो
 
प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै-घोक्तै निदाएको
 
मैले सपना देखें- माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरूप पनि
 
थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्राबीचमा अलिकति फाटेर
कसोकसो जोडिएका रहेछन्‌ । म तिनलाई आफ्ना ओठमा चढाउनको
 
प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख
हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा
हाले र म माष्टरको वृत्तिमा लागेँ
 
१९६/लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 11:12, 21 June 2025

This page has not been proofread

पुतलीकट हुन्छन्; यिनीहरुलाई नाजिज्मभन्दा ठुलो सिद्धान्त दुखियाँमा हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास राख्तछन् । एक–एक जुँघामा एक–एक व्यक्तित्व छ र म ओठ नचले पनि जुँघा देख्तै मानिसको चरित्र बुझिहाल्दछु । तर असल–असल मगर र भोटेहरुले भने मेरो मनोवैज्ञानिक परीक्षालाई नस हालिदिन्छन् ।

जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरु अवश्य छन् । म जब स्कुलमा थिएँ– तब मलाई अरुको उत्तिको डर लाग्दैनथ्यो जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्कार डरलाग्दा थिए । जब उनी जँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला, भयङ्कर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र स्वरुपमा त्यो भयङ्करता, त्यो अदब राख्न सक्ने त्रासोत्पादक तेज देखिन्थ्यो जो लडकाको मनमा सहजसँ प्रभाव गर्दछ । लडकाहरु भन्दथे– जब उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा–मजाका गफ र कहानीले क्लासै बहलाउँथे, तर जब उनी बायाँ हातले जुँघा मुसार्थे तब या त दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै–घोक्तै निदाएको मैले सपना देखें– माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरुप पनि थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्रा बिचमा अलिकति फाटेर कसोकसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा हाले र म माष्टरको वृत्तिमा लागें ।