Page:Lalitya bhag 1 ra 2.pdf/235: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(२४)}} | |||
फेला पार्ने कठिन त्यसमा सत्यको ज्योति काहीँ | |||
::हाँगा हाली लहलह खडा झुटको धूम चाहिँ । | |||
सारा तारा ग्रह पिलिपिली त्यै धुवाँमा निमग्न | |||
::खाली काली जडप्रकृतिको जाड्यलीला छ नग्न ॥ | |||
{{pcn|(२५)}} | |||
ऐले मेरो श्रुति-विवरमा घुम्छ जो शब्दजाल | |||
::जोजो देख्छन् नयन अनिदा दृश्य कालो कराल । | |||
त्यस्मा खाली जटिल धमिलो जाड्य जादूगरी छ | |||
::यद् वा कालो नियति-गतिको वञ्चना आसुरी छ ॥ | |||
{{pcn|(२६)}} | |||
कैले देख्छू, जलधि-जलमा विश्व सारा डुबेको | |||
::कैले जल्दै अति जहरिलो धूममा त्यो उडेको । | |||
कैले ईर्ष्या-कलुषित कडा दानवी लम्किझम्की | |||
::कैले फोस्रा फगत मुखमा गर्जना, धाक, धम्की ॥ | |||
{{pcn|(२७)}} | |||
कैले देख्छु विलय-विधिको आपसी तम्तयारी | |||
::कैले यारी कुटिल कपटी शान्तिको भ्रान्तिधारी । | |||
यस्तो क्या हो ? किन मगजमा उग्र उद्भ्रान्त भाव | |||
::गायो ? जस्ले सकल बदल्यो आज मेरो स्वभाव ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:40, 18 May 2025
This page has not been proofread
(२४)
फेला पार्ने कठिन त्यसमा सत्यको ज्योति काहीँ
हाँगा हाली लहलह खडा झुटको धूम चाहिँ ।
सारा तारा ग्रह पिलिपिली त्यै धुवाँमा निमग्न
खाली काली जडप्रकृतिको जाड्यलीला छ नग्न ॥
(२५)
ऐले मेरो श्रुति-विवरमा घुम्छ जो शब्दजाल
जोजो देख्छन् नयन अनिदा दृश्य कालो कराल ।
त्यस्मा खाली जटिल धमिलो जाड्य जादूगरी छ
यद् वा कालो नियति-गतिको वञ्चना आसुरी छ ॥
(२६)
कैले देख्छू, जलधि-जलमा विश्व सारा डुबेको
कैले जल्दै अति जहरिलो धूममा त्यो उडेको ।
कैले ईर्ष्या-कलुषित कडा दानवी लम्किझम्की
कैले फोस्रा फगत मुखमा गर्जना, धाक, धम्की ॥
(२७)
कैले देख्छु विलय-विधिको आपसी तम्तयारी
कैले यारी कुटिल कपटी शान्तिको भ्रान्तिधारी ।
यस्तो क्या हो ? किन मगजमा उग्र उद्भ्रान्त भाव
गायो ? जस्ले सकल बदल्यो आज मेरो स्वभाव ॥