Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/227: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''here'''}}}}
{{c|{{larger|'''वयोवृद्ध कोइलीको बिलौना '''}}}}


{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
उज्यालो त्यै अग्लो हिमचुलि छ त्यै नील गगन
::तिनै खोला नाला, रुखहरु तिनै त्यै छ पवन ।
म त्यै छू, त्यै प्यारो खग जुनि छ, त्यै चञ्चुपुट यो
::कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥


{{pcn|(२)}}
जवानीको चढ्दो अति चहकिलो रङ्ग रसमा
::म देख्थेँ नाचेको सकल वनमा स्वर्ग-सुषमा ।
गलामा घन्केको कहुँ कुहुँ, कुहुँ-कौतुक थियो
::कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥
{{pcn|(३)}}
जुनेली वासन्ती सरस निशिको अन्त्य पहर
::जसै देख्थेँ लाग्थ्यो हृदयबिच अत्यन्त रहर ।
चुचो खोल्थेँ बोल्थेँ, मनमन सबै गद्‌गद् थियो
::कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:36, 18 May 2025

This page has not been proofread
वयोवृद्ध कोइलीको बिलौना

(१)
उज्यालो त्यै अग्लो हिमचुलि छ त्यै नील गगन
तिनै खोला नाला, रुखहरु तिनै त्यै छ पवन ।
म त्यै छू, त्यै प्यारो खग जुनि छ, त्यै चञ्चुपुट यो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥

(२)
जवानीको चढ्दो अति चहकिलो रङ्ग रसमा
म देख्थेँ नाचेको सकल वनमा स्वर्ग-सुषमा ।
गलामा घन्केको कहुँ कुहुँ, कुहुँ-कौतुक थियो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥

(३)
जुनेली वासन्ती सरस निशिको अन्त्य पहर
जसै देख्थेँ लाग्थ्यो हृदयबिच अत्यन्त रहर ।
चुचो खोल्थेँ बोल्थेँ, मनमन सबै गद्‌गद् थियो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥