This page has not been proofread
(४)
पखेटा छन् लाटा, चटुल गतिको गौरव छुट्यो
चनाखा आँखामा किनकिन धमीलोपन जुट्यो ।
खलातीझैँ छाती, तन सब जरा-जर्जर भयो ।
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥
(५)
दिशा त्यो माहेन्द्री, उदय गिरिमा त्यो सुनहरी-
उषाका उठ्दै छन् अति मृदुल आलोक-लहरी ।
म बोलूँ भन्दै छु, तर सब गला घर्घर छ यो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥