Jump to content

Page:Laxmi nibandhasangraha.pdf/206: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "एउटी चरीको चिरीबिरी म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो ! भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
एउटी चरीको चिरीबिरी
{{Right|{{x-larger|'''एउटी चरीको चिरीबिरी'''}}}}
म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको


स्पर्शले आनन्द मानेर बसेँ नजीकमा खोला कलकल गर्दै चल्दथ्यो !
म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको
स्पर्शले आनन्द मानेर बसें नजिकमा खोला कलकल गर्दै चल्दथ्यो !


भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड्नु त्यस बेलाको
भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड्नु त्यस बेलाको  
तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौं । कामका निमित्त
तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौं । कामका निमित्त  
इनाम जत्तिको मीठो हुन्छ, हिंडाइपछिको आराम उत्तिकै आनन्ददायी
इनाम जत्तिको मिठो हुन्छ, हिंडाइपछिको आराम उत्तिकै आनन्ददायी  
हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा
हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा  
लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ ।
लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ
नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी
निस्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुझ्न थालें– जल किन
कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ । र मैले त्यहाँ त्यो आनन्द
अनुभव गर्न लागें– जसलाई भाषा हुँदो रहेनछ


नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो त्यहाँ गाइनेको गीतबाट मोहनी
दृश्यमा केही विशेषता छैन वरिपरि पहाडहरु उठेका छन्–
निक्लेर हावामा घुस्तथ्यो त्यहाँ मैले बुभ्न थालें- जल किन
कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रुखमा
एउटा चरा मिठोसँग बोल्दछ


कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ ? र मैले त्यहाँ त्यो आनन्द
संसारमा अरु चिज त्यत्तिको मिठो बोल्दैनन्, जत्तिको त्यो भुवादार  
 
फुरफुरिलो चिज बोल्दछ, जसलाई हामी चरा भन्दछौं । बुझिने भाषा  
अनुभव गर्न लागेँ- जसलाई भाषा हुँदो रहेनछ ।
मानेदार सीमा नाघ्न सक्तैनन्, नअर्थिने शब्दहरुको माधुर्य प्रशान
 
होइनसक्नासाथ भावको देशबाट निक्लन्छ । बुझ्नेलाई आखिरमा निरर्थक  
दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरू उठेका छन्‌कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रूखमा
केही छैन । यो दुनियाँमा ईश्वरको जादुगरी मतलब नलिई बोल्दैन ।  
एउटा चरा मीठोसँग बोल्दछ ।
हामी सधैं ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि  
 
पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रह्य सूचनाहरु आउँछन्;  
संसारमा अरू चीज त्यत्तिको मीठो बोल्दैनन्‌, जत्तिको त्यो भुवादार
बुझिएला–बुझिएला भने जस्तो लाग्दछ तर बुझ्नाको र बुझाउनाको  
 
पार भाव बन्दछन्, सूचना बन्दछन्, बिलाउँछन् । जब मैले त्यस चराको  
फुरफुरिलो चीज बोल्दछ, जसलाई हामी चरा भन्दछौँ । बुझिने भाषा
शब्द सुनें मैले बुझें– चराहरुलाई किन भाषा दिइएको थियो । मेरो
 
मानेदार सीमा नाघ्न सक्तैनन्‌; नअर्थिने शब्दहरूको माधुर्य प्रकाशन
होइनसक्नासाध भावको देशबाट निक्लन्छ । नुभ्नेलाई आखिरमा निरर्थक
 
केही छैन । यो दुनियाँमा ईश्वरको जादूगरी मतलब नलिई बोल्दैन ।
हामी सधैँ ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि
 
पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रहर्य सूचनाहरू आउँछन्‌;
बुझिएला-बुझिएला भनेजस्तो लाग्दछ तर बुभ्नाको र बुझाउनाको
पार भाव बन्दछन्‌, सूचना बन्दछन्‌, बिलाउँछन्‌ । जब मैले त्यस चराको
 
शब्द सुनें मैले बुझें- चराहरूलाई किन भाषा दिइएको थियो । मेरो
एउटी चरीको चिरीबिरी/१९७

Latest revision as of 11:14, 21 June 2025

This page has not been proofread

एउटी चरीको चिरीबिरी

म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसें । नजिकमा खोला कलकल गर्दै चल्दथ्यो !

भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड्नु त्यस बेलाको तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौं । कामका निमित्त इनाम जत्तिको मिठो हुन्छ, हिंडाइपछिको आराम उत्तिकै आनन्ददायी हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ । नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी निस्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुझ्न थालें– जल किन कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ । र मैले त्यहाँ त्यो आनन्द अनुभव गर्न लागें– जसलाई भाषा हुँदो रहेनछ ।

दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरु उठेका छन्– कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रुखमा एउटा चरा मिठोसँग बोल्दछ ।

संसारमा अरु चिज त्यत्तिको मिठो बोल्दैनन्, जत्तिको त्यो भुवादार फुरफुरिलो चिज बोल्दछ, जसलाई हामी चरा भन्दछौं । बुझिने भाषा मानेदार सीमा नाघ्न सक्तैनन्, नअर्थिने शब्दहरुको माधुर्य प्रशान होइनसक्नासाथ भावको देशबाट निक्लन्छ । बुझ्नेलाई आखिरमा निरर्थक केही छैन । यो दुनियाँमा ईश्वरको जादुगरी मतलब नलिई बोल्दैन । हामी सधैं ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रह्य सूचनाहरु आउँछन्; बुझिएला–बुझिएला भने जस्तो लाग्दछ तर बुझ्नाको र बुझाउनाको पार भाव बन्दछन्, सूचना बन्दछन्, बिलाउँछन् । जब मैले त्यस चराको शब्द सुनें मैले बुझें– चराहरुलाई किन भाषा दिइएको थियो । मेरो