Page:Laxmi nibandhasangraha.pdf/155: Difference between revisions
→Not proofread: Created page with "हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य रेखाहरू र रङ्गहरू यपिरहेकै छ । आकारहरू आभासित बन्..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता | हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता | ||
भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य | भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य | ||
रेखाहरू र रङ्गहरू थपिरहेकै छ । आकारहरू आभासित बन्दछन्, | |||
बिलाउँछन् । तर हरेकमा दिव्य प्रतिभा झल्केकै देखिन्छ । | |||
पृथ्वीको गोल आकार, आकाशको रूप, ताराहरूको बनौट सबमा | |||
कला पाइन्छ । पृथ्वीको गोलाइले दिन-रात ऋतुसञ्चालनको महिमा | |||
पृथ्वीको गोल आकार, आकाशको रूप, ताराहरूको बनौट | |||
कला पाइन्छ । पृथ्वीको गोलाइले दिन-रात | |||
राख्तछ, राम्रो समय र देशको नाम-विभाग सजिलो हुनजान्छ । आकाशको | राख्तछ, राम्रो समय र देशको नाम-विभाग सजिलो हुनजान्छ । आकाशको | ||
गोलाइमा हामी ईश्वरको दिव्य स्थितिको गोलाइ देख्तछौं, जसमा सब | गोलाइमा हामी ईश्वरको दिव्य स्थितिको गोलाइ देख्तछौं, जसमा सब | ||
चीज ठेगानसँग राखिएको छ । यसको ठूलो गोलामा साना वर्तुलाकृति | |||
रूपमा पूर्णका साना पूर्ण झैं ताराहरू झल्किन्छन् । | |||
शोपन्हारसाहेबको दर्शनमा सारा इच्छाशक्तिकै विकास र तारतम्यको | |||
रूपमा संसार दर्शाइएको छ । आकृति केवल इच्छाको विकास हो । रेखाहरू | रूपमा संसार दर्शाइएको छ । आकृति केवल इच्छाको विकास हो । रेखाहरू | ||
सब अभिप्रायबाट अङ्कित भएका जस्ता विदित हुन्छन् । व्यक्तिमा आभ्यन्तरिक | |||
सब अभिप्रायबाट | |||
इच्छाहरू रूपमा प्रकाशित हुन्छन् र विश्वमा समष्टिरूप दिव्य इच्छाशक्तिका | इच्छाहरू रूपमा प्रकाशित हुन्छन् र विश्वमा समष्टिरूप दिव्य इच्छाशक्तिका | ||
बनोटहरू जस्ता देखिन्छन् । आँखाको खोपिल्टोमा संरक्षणार्थ अभिप्राय छ । | बनोटहरू जस्ता देखिन्छन् । आँखाको खोपिल्टोमा संरक्षणार्थ अभिप्राय छ । | ||
जिभ्रोका गिर्खहरूमा आस्वादनात्मक चमत्कारहरूका सूक्ष्म कला पाइन्छन् । | जिभ्रोका गिर्खहरूमा आस्वादनात्मक चमत्कारहरूका सूक्ष्म कला पाइन्छन् । | ||
चेहरामा मन झल्किन्छ । फियोको बनोटमा समरभूमिको तयारी छ, | चेहरामा मन झल्किन्छ । फियोको बनोटमा समरभूमिको तयारी छ, | ||
माछालाई पानीभित्र सास फेर्न आकार दिइयो, हात्तीको आकारले सूचना | |||
माछालाई पानीभित्र सास फेर्न आकार | |||
दिन्छ कि उसको बुद्धिमा खालि ठूलो हुनु नै सर्वविजयिता रहेछ । परिस्थिति | दिन्छ कि उसको बुद्धिमा खालि ठूलो हुनु नै सर्वविजयिता रहेछ । परिस्थिति | ||
र जीवनका भागहरूले इच्छाको विकास गर्दछन् र हाम्रा इच्छाहरू सुन्दर | र जीवनका भागहरूले इच्छाको विकास गर्दछन् र हाम्रा इच्छाहरू सुन्दर | ||
र सूक्ष्मतिर विकासिनु सभ्यता हो । | र सूक्ष्मतिर विकासिनु सभ्यता हो । | ||
विश्वमा आकृति र अभिप्राय साथसाथ देखिन्छन् र अभिप्रायकै | |||
खँदिलो भौतिक रेखालाई हामी आकारको रूपमा देख्तछौं । मलाई बराबर | खँदिलो भौतिक रेखालाई हामी आकारको रूपमा देख्तछौं । मलाई बराबर | ||
वस्तुहरू खँदिला छैनन् कि भनेर छाम्न मन लाग्दछ; किनकि संसार | वस्तुहरू खँदिला छैनन् कि भनेर छाम्न मन लाग्दछ; किनकि संसार | ||
खालि विश्वनिर्माण-कर्ताको कल्पनारेखा जस्तो विदित हुन्छ । यहाँ खालि | खालि विश्वनिर्माण-कर्ताको कल्पनारेखा जस्तो विदित हुन्छ । यहाँ खालि | ||
सपना, भावना र इच्छाका खँदिलापनहरू मात्र छन् । परमाणुहरू पनि | सपना, भावना र इच्छाका खँदिलापनहरू मात्र छन् । परमाणुहरू पनि | ||
खालि कम्पनका संख्यामा र ढङ्गमा आकारित भएका जस्ता विदित | खालि कम्पनका संख्यामा र ढङ्गमा आकारित भएका जस्ता विदित | ||
हुन्छन् ! दिव्य इच्छाका लहरहरू नै | हुन्छन् ! दिव्य इच्छाका लहरहरू नै अङ्कित हुँदा संसारमा वस्तुहरू | ||
खँदिला भएजस्तो हाम्रो भित्री चेतले दर्शाउँछ । यो संसार काकताली | खँदिला भएजस्तो हाम्रो भित्री चेतले दर्शाउँछ । यो संसार काकताली | ||
होइन, अभिप्रायशील विकासशील आकार हो | होइन, अभिप्रायशील विकासशील आकार हो । बाह्य रूपहरू आभ्यन्तरिक | ||
कल्पनातत्त्वहरूका खँदिला प्रदर्शन मात्र हुन् कि भन्ने हामीलाई लाग्दछ । | |||
कल्पनातत्त्वहरूका | |||
Latest revision as of 14:25, 26 February 2025
हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य रेखाहरू र रङ्गहरू थपिरहेकै छ । आकारहरू आभासित बन्दछन्, बिलाउँछन् । तर हरेकमा दिव्य प्रतिभा झल्केकै देखिन्छ ।
पृथ्वीको गोल आकार, आकाशको रूप, ताराहरूको बनौट सबमा कला पाइन्छ । पृथ्वीको गोलाइले दिन-रात ऋतुसञ्चालनको महिमा राख्तछ, राम्रो समय र देशको नाम-विभाग सजिलो हुनजान्छ । आकाशको गोलाइमा हामी ईश्वरको दिव्य स्थितिको गोलाइ देख्तछौं, जसमा सब चीज ठेगानसँग राखिएको छ । यसको ठूलो गोलामा साना वर्तुलाकृति रूपमा पूर्णका साना पूर्ण झैं ताराहरू झल्किन्छन् ।
शोपन्हारसाहेबको दर्शनमा सारा इच्छाशक्तिकै विकास र तारतम्यको रूपमा संसार दर्शाइएको छ । आकृति केवल इच्छाको विकास हो । रेखाहरू सब अभिप्रायबाट अङ्कित भएका जस्ता विदित हुन्छन् । व्यक्तिमा आभ्यन्तरिक इच्छाहरू रूपमा प्रकाशित हुन्छन् र विश्वमा समष्टिरूप दिव्य इच्छाशक्तिका बनोटहरू जस्ता देखिन्छन् । आँखाको खोपिल्टोमा संरक्षणार्थ अभिप्राय छ । जिभ्रोका गिर्खहरूमा आस्वादनात्मक चमत्कारहरूका सूक्ष्म कला पाइन्छन् । चेहरामा मन झल्किन्छ । फियोको बनोटमा समरभूमिको तयारी छ, माछालाई पानीभित्र सास फेर्न आकार दिइयो, हात्तीको आकारले सूचना दिन्छ कि उसको बुद्धिमा खालि ठूलो हुनु नै सर्वविजयिता रहेछ । परिस्थिति र जीवनका भागहरूले इच्छाको विकास गर्दछन् र हाम्रा इच्छाहरू सुन्दर र सूक्ष्मतिर विकासिनु सभ्यता हो ।
विश्वमा आकृति र अभिप्राय साथसाथ देखिन्छन् र अभिप्रायकै खँदिलो भौतिक रेखालाई हामी आकारको रूपमा देख्तछौं । मलाई बराबर वस्तुहरू खँदिला छैनन् कि भनेर छाम्न मन लाग्दछ; किनकि संसार खालि विश्वनिर्माण-कर्ताको कल्पनारेखा जस्तो विदित हुन्छ । यहाँ खालि सपना, भावना र इच्छाका खँदिलापनहरू मात्र छन् । परमाणुहरू पनि खालि कम्पनका संख्यामा र ढङ्गमा आकारित भएका जस्ता विदित हुन्छन् ! दिव्य इच्छाका लहरहरू नै अङ्कित हुँदा संसारमा वस्तुहरू खँदिला भएजस्तो हाम्रो भित्री चेतले दर्शाउँछ । यो संसार काकताली होइन, अभिप्रायशील विकासशील आकार हो । बाह्य रूपहरू आभ्यन्तरिक कल्पनातत्त्वहरूका खँदिला प्रदर्शन मात्र हुन् कि भन्ने हामीलाई लाग्दछ ।